आजको पञ्चाङ्ग एवम् राशिफल (१८ फागुन २०८० शुक्रबार, १ मार्च २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (१८ फागुन २०८० शुक्रबार, १ मार्च २०२४)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ ने.सं. ११४४ शिशिर ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० फाल्गुण १८ गते इ.सं. २०२४ मार्च १ तारिख शुक्रबार फाल्गुन कृष्ण पक्षको षष्ठी तिथि स्वाती नक्षत्र ९ः२७ पर विशाखा नक्षत्र ध्रुव योग गर करण आनन्दादिमा गद योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३० मा भयो र सूर्यास्त साँझ १८ः०४ बजे हुनेछ ।

आजको राशिफल

मेष – ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्ने दिन छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । आर्थिक लाभ प्राप्त होला । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्नेछ । इर्ष्या गर्नेहरूले काममा अवरोध पुऱ्याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । दाम्पत्य सुख बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

वृष – रोकिएका काम सम्पादन हुने समय छ । चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ । कसैसँग सामान्य विवाद पर्न सक्छ, सचेत व्यवहार अपनाउनुहोला । सवारी साधनको प्रयोगमा तपाईंले अपनाएको सावधानीले दुर्घटना वा चोटपटकबाट जोगिनुहुनेछ । बौद्धिक क्षेत्रको काममा लामो यात्राको सम्भावना छ । मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग भने विवाद पर्न सक्छ, संयमता अपनाउनु हितकर होला । बौद्धिकता तथा रचनात्मकता बढ्नेछ । आरोग्यता रहनेछ ।

मिथुन – सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो हुनेछ । कुनैपनि प्रतिस्पर्धामा विजयी भइनेछ भने शत्रुहरूको चलखेल बढे पनि तिनले हानी पुऱ्याउन सक्ने छैनन् । पहिलेको सम्झौताले अप्ठ्यारो पार्न सक्ने योग रहेकोले व्यवहारमा सावधानी अपनाउनुहोला । यशवर्चश्व वृद्धि हुनेछ । मान महत्व बढ्नेछ । ख्याति फैलिनेछ ।

कर्कट – आफूभन्दा वरिष्ठ व्यक्तित्वका साथमा सुमधुर सम्बन्ध रहने समय छ । दिन त्यति बलियो नभएपनि व्यापार–व्यवसायमा लाभ मिल्नेछ । आजको दिन गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु हितकर हुनेछ । परिश्रमको राम्रो प्रतिफल प्राप्त हुने योग छ । आरोग्यता बढ्नेछ । मिठो भोजन प्राप्त होला ।

सिंह – आजको दिन चुनौती र अप्ठ्यारा हटाउन गरिएको प्रयास सफल हुनेछ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्ने देखिन्छ । विशेष योजना गोप्य राखेर अघि बढ्नु हितकर होला । विजयश्री प्राप्त हुनेछ ।

कन्या – नयाँ काम र जिम्मेवारी हात पार्ने मौका मिल्ला । पढाइमा पनि राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । स्वास्थ्यमा सामान्य समस्या देखापर्ने सम्भावना रहेकोले विशेष सावधाी अपनाउनुहोला । परिवारमा पाहुनाको चाप बढ्न सक्छ र तिनको आवागमनमा महत्वपूर्ण समयको नाश हुनसक्छ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला – सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट अन्ततः राम्रै लाभ हुनेछ । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । दिन मनोरञ्जनपूर्ण हुने देखिन्छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन तथा अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइएला । रसरागमा आकर्षण बढ्नेछ ।

वृश्चिक – न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुने समय छ । तथापि, मनमा दोधारको अवस्था सिर्जना होला । यात्रामा सोचेजस्तो रमाइलो नहुन सक्छ । स्वास्थ्यका लागि खानपानमा नियन्त्रण गर्नु हितकर होला । चुनौतीका बाबजुद आर्थिक पक्ष सुदृढ बन्नेछ । लगानी वृद्धि हुनेछ । स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।

धनु – दिन मिश्रित फलदायी रहला । पारिवारिक सहयोग प्राप्त हुनेछ । मनोरञ्जनपूर्ण समयको योग रहेपनि कामधन्दा र व्यवसायको चापले गर्दा पैमी–प्रेमिकासंग वा दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ । दुर्गम स्थान र टाढाको यात्राको सम्भावना छ तर आजको दिन अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ ।

मकर – कर्मबल बढ्नेछ । परिणाममुखी काममा लगानीको समय छ । नचिताएको स्थानबाट धनागमनको सम्भावना छ । शरीर फूर्तिलो भएको महसुस होला । आज बोलीको विपरीत अर्थ लाग्न सक्ने योग रहेकोले बोली र व्यवहारमा सक्दो संयमता अपनाउनु हितकर हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ ।

कुम्भ – उत्साह र उमङ्ग प्राप्त हुनेछ तर आजको दिन पारिवारिक वातावरण तपाईंको अनुकूल नरहला । स्वास्थ्य सबल रहनेछ, काममा पनि फाइदाकै योग छ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परास्त हुनेछन्, आम्दानी बढ्नेछ । रसरागमा आकर्षण रहला । सन्तानसुख बढ्नेछ ।

मीन – दौडधुप बढ्ने समय छ । जोखिम बढ्ला तर चुनौतीका बाबजुद नसोचेको काम बन्नसक्ने देखिन्छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ला । पढाइलेखाइमा पनि प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । धैर्यले काम लिने प्रयत्न गरे उत्तम हुनेछ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने योग छ । विलासी कर्ममा आकर्षण बढ्नेछ ।