आजको पञ्चाङ्ग एवम् राशिफल (११ फागुन २०८० शुक्रबार, २३ फरवरी २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (११ फागुन २०८० शुक्रबार, २३ फरवरी २०२४)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ ने.सं. ११४४ शिशिर ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० फाल्गुण ११ गते इ.सं. २०२४ फरवरी २३ तारिख शुक्रबार माघ शुक्ल पक्षको चतुर्दशी तिथि अश्लेषा नक्षत्र शोभन योग भद्रा करण आनन्दादिमा मृत्यु योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३७ मा भयो र सूर्यास्त साँझ १७ः५९ बजे हुनेछ । पूर्णिमा व्रत, श्रीपशुपतिनाथको छाया दर्शन ।

आजको राशिफल

मेष – आजको दिन नयाँ कामको सुरुवात खासै राम्रो नहोला । कार्यमा हैरानी बढ्न सक्छ, ब्यापार-व्यवसायमा पनि घाटा लाग्ने योग छ । मनमा दुविधाग्रस्त रहन सक्छ । जागिरमा पनि सजक रहनु हितकर होला । सामाजिक काममा नाम रहने योग छ । स्वास्थ्यका दृष्टिकोणले राम्रो समय छ । व्यस्तता बढ्नेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

वृष – वैवाहिक जीवन सुखी हुने तथा प्रेम र मित्रताको बन्धन कसिने दिन छ । विभिन्न सहयोग र उपहार पाइएला । चल–अचल सम्पत्तिको कारोबार हुनेछ । पाहुना आगमनको सम्भावना छ । यात्रागत कार्य बन्नाले मन रमाउने छ । पराक्रमका साथै बौद्धिकता र रचनात्मकता बढ्नेछ । आरोग्यता रहनेछ । परिवारिक सुख बढ्नेछ ।

मिथुन – परोपकारकारका क्षेत्रमा मन आकर्षित हुने समय छ । मित्रजनसँग भेटघाट र मिष्ठान्न भोजनको अवसर मिल्ला । दैनिक काम सन्तोषजनक नै सम्पन्न हुनेछन् भने व्यापारबाट पनि राम्रै आम्दानी हुने योग छ । नसोचेको काम बन्ने दिन छ । मिठो भोजन प्राप्त हुनेछ । मान महत्व बढ्नेछ ।

कर्कट – आजको दिन विरोधिपक्ष वा शत्रुले सताउने योग छ, सजक रहनुहोला । खर्च र विवाद पनि हुने देखिन्छ । भौतिक साधनको क्षतिले अनावश्यक धननाशको सम्भावना छ, सवारीसाधन चलाउँदा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । खानपानमा पनि सचेत रहनुहोला । कतै यात्रा गर्नुछ भने सकभर थाती राखेकै राम्रो हुनेछ ।

सिंह – दिन रमाइलै छ । प्रयत्न गरेका काम ढिलै भए पनि सफल हुनेछ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । धनजनमा वृद्धि हुने योग छ भने ठुला ब्यक्तिसंग भेटघाट हुन सक्छ । अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । केही खर्च बढेपनि समयले साथ दिनेछ । रसरागमा आकर्षण रहला ।

कन्या – आजको दिन नयाँ साथीसँग चिनजान हुने र धनलाभको समेत योग छ । पुराना कामहरु सम्पन्न हुन सक्ने दिन रहेको छ । कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ । आयआर्जन होला । यात्राको सम्भावना छ । कतै फसेको रकम छ भने आज उठाउने प्रयत्न गर्दा सफलता मिल्न सक्छ । उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला – नयाँ काम पाउने योग भएपनि आजको दिन कुनै पनि नयाँ काम नथाल्नु हितकर होला । लेनदेको काम पनि नगरेकै बेश हुनेछ । धनलाभको योग रहेको छ । कृषिको कामबाट विशेष लाभ होला । घरमा पाहुना आगमन हुन सक्छ । रमाइलो यात्राको पनि सम्भावना छ । कुनैपनि समस्याको समाधान मिल्नेछ ।

वृश्चिक – दिन खासै अनुकुल नरहला । आज स्वास्थ्य केही कमजोर रहने तथा व्यर्थको खर्च कुने सम्भावना, सजक रहनुहोला । प्रेममा पनि धोका हुन सक्ने योग छ । सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने सम्भावना छ । दौडधुप बढ्नेछ । कठोर मिहिनेतले काम बन्नेछ ।

धनु – काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने दिन छ, तर ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । आजको दिन स्वास्थ्यका लागि आहारविहारमा विशेष सतर्क रहनु हितकर हुनेछ । रसरागको काममा आकर्षण बढ्नेछ । उल्लासका साथ दिन बित्ला ।

मकर – परिवारजनका इच्छा पूरा गर्न सकिने समय छ । धन आर्जनका नयाँ बाटा खुल्नेछन् भने खर्च भन्दा कमाइ नै बढी हुनेछ । वैदेशिक क्षेत्रको लगानीमा फाइदै होला । कृषिक्षेत्रमा भने अलिक बढी परिश्रम र लगानी गर्नुपर्ने योग छ । माता पितासंगको भेटघाटले मनमा हर्ष उल्लास छाउने सम्भावना छ । दामपत्यसुख बढ्नेछ ।

कुम्भ – दिन शुभदायी छ । कामहरु सजिलैसँग बन्नेछन् । कामेच्छा पनि वृद्धि हुने योग छ । विपरितलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित होला । अध्ययन तथा अध्यापनमा सफलता मिल्ने एवम् काममा पनि जाँगर थपिने देखिन्छ । आको दिन धनलाभको सम्भावना छ । पारिवारिक सुख मिल्नेछ । अनुकूलता बढ्नेछ ।

मीन – आजको दिन खासै उत्साहजनक नरहला । पेशागत रुपमा समस्या देखिन सक्छ भने वादविवादको सामना गर्नुपर्ने योग छ । घरपरिवारमा केही मनमुटाव हुन सक्छ । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर सफलता प्राप्त गर्न मुस्किल पर्ला । बित्थामा समय बित्न सक्छ । चाहेअनुसार कार्य नहुनाले मनमा उदासिनता बढ्न सक्छ भने काममा अवरोध सिर्जना गर्नेहरु सक्रिय हुनसक्छन्, सचेत रहनुहोला । रसरागमा आकर्षण बढ्नेछ ।