आजको पञ्चाङ्ग एवम् राशिफल (१७ फागुन २०८० बिहीबार, २९ फेब्रुअरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१७ फागुन २०८० बिहीबार, २९ फेब्रुअरी २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८० फाल्गुण १७ गते तद्अनुसार सन् २०२४ फरवरी २९ तारिख बिहीबार फाल्गुन कृष्ण पञ्चमी तिथि चित्रा नक्षत्र ७ः४५ पर स्वाती नक्षत्र वृद्धि योग कौलव करण आनन्दादिमा चर योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३१ मा भयो र सूर्यास्त साँझ १८ः०३ बजे हुनेछ ।

आजको राशीफल

मेष – समय शुभदायी छ । पारिवारिक सुख मिल्नुका साथै आत्मबल बढ्ने छ भने ब्यापार–व्यवसायमा पनि सोचेअनुरुपको लाभ मिल्नेछ । टेढिएका साथीभाइ वशमा पर्ने योग छ । शत्रु र रोग पन्छाउने उचित समय हुनाले प्रयास गर्नु हितकर होला । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । रोकिएको काममा सफलता मिल्नेछ । अध्ययन-अध्यापनका लागि चाहिँ समय त्यति उत्तम छैन ।

वृष – आजको दिन मिश्रित परिणामदायी हुने देखिन्छ । कामहरु सफल हुने तथा अधुरा कामहरु पनि बन्ने समय छ । नयाँ सामान खरिदको सम्भावना देखिन्छ । आकस्मिक रुपले विशेष सफलता वा असफलता मिल्ने योग छ । धनलाभ हुनेछ तर गरेका पैसा भने अनायस खर्च पनि होला । सन्तानसुख मिल्नेछ । स्वास्थ्यप्रति विशेष सजग रहनु हितकर होला ।

मिथुन – व्यस्तता बढ्नेछ । आजको दिन खासै उत्साहजनक नरहला । अब्यर्थको डरले मनमा घर गर्न सक्छ । कसैसँग विवाद हुनसक्छ, बोली र व्यवहारमा सर्तकर्ता अपनाउनु होला । कामहरु अधुरै रहन सक्छन् भने स्वास्थ्य पनि सामान्य कमजोर नै रहने योग छ । सावधानीका साथ व्यवहार गर्नुहोला । बौद्धिकता र रचनात्मकता तपाईंकै पक्षमा रहला ।

कर्कट – आजको दिन सामान्य नै छ । घर-परिवारमा खटपट परेपनि विवाद बढ्ने देखिन्न । कार्य-व्यवसायको समस्याले सताउन सक्छ । कामहरु अधुरै रहनाले मनमा खिन्नता होला । केहीले सम्मान गर्ने र केहीले अनावश्यक त्रास पैदा गरिदिने योग छ । पैसाको कारोबार हुने देखिन्छ । आरोग्यता रहनेछ । सार्वजनिक काममा आकर्षण बढ्ला । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – पराक्रम र शुभता बढ्ने दिन छ । रमाइलोको साथ बित्ला । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुनेछ । रोकिएका अधुरा कामहरु पुरा हुनेछन् भने व्यवहारिक समस्याको हल हुने योग छ । केही नयाँ काम थाल्नु छ भने समय उत्तम छ । सामाजिक कामको सहभागिताले मन रमाउनेछ । रसरागमा आकर्षण बढ्नेछ । मित्रजनको साथ मिल्नेछ ।

कन्या – सामाजिक कार्यमा संलग्न हुनु पर्ने समय छ । दान पुण्यका कार्यमा आकर्षण बढ्नेछ । सोच्दै नसोचेको ठाउबाट आर्थिक लाभ हुने योग छ । मित्रजनसँग सुखद भेटघाट होला । पराक्रम र धन बढ्नेछ । समस्याकको समाधान मिल्नेछ ।

तुला – दिन केही चुनौतीयुक्त छ । स्वास्थ्यप्रति विशेष ध्यान दिनु हितकर होला । केही खर्च बढ्न सक्छ । हात हालेका कार्यहरु सोचेअनुसार नबन्ने र बनिहाले पनि मेहनत गरेअनुसारको फल नमिल्ने योग छ । तथापि,, साहसिक काममा आकर्षण बढ्नेछ । यात्रागत कार्य सम्पन्न हुनेछ ।

वृश्चिक – आफन्त एवम् मित्रजनको सहयोगले रोकिएका कामहरु बन्नथाल्ने समय छ । प्रयासअनुसारको कार्य हुनुका साथै परिआएका समस्याको हल हुनेछ । धनलाभ होला । आर्थिक पक्षमा सफलता मिल्नुका साथै मिल्ने साथीसँगकोे भेटले मन रमाउने योग छ । कममा जाँगर बढ्ला । परिवारिक सुख बढ्नेछ । पराक्रमी कार्यमा सफलता मिल्नेछ ।

धनु – समस्याहरु आफै किनारा लाग्ने दिन छ । धैर्यताको मात्रा बढाउन सके धेरै राम्रो समय छ । आज गरेको परिश्रम खेर नजाला । उद्योग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ । यात्राको योग छ । अर्थलाभ र प्रगतिको सम्भावना छ । मिठो भोजन प्राप्त हुनेछ भने रसरागको भाव वृद्धि होला । गीतसंगीतप्रति आकर्षण रहनेछ ।

मकर – कर्मबल र साहस बढ्ला । साथी घरपरिवारबाट सुख शान्ति मिल्ने दिन छ । यात्रागत कार्यका लागि उचित समय देखिन्छ । लाभदायक यात्राको योग छ । कृषिकर्ममा भने केही चुनौतीको सामना गर्नुपर्ला । परिवारमा हल्का विवाद हुन सक्छ । नियमकानूनले तपाईंलाई साथ दिनेछ ।

कुम्भ – बौद्धिक र रचनात्मक कार्य बन्नेछ, तर दैनिक रुटिनमा सोचेअनुरुप काम नहुने र बढी खर्चले गर्दा मन अशान्त रहन सक्छ । स्वास्थ्यमा पनि सामान्य समस्या आइपर्न सक्छ । कसैलाई सापट दिएको पैसा आफ्नो आवश्यकतामा पनि फिर्ता नहुने योग छ । परिवारजनबाट सोचेअनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुने सम्भावना छ ।

मीन – आँटेगरेका काम पूरा हुनुका साथै समस्याको समाधान हुने समय भएपनि आज त्यसै–त्यसै अलमलमा परेको अनुभूति होला । काममा खासै मन नजान सक्छ । परिवारबाट सुख मिल्ने दिन छ । प्रेमका सन्दर्भमा सम्बन्ध बिग्रेको छ भने सुधारको थालनी हुने समय छ । जोखिम बढ्नेछ । आफन्तजनको साथ मिल्नेछ । अन्ततः समस्याको समाधान मिल्नेछ ।