आजको पञ्चाङ्ग एवम् राशिफल (१० फागुन २०८० बिहीबार, २२ फरवरी २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (१० फागुन २०८० बिहीबार, २२ फरवरी २०२४)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८० फाल्गुण १० गते तद्अनुसार सन् २०२४ फरवरी २२ तारिख बिहीबार माघशुक्लपक्ष त्रयोदशी तिथि पुष्य नक्षत्र सौभाग्य योग गर करण आनन्दादिमा शुभ योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३८ मा भयो र सूर्यास्त साँझ १७ः५८ बजे हुनेछ । सौभाग्य शूर्पदान ।

आजको राशिफल

मेष – समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढा हुन सक्ने दिन छ, सावधानीका साथ व्यजहार गर्नुहोला । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । गोपनीयतालाई आजको दिन विशेष ध्यान दिनुहोला । काम बिग्रने डरले सताइरहनेछ, तथापि मेहनत गर्दा कर्मफल प्राप्त हुने नै छ । मिठो भोजन प्राप्त हुनेछ भने यात्रा सफल रहला ।

वृष – रमाइलो जमघटले आनन्द दिलाउने समय छ । अधिकारका लागि केही संघर्ष हुन सक्छ, तर विछोडिएका आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनमा रमाउने अवसर प्राप्त हुनेछ । आँटेका काममा बाधा दिन खोज्नेसँग आफ्नै बल–विवेकले विजय हासिल गर्ने प्रयत्न गर्नु हितकर हुनेछ । फजुल खर्च बढ्ने योग छ, सावधान रहनुहोला । । मेहनतले विशेष उपलब्धि लिदाउनुका साथै मानसम्मानसमेत पाप्त हुने सम्भावना छ । परिवारिक सुख र उत्साह बढ्नेछ ।

मिथुन – आजको दिन आश मारेको कामले उत्साह जगाउनेछ । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । भइपरिी आउने समस्या सुल्झाउन सकिएला । स्वास्थ्य भने अलिक कमजोर महसूस हुन सक्छ । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन्, होसियार रहनुहोला । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

कर्कट – सामाजिक उत्तरदायित्व वहन गर्दै पछि फाइदा हुने काम हात पार्ने मौका छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् तर जित तपाईंकै हुनेछ । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त होला । कर्मबल बढ्नेछ । रसरागमा आकर्षण रहला ।

सिंह – आजको दिन आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि राम्रै फाइदा हुनेछ । चिताएको काम बन्नाले प्रसन्नता मिल्नेछ । विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ । अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् । सन्तानपक्षबाट सहयोग मिल्नेछ । रसरागमा आकर्षण रहला । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । कलात्मक काममा सफल रहनुहुनेछ ।

कन्या – आयबल बढ्नेछ भने नयाँ कामको प्रस्ताव आउने समय छ । कमी-कमजोरीलाई पनि सुधार गर्ने मौका मिल्ला । धन आर्जन हुने समय छ । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । परिवारजनको साथले उत्साह जगाउला । आफ्ना योजनाहरू गोप्य राख्नुहोला । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । अरूका काममा समय खर्चनुपर्ला । अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ । जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला । मिठो भोजन प्राप्त हुनेछ । व्यापारमा सफलता प्राप्त होला ।

वृश्चिक – अरूको भरपर्दा धोका मिल्ने समय रहेकोले काममा आफ्नै पहलकदमी बढाउनु हितकर हुनेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । परिवारजनका आवश्यकता पूरा हुनेछन् भने दिगो फाइदा हुने काममा लगानी गर्ने मौका मिल्ने सम्भावना छ । रोकिएको काम बन्नेछ । शत्रुपक्ष परास्त हुनेछ ।

धनु – जोखिम बढ्नेछ तर दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्ने समय छ । विभिन्न सहयोग तथा उपहार प्राप्त होला । आयआर्जन पनि राम्रै हुनेछ । टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । खर्च भने बढ्ने योग छ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । मिठो भोजन प्राप्त हुनेछ । रसरागको भाव वृद्धि होला । बौद्धिक र रचनात्मक काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर – आजको दिन लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ । मनग्य धन तथा भौतिक वस्तु लाभ हुने समय छ । गरिएका कामको राम्रै मूल्यांकन होला । व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । यात्रा सुखद रहला । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ – आजको दिन वादविवादमा परिने योग भएकाले बोली र व्यवहारमा संयमता अपनाउनुहोला । विचारलाई तौलेर मात्र व्यक्त हितकर हुनेछ । आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । अर्थअभावको अनुभूति होला । खर्च गर्दा विशेष सचेत रही फजुल खर्चबाट बच्ने प्रयत्न गर्नुहोला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । मिठो भोजन प्राप्त हुनेछ ।

मीन – आजको दिन कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूको विश्वास जिते पनि आफ्नाले धोका दिन सक्छन् । समयमा हिम्मत गर्न नसक्दा पछि परिनेछ । तथापि, चुनौतीहरू पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिने योग छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्, ध्यान राख्नुहोला । प्रेमभाव र भ्रमणकार्य बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।