इन्जाको आयोजनामा पत्रकारहरु टोकियोमा भेला हुँदै

इन्जाको आयोजनामा पत्रकारहरु टोकियोमा भेला हुँदै


नेपाली अन्तर्राष्ट्रिय पत्रकारहरूको संस्था इन्जाको आयोजनामा जापानको टोकियोमा नेपाली पत्रकारहरू भेला हुने भएका छन् । फ्रेब्रुअरी २८ बाट सुरू हुने “इन्जा टोकियो सम्मेलन २०२४” का लागि नेपाल, अमेरिका, कोरिया, मध्यपूर्व एसिया, युरोप तथा विभिन्न मुलुकमा रहेका लगभग २० जना नेपाली पत्रकार सहभागी हुनेछन् ।

कार्यक्रमको पहिलो चरणमा इन्जा पदाधिकाराहरूको भेला हुनेछ भने २९ तारिख अपरान्ह जापानी सञ्चारकर्मीहरूसँग छलफलको कार्यक्रम छ । यस्तै मार्च १ शुक्रबारका दिन नेपाली समुदायसँग खुल्ला अन्तरक्रिया कार्यक्रम हुने इन्जा ग्लोबल अध्क्ष गुणराज लुईंटेलले जानकारी दिए ।

नेपालसहित विदेशमा छरिएर विभिन्न फरक पेसा व्यवसायमा रहेका नेपाली पत्रकारहरूलाई एउटै मालामा गाँस्ने अभियानअनुरूप यसटक टोकियोमा भेला आयोजना गरिएको कार्यक्रम संयोजक आनन्द कोइरालाले जानकारी दिए । इन्जा स्थापना दिवसको अवसर पारेर टोकियोमा कार्यक्रम आयोजना गर्न लागिएको बताइएको छ ।