आजको पञ्चाङ्ग एवम् राशिफल (१२ फागुन २०८० शनिबार, २४ फरवरी २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (१२ फागुन २०८० शनिबार, २४ फरवरी २०२४)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ ने.सं. ११४४ शिशिर ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० फाल्गुण १२ गते इ.सं. २०२४ फरवरी २४ तारिख शनिबार माघ शुक्ल पक्षको पूर्णिमा तिथि मघा नक्षत्र अतिगण्ड योग बालब करण आनन्दादिमा पद्म योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३६ मा भयो र सूर्यास्त साँझ १८ः०० बजे हुनेछ । श्रीस्वस्थानीव्रत समाप्ति, मकर स्नान समाप्ति, माघयात्रा ।

आजको राशिफल

मेष – दिन केही चुनौतीयुक्त छ, बेकारको विवादमा फँस्न सकिने सम्भावना भएकोले बोली र व्यवहारमा संयमता अपनाउनुहोला । ब्यापारमा फाइदै होला तर पेशागत रुपमा समस्या देखिन सक्छ । अनावश्यक डर, वादविवाद हुन सक्नाले आजको दिन विशेष होस राखेर व्यवहार गर्नुहोला । प्रेमभाव बढ्नेछ । बौद्धिकता र रचनात्मकता वृद्धि हुनेछ ।

वृष – अरुबाट प्रशंसा मिल्ने र मन हर्षित हुने दिन छ । सामाजिक कामबाट प्रतिष्ठा मिल्नेछ भने व्यापारमा गरेको लगानी सन्तोषप्रद रहनेछ । िकुटुम्बका काममा सघाउनुपर्ने योग छ । मनमा दुबिधा रहन पनि सक्छ । सामाजिक काममा नाम रहने छ । मिष्ठान्न भोजन मिल्ला । व्यस्तता बढ्नेछ । परिवारिक सुख रहला ।

मिथुन – नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने दिन छ । कतैबाट खुसीको खबर प्राप्त हुनेछ । चल–अचल सम्पत्तिको कारोबार हुनसक्छ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ । वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदै गर्ने देखिन्छ । आज यात्राको पनि योग रहेको छ । मनोकूलको काम बनेर मन प्रशन्न रहला ।

कर्कट – धैर्यले काम लिने समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । मित्रजनको सहयोग मिल्ने र अल्झेका कामहरू अरुको सहयोगमा बन्ने योग छ । अप्रत्याशित लाभ हुन सक्छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । मिठो भोजन प्राप्त हुनेछ । भ्रमण कार्यमा आकर्षण बढ्नेछ ।

सिंह – आजको दिन खास उत्साहजनक नरहला । पीडा दिनेहरू सक्रिय रहलान् । सवल स्वास्थ्यका लागि खानामा विशेष ध्यान दिनुहुोला । धननाश हुन सक्छ । व्यर्थको खर्च हुन सक्छ, खर्च घटाउने प्रयास गर्नुहोला । खानपानमा पनि सावधान रहनु स्वास्थ्यका लागि हितकर होला । व्यस्तता बढ्नेछ । यशवर्चश्व वृद्धि हुनेछ ।

कन्या – ठूला व्यक्तिबाट बुद्धिको तारिफ हुने समय छ । नयाँ कामको थालनी होला । रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ भने मुद्दा-मामिला वा प्रतिष्पर्धामा विजयी भइनेछ । धनलाभको योग छ, पढाइमा प्रगति होला । लगानी वृद्धि हुनेछ । आरोग्यता रहनेछ । उच्चाधिकारीको साथ मिल्ने योग छ । दिन खुशीसाथ बित्नेछ ।

तुला – कर्मबल बढ्नेछ । सोचेभन्दा बढी नै लाभ होला । व्यवहारिक कार्यमा मन लाग्नेछ । आफन्तमिलनले सुख देला । आयआर्जनमा राम्रो दिन छ । धन आर्जनको योग छ । पाहुनाको आगमनले मन हर्षित रहला । नयाँ कामको लागि परिवारजनको राम्रो सल्लाह आउला । रसरागमा आकर्षण रहनेछ ।

वृश्चिक – प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने समय छ । वैदेशिक क्षेत्रबाट लाभ मिल्ला । कामहरू सजिलैसँग बन्ने योग छ । ब्यापारबाट सामान्य नाफा होला । भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्न सक्छ । मन शान्त रहला । मिठो भोजन प्राप्त हुनेछ । समयले साथ दिनेछ ।

धनु – घरेलु समस्याले सताउन सक्छ । मित्र बनेर धोकादिनेहरू फेला पर्लान् । ब्यर्थको कार्यमा अर्थहानी हुन सक्छ । स्वास्थ्य पनि खासै सवल नरहला । अरूको भर पर्दा काममा धोका हुन सक्छ । आजको दिन टाढाको यात्रा नगर्नु हितकर हुनेछ । जोखिम वृद्धि हुने देखिन्छ ।

मकर – सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ । काममा कठिनाइ सहनुपर्ला । तथापि, नसोचेको धनलाभ हुनसक्ने योग छ । आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । रुपैयापैसाको लेनदेन कार्य आज कसैसँग नगरेकै उत्तम हुनेछ । बन्न लागेको काम बिग्रन गइ मनमा चिन्ता बढ्न सक्छ, संयम राख्नुहोला । आफन्तजनको सहयोग प्राप्त हुनेछ ।

कुम्भ – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । आर्थिक पक्ष आज सन्तोषजनक रहला । काम बन्नाले सुखको अनुभव हुनेछ । पठनपाठनमा मन जानेछ । सोचेअनुरुप आयआर्जन हुनेछ । सन्तानपक्षबाट खुशीको समाचार सुन्न पाइएला । सामर्थ्य वृद्धि हुनेछ । आरोग्यता रहनेछ ।

मीन – दिन राम्रो छ । काममा जोश र जाँगर बढ्ने देखिन्छ । आज कुनै नयाँ कामको थालनी गर्नुभए राम्रो हुन्छ । व्यापारमा पाउने सफलता यथावत रहने छ । विशेष साथीभाइसँग भेटघाट हुन सक्छ । प्रेमभाव वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला ।