आजको पञ्चाङ्ग एवम् राशिफल (१५ फागुन २०८० मंगलबार, २७ फरवरी २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (१५ फागुन २०८० मंगलबार, २७ फरवरी २०२४)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८० फाल्गुण १५ गते तद्अनुसार सन् २०२४ फरवरी २७ तारिख मंगलबार फाल्गुन कृष्ण तृतीया तिथि हस्ता नक्षत्र शूल योग वणी करण आनन्दादिमा सौम्य योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३३ मा भयो र सूर्यास्त साँझ १८ः०२ बजे हुनेछ ।

आजको राशीफल

मेष – आजको दिन मन त्यसै-त्यसै उल्लसित रहला । आफन्तले काममा साथ दिनाले मन खुशी हुनेछ । बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ, तर काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ हुने योग छ । मिठो भोजन प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

वृष – दिन खासै शुभदायी नरहला । आजको दिन विशेष तवरले हातहतियारबाट जोगिएर काम गर्नु हितकर हुनेछ । छरछिमेकसंग सामान्य मनमुटाव बढ्ने देखिन्छ । कुरा काटनेहरू बढ्नेछन् । ठूला व्यक्तिबाट पनि आलोचना हुन सक्छ । कसैसँग वादविवादको सम्भावना रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनु हितकर हुनेछ । मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन्, सावधान रहनुहोला । प्रेमभाव बढ्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ ।

मिथुन – व्यस्तता बढ्नेछ । काममा झमेलाको सामना गर्नुपर्ने समय छ । हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगति हुन दिँदैनन् । जागीरमा पनि केही अल्छीपन वा समस्या देखापर्न सक्छ । राजनीतिमा बर्चस्व बढाउन सकिने योग छ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – आजको दिन सोचेको काम पूरा हुन सक्छ । पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । पढाइलेखाइमा भने खासै मन नजाला । सामाजिक उत्तरदायित्व हासिल हुने योग छ । नयाँ काम र जिम्मेवारी हात पर्न सक्छ । आरोग्यता रहनेछ ।

सिंह – आर्थिक लाभ हुने दिन छ । प्रायः सबै कामहरू बन्नेछन् भने काममा साथ/सहयोग पनि पाइनेछ । आम्दानीको नयाँ श्रोत फेला पर्ने समय छ । भोजभतेरमा संलग्न भइ ठूला व्यक्तिको विश्वास लिन सकिने छ । बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने छ, भने ब्यापारमा पनि फाइदा होला । पारिवारिक सुख शांति बढ्नेछ ।

कन्या – आजको दिन केही चुनौतप्युक्त रहला । भाग्यले त्यत्ति साथ दिनेछैन । धननाश हुन सक्छ । विवाद बढ्ने, सामाजिक मर्यादामा संकट आउने, काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ । घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुने सम्भावना रहेकोले सचेत रहनुहोला । यात्रामा सफलता प्राप्त हुनेछ ।

तुला – व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । काममा नजिकको नातेदारको साथ–समर्थन पाउने दिन छ । रुपैयाँपैसा तथा अन्नको लाभ हुने दिन छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । लगानी वृद्धि होला । साहसिक काममा आकर्षण बढ्नेछ । कार्य व्यपारमा सफलता प्राप्त होला ।

वृश्चिक – सोचेका काममा सफलता मिल्ने समय छ । धन आर्जनका मार्ग खुल्न सक्छ । दिन खुशी साथ बित्ने छ, परिवारमा पनि सुखको माहोल बन्ला । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । परिवारिक सुख बढ्नेछ । रोकिएको काम बन्नेछ ।

धनु – कर्मबल बढ्नेछ । परिवारमा खुशीको माहोल छाउनेछ । नयाँ ठाउँमा यात्रा हुन सक्ने योग छ । दिन रमाइलो छ, पुराना साथीसंगको भेटघाटले मन हर्षित हुन सक्छ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ, धनआर्जनको योग पनि छ । रसरागको भाव बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – आजको दिन स्वास्थ्य केही कमजोर रहला । अर्थहानी हुन सक्छ । कुनै समाचारले खिन्नता पनि बढ्न सक्छ । सोचेअनुरुप काम नहोला । तथापि, कर्मबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । भएको दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ – जोखिम बढ्ने दिन छ । दौडधुप वृद्धि हुनेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ तर सोचेको काममा भने बाधा बेहोर्नु पर्ला । अरुको काम धेरै गर्नु पर्ला जश भने कमै मिल्ने योग छ । काम गरेअनुसार फल कमै मिल्ने समय छ । अन्य हिसाबले दिन ठिकै छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन – स्वास्थ्य सबल रहला । बन्दव्यापारबाट लाभ मिल्नेछ । नयाँ काममा ध्यान दिएमा मान सम्मान मिल्नेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । साहस बढ्नेछ । आफन्तको साथ मिल्नेछ । साझेदारीको काम बन्नेछ । सुख विलास पनि बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।