आजको पञ्चाङ्ग एवम् राशिफल (१३ फागुन २०८० आइतबार, २५ फरवरी २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (१३ फागुन २०८० आइतबार, २५ फरवरी २०२४)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं.११४४ पिङ्गलनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८० फाल्गुण १३ गते तद्अनुसार सन् २०२४ फरवरी २५ तारिख आइतबार फाल्गुन कृष्ण प्रतिपदा तिथि पुर्वाफाल्गुणी नक्षत्र सुकर्म योग तैतिल करण आनन्दादिमा छत्र योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३ मा भयो र सूर्यास्त सांझ १८ः०० बजे हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन अनावश्यक रुपमा कसैसंग विवाद हुन सक्छ, सचेत रहनुहोला । आज यात्रामा पनि विशेष सावधान रहनु हितकर होला । लेनदेनको समस्याले सताउनेछ भने शत्रु पनि बढ्न सक्छन् । ब्यापारमा पनि घाटा बेहोर्नु पर्ला । कृषि, पशुपालन र सानातिना घरायसी काममा समय खर्च हुनेछ, यात्रामा सावधान रहनुहोला ।

वृष – मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुने समय छ । मित्रजनले प्रशंसा गर्नेछन् । नसोचेको सम्मान मिल्ने योग छ । पढाइमा सुधार आउला । कुरा काट्नेहरु प्रशंसक बन्ने छन, काममा समस्याको सामाना गर्नुपर्ला । गलत लेनदेनमा समस्या आउन सक्छ । व्यस्तता बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन – दिन राम्रो छ । अधुरा काम बन्ने तथा नयाँ काम मिल्न सक्छ । धन मनग्य कमाउने अवसर मिल्नेछ । लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने मौका जुर्ला । आकस्मिक निम्तोमा सहभागी हुन पाइनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ । मनमा हौसला बढ्नेछ पराक्रम बढनुको साथै अधुरा काम बन्ने छ, त्यसै–त्यसै मन हर्षित भएर आउनेछ ।

कर्कट – व्यापार-व्यवसायमा लाग्नेहरूलाई आजको दिन विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ । प्रेमसम्बन्ध र दाम्पत्यमा सुखको योग छ । स्वास्थ्य स्थितिमा सुधार आउला, आयआर्जनको स्रोत फेला पर्ला । सामान्यतया लाभ हुने नै दिन छ, तर कृषिजन्य पेसा वा व्यवसायबाट सोचेजस्तो लाभ लिन सकिँदैन । खेलकुद, भ्रमण एवम् रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – स्वास्थ्यगत समस्याले केही पिरोल्न सक्ने समय छ । आजको दिन सवारीसाधन एवम् हातहतियारको प्रयोग गर्दा सचेत रहनुहोला । निको भएको रोगले पुन सताउन सक्छ । समय राम्रो भएपनि आज खर्च बढ्ने विवाद बढ्ने तथा शत्रुले सताउने योग रहेकोले विशेष सावधान रहनुहोला । खर्च बढ्ने, गलत विचार बढ्ने र काममा अवरोध आउनाले धनको नाश हुन सक्छ ।

कन्या – विभिन्न अवसरले पछ्याउनेछन् । शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ, पठनपाठनमा ध्यान दिनु बेस हुनेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका मिल्ला । वित्तादी लाभ हुने योग छ । प्रेमसम्बन्ध बलियो रहनेछ । आफन्तहरुको उचित सहयोग मिलने छ । रसरागको भाव वृद्धि होला । समस्याकको समाधान मिल्नेछ ।

तुला – आजको दिन सजिलै अरुको विश्वास जित्न सकिनेछ । धन मान पाउने योग छ । गरेको कामबाट फाइदा नै हुनेछ भने व्यापारबाट राम्रै आम्दानी हुनसक्छ । नसोचेको काम बन्ला । अर्थलाभका अवसर आउने छन् । सामाजिक प्रतिष्ठा बढ्नेछ । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । साहसिक काममा आकर्षण बढ्नेछ ।

वृश्चिक – फुर्सदिलो समय छ । आजको दिन अनुकूल तथा सुखद यात्राको सम्भावना छ । पठनपाठन सामान्य रहला, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ हुनेछ । जीवनसाथी र मातृसल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । परिवारिक सुख बढ्नेछ । रोकिएको काम बन्नेछ । मिठो भोजन प्राप्त गर्नुहुनेछ । शत्रुपक्ष परास्त हुनेछ ।

धनु – समय खासै अनुकुल छैन । जोखिम बढ्नेछ । मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ । हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस् । आर्थिक दृष्टिले पनि संकटको अनुभीत हुनेछ । लेनदेनमा विवाद बढ्नेछ, सकभर आज आर्थिक कारोबार नगरेकै राम्रो । घरायसी समस्याबाट जोगिन बुद्धि र विवेकको भरपुर उपयोग गर्नुहोला ।

मकर – नयाँ योजना तथा दीर्घकालीन योजना बनाउन आजको दिन अनुकूल नहुन सक्छ । गलत विचारहरुले काममा बाधा सिर्जना गर्ने योग छ । आजको दिन अरुको काम धेरै गर्नुपर्ला । समय ब्यर्थ खेर गएको अनुभूति हुनेछ । राजनीतिमा मान सम्मान पाउने योग छ । अरुको मन जित्न सकिएला । भएको दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ – शुभदायी समय छ । सोच्ने शक्ति बढ्ने छ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् । कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन् भने सामाजिक यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । प्रेमको बन्धनमा बाँधिने दिन छ दाम्पत्य सम्बन्ध सुखद रहनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मीन – भाग्य बलियो छ । आजको दिन परिश्रमले धेरै काम बन्नेछन् । व्यापारबाट धनलाभ हुन सक्छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । मनोरञ्जनमा भुलिने समय छ । वार्तामा सफलता मिल्नेछ । सुख आनन्द बढ्ला । साथी-संगीले राम्रै सहयोग गर्लान्, तर आफन्तको सहयोग भने नमिल्ने योग छ ।