नेजस बेलायतद्वारा ६ जना महासमिति सदस्य चयन

नेजस बेलायतद्वारा ६ जना महासमिति सदस्य चयन


नेपाली कांग्रेसको महासमितिको बैठकका लागि नेपाली जनसम्पर्क समिति बेलायतले ६ जना महासमिति सदस्य चयन गरेको छ । नेपाली कांग्रेसको १४औं केन्द्रीय महाधिवेशनबाट चयन भएका चौध महाधिवेशन प्रधिनिधिमध्येबाट सभापतिसहित ६ जना महासमिति सदस्यमा चयन भएका हुन् ।

जनसम्पर्क समितिका सभापति युवराज गुरुङका अनुसार २६ जनवरीमा बसेको महासमितिको बैठकले गुरुङसहित विनोद मोक्तान, इन्द्रहाङ लिङदेन, कोपिला सुब्बा, कुमारी गुरुङ र केशबहादुर गुरुङ महासमिति सदस्यमा चयन गरेको हो ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिलाई सम्बोधन गर्दै सभापति गुरुङले नेपाली जनसम्पर्क समिति बेलायतको पाँचौं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्दै समितिको विधानतः महासमिति सदस्य चयन गरेको जानकारी गराएका छन् ।