नेपाली कम्युनिस्टको राजनीति : चर्च मिसनको प्रयोगशाला र पदीय स्वार्थको मैदान !

नेपाली कम्युनिस्टको राजनीति : चर्च मिसनको प्रयोगशाला र पदीय स्वार्थको मैदान !


स्थापनाकालमै विवादास्पद रहेको पार्टी २०१० सालमा आइपुग्दा भयङ्कर वैचारिक अडचन र मिसनको चङ्गुलमा पुगिसकेको थियो । पहिलो महाधिवेशनमा नै पुष्पलाल श्रेष्ठलाई मिसनको मान्छे भनेर मनमोहनलाई महासचिव बनाइएको थियो । तथापि, तत्कालीन रूपमा दस्तावेजचाहिँ पुष्पलालको नै पारित गरियो ।
✍ काशी पौडेल ‘आयुष’

देश र जनताको सामाजिक/आर्थिक स्तरलाई उच्चतम बिन्दुमा पुऱ्याउन गरिने कुटनैतिक परिवेशलाई सरल भाषामा ‘राजनीति’ भनिन्छ । तर, नेपालको ‘कम्युनिस्ट राजनीति’ उल्लेखित परिवेशभन्दा फरक ब्यक्तिगत लाभ र पाष्टरवादको मिसन पूरा गर्ने प्रयोगशालाबाहेक केही देखिँदैन । जसरी १९औं शताब्दीमा बोर्चुगिस्त मिसिनरीले दार्जिलिङ नेवार समुदायका गंगाप्रसाद प्रधानलाई प्रयोग गर्दै उपत्यकाको सभ्यता मास्न खटाएका थिए, ठिक त्यसैगरी कालाअंग्रेज मिसिनरीले पुष्पलाललाई २०औं शताब्दीमा नेपाली पहिचान मास्न प्रयोग गरेको थियो । तिनै पुष्पलालले कम्युनिस्टमा हालेको मिसिनरी जग अहिले समाजवादी, माओवादी, एमाले हुँदै विभिन्न पार्टीको नेताको मन-मस्तिष्कमा छ ।

राणाका शिक्षक पुष्पलाल राणासँग बराबरी स्थानमा आसन गर्न नपाएको झोंकमा दार्जिलिङ पुगेर रत्नलाल हुँदै विभिन्न चर्चको प्रशिक्षणपश्चात् राष्ट्रिय काङ्ग्रेसमा आवद्ध भएका थिए । बीपीसँग केही समय रहेपछि राष्ट्रिय काङ्ग्रेसको भेलामा बीपीले उच्च पद नदिएकोले चर्च मिसनको नृपेन्द्र चक्रवर्तीको सहयोगी बनेर रहेको थिए । नृपेन्द्रले क्रिश्चियन एजेन्डा र इन्डियन (बल्लभभाइ पटेल, इन्दिरा गान्धी) मिसनको मिश्रणलाई कम्युनिस्ट नामाकरण गर्दै उनको मगजमा बिजारोपण गरे । जब मिसनको प्रशिक्षणको शिक्षा पाए, त्यसपछि उनी एकाएक कम्युनिस्टको ‘संस्थापक’का रूपमा चिनिए ।

वि.सं. २००३ मा कलकत्ताको क्याम्पवेल मेडिकल साइन्स बनारसमा अध्यनरत विद्यार्थीहरूले मार्किस्ट स्टडी नामको संगठन खोलेर नेपाली कम्युनिस्टको जग हालेका थिए । जसमा केशरजंग रायमाझी, मनमोहन अधिकारी, डीपी अधिकारी, हिक्मतसिंह भण्डारी, शैलेन्द्रकुमार उपाध्याय, एबी प्रधान, रामबाबु कार्कीलगायत थिए ।

पुष्पलालले माथि उल्लेखित संस्थामा जोडिएर केही समयको अन्तरालमा मार्किस्ट स्टडीको जानकारीविना गोप्यरूपमा कलकत्तास्थित श्यामबजार मण्डलीमा नृपेन्द्र चक्रवर्तीले तयार पारेको दस्तावेजलाई नेपालीमा भाषाकृत गर्दै आफू स्वयं महासचिव रहने गरी चर्चमा आस्थावान पात्र निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी, मोतिदेवी श्रेष्ठलाई सदस्य बनाएर छुट्टै कम्युनिस्ट संगठन खोली यसैलाई आधिकारिक कम्युनिस्ट संघ बनाएका थिए । गोप्य मिसनको धन्दा बाहिरिएपछि पुष्पलालले माफी मागेका थिए । तर विवादको बीचमा नृपेन्द्र चक्रवर्ती सम्मिलित बैठकमा उनै नृपेन्द्रद्वारा लिखित मिसन आदेश नै नेपाली कम्युनिस्टको दस्तावेज बन्यो, साथै २००६ साल बैशाख १० गतेलाई कम्युनिस्ट स्थापना दिन भनेर पारित गरियो । यसरी एउटा कम्युनिस्टको राजनीति नितान्त ब्यक्तिगत र विदेशी मिसनको स्वार्थमा उदाउन पुग्यो, जसको दूरगामी असर अहिले भयङ्कररूपमा परेको छ ।

भन्न त कम्युनिस्टहरू ‘भारतीय बिस्तारवाद – मुर्दावाद’को नारा घन्काएरै नेपालीजनको भोट बटुलेर सत्तामा पुगे । २००८ सालमा पुष्पलाललाई सत्तामा नराखेपछि नृपेन्द्र र रत्नलालको आदेशमा नै भारतविरोधि नाराको बिजारोपण भएको थियो । त्यो कार्य अहिले सत्तामा हुने कम्युनिस्टसम्म निरन्तर चल्दैछ । शर्मनाक तथ्य कम्युनिस्टको स्थापना, मिसनका दस्तावेज, लगानी र भूमिमा दिएको सैन्यतालिम लगायत सबै दाता त्यही भारत मिसन रहँदै आएको छ ।

स्थापनाकालमै विवादास्पद रहेको पार्टी २०१० सालमा आइपुग्दा भयङ्कर वैचारिक अडचन र मिसनको चङ्गुलमा पुगिसकेको थियो । पहिलो महाधिवेशनमा नै पुष्पलाल श्रेष्ठलाई मिसनको मान्छे भनेर मनमोहनलाई महासचिव बनाइएको थियो । तथापि, तत्कालीन रूपमा दस्तावेजचाहिँ पुष्पलालको नै पारित गरियो । २०१४ सालको दोस्रो महाधिवेशनमा मनमोहन चीनमा उपचार गराउँदै थिए । त्यस समयमा केशरजंग रायमाझीलाई महासचिव बनाइयो । यतिबेलासम्म पुष्पलालले पार्टीभित्र नगन्य मात्रामा इसाई प्रभाव पारिसकेको थिए । उनलाई इन्डियनद्वारा संविधानसभाको चुनावी नारा चर्काउन सुझाएका थिए ।

कारणवश २०१५ सालमा संविधानसभा नभइ आमचुनाव भयो । जम्मा १०९ सिटमा काङ्ग्रेसले १०५ दुई तिहाइ सिट जितेर सरकार बनायो । कम्युनिस्टले भने जम्मा चार सिटमा चित्त बुझाए । भनिन्छ, राजनैतिक परिवेशको अनेकौँ कारणवश २०१७ सालमा राजा महेन्द्रले शासन हातमा लिँदा कम्युनिस्टले ‘मिसन’को चाहनाबमोजिम कार्य नगरेकोले पनि राजाको कदमलाई इन्डियाले समर्थन जनाउने एउटा कारण बन्न गएको थियोे ।

रायमाझीले महेन्द्र-कदमको खुलेर समर्थन गरेपछि पुष्पलाल विक्षिप्त भएका थिए । पञ्चायती कालमा नेतालाई जेल हाल्ने नीति थियोे । केही कम्युनिस्ट विदेशी मिसन र विदेशीसामु शरण पर्नुभन्दा जेल नै उत्तम भनेर उनी जेल गए । कतिपयचाहिँ इन्डियाको बेतियामा शरण लिन पुगे । तिनै बेतिया जानेहरूले २०१९ सालमा इन्डियाको दरभंगामा इन्डियन कम्युनिस्टको संयोजकत्वमा बैठक बसेर पुष्पलालको नीति पास गर्दै केशरजंग रायमाझीलाई तीन वर्ष, डीपी अधिकारीलाई २ वर्ष, पीबी मल्ल, शम्भुराम श्रेष्ठलगायतलाई एक वर्षको निम्ति पार्टीबाट निस्कासन गऱ्यो । स्मरण रहोस्, नेपालमा महेन्द्रले शासन हातमा नलिँदै भएको बैठकमा पुष्पलाल, हिक्मतसिंह भण्डारी, तुलसीलालाई पश्चिमी मिसनमा लागेको कम्युनिस्टको गद्दार भन्दै पार्टीले निस्कासन गरेको थियो । विदेशी मिसनको भुमरी, स्वार्थको कारण आधिकारिकरूपमै कम्युनिस्ट विभाजन भयो । देश बाँच्नुपर्छ भन्ने सोच भएका कम्युनिस्ट नेता अस्ताउँदै गए । बल्लवभाइ पटेलको योजनाका पुष्पलाल इन्डियन सहयोगमा राजनीतिमा हाबी हुँदै गए । दरभंगा बेतिया हुँदै भारतका विभिन्न भू-भागमा रहेर उनीहरूको हितमा लागेका र नेपालमै रहेका कम्युनिस्टबीच अनेकौं विवाद देखिए ।

जब २०२७ को अन्त्यतिर भएको झापा विद्रोहले जनमानसमा प्रभाव पाऱ्यो, तब कम्युनिस्ट न्युक्लियस समिति बन्दै नेपाल र भारतका कम्युनिस्ट पुनः जागृत भए । ब्याक्तिवादी रणनीति र सिमापारको (क्रिश्चियन, सिक्किम) मिसनको कारण कम्युनिस्टमा क्षणिक एकता हुने र भंग हुने नियमित चलिरह्यो । फलस्वरूप २०३२ सालमा नेकपा चौम, मालेसहितको गुटहरूमा विभाजन भयो । २०३५ सालमा कोअर्डिनेशन केन्द्र (माले), २०४७ सालमा माले-मार्क्सवादी एकताले (एमाले) बन्यो । तुलसीलाल समूह सबै तथा बर्मा, मानन्धर, मजदुर किसान, मशाल, एकताकेन्द्र समूहबाट विद्रोह गरेर आएकाहरूले मुनाफायोग्य पद पाएपछि २०५१ सालमा एमालेमा विलीन भए । यो पार्टी गठन भएपछि नै माधवकुमार नेपालले कोरियन चर्च मिसन पार्टीमा हाबी गराएका थिए । उनका हालसम्मको अभिव्यक्तिले पनि यो कुराको पुष्टि गर्दछ ।

धर्म अफिम हो भन्दै मन्दिरको पुजारी मार्ने, संस्कृत पढाउने शिक्षकको हत्या गर्ने, मन्दिर र गुठीमाथि ताला लगाउने, तर चर्च र मस्जिदमा कुनै बन्देज नहुनुपछाडिको रहस्य के थियो ?

आम जनताको प्रश्न यो हो कि कम्युनिस्टको नाम भजाउँदै ब्यक्तिपिच्छेका अलग पार्टी केका लागि ? ब्याक्तिगत स्वार्थपूर्तिका लागि वा विदेशी मिसनको हिफाजतमा कसको भूमिका बढी भन्ने देखाउनका लागि ?? कम्युनिस्टको मार्क्सवादी सिद्धान्त जर्मनीमै घृणित बन्यो । लेनिन, स्टालिनको सिद्धान्त रुसमै विस्थापित भएर पुटिन विचार तीव्र छ । चीनमा माओको विचार पाखा लगाएर सी जिङ विचारको प्रभुत्व स्थापित भइसकेको छ । तर नेपालमा भने सबैतिरबाट विस्थापित माओ, स्टालिन, मार्क्सवादी सिद्धान्तको मन्दविष जारी छ !

नवगठित एमाले २०५४ मा फुट्यो र, पुनः २०५८ मा जुट्यो । २०७५ मा पश्चिमी मिसन र कोरियन मिसन हाबी भएपछि मिसनको आदेश र सत्ताको चास्नीमा डुब्ने नियतमा एमाले र माओवादी केन्द्र मिलेर नेकपा बन्यो । जसै केपी ओलीले कोरियन मुनको होलिवाइन पिएर इसाई मिसनको विपरीत राममन्दिरको कुरा उठाए, क्रिश्चियन मिसनले सत्तामा दोहोरो भूमिका खेलेर २०७७ मा पार्टी एमाले, माओवादी बनेर फुट्यो । माकेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, प्रभु शाहलगायत एमालेमा गए । एमालेका चर्च मिसनका केही नेता छुट्टिएर समाजवादी पार्टी खोले, कोही तटस्थ बसे ।

पश्चिमाहरू आफ्नो देशमा कम्युनिस्टको नामोनिसान राख्न चाहँदैनन्, नामै सुन्न सक्दैनन् । तर किन तिनै पश्चिमाहरू नेपालमा कम्युनिस्ट नामको मिसनलाई भरपुर साथ-सहयोग दिन्छन् ? तिनै पश्चिमा मिसनले कम्युनिस्ट क्रान्तिको नाममा भारतिय भूमि प्रयोग गर्दै शान्तिको बगैंचा नेपाल ध्वस्त पाऱ्यो । शान्तिप्रक्रियामा आएपछि तिनै पश्चिमीले कम्युनिस्टका नेता प्रयोग गर्दै हात-हातमा बाइबल पुऱ्याए । गाउँ-गाउँ चर्च खोल्न लगानी गरे । अझै नेपालीले स्पष्ट बुझ्न नसक्ने कम्युनिस्ट राजनीति कसको निम्ति र केको लागि हो ?? यस्ता यावत प्रश्नले पङ्क्तिकारको मानसपटलमा ज्वारभाटा ल्याउँछ । धर्म अफिम हो भन्दै मन्दिरको पुजारी मार्ने, संस्कृत पढाउने शिक्षकको हत्या गर्ने, मन्दिर र गुठीमाथि ताला लगाउने, तर चर्च र मस्जिदमा कुनै बन्देज नहुनुपछाडिको रहस्य के थियो ?

२०३० सालमा चौथो बैठकबाट नेकपा चौमको जन्म भएको थियो । तर नाम जनतामा स्थापित हुन नपाउँदै मिसनको टकरावले २०४० सालमा निर्मल लामाको चौम र मोहन विक्रमको मशाल बन्यो । इन्दिरा गान्धी र बल्लभभाइ भाइट पटेल मिसनले नेपाली नेतालाई बहुदलको नाममा भारुद्वारा किनिएको मन्दविष खुवाएर पाले । ब्यक्तिगत लाभ, स्वार्थ हाबी हुँदा बहुदलीय ब्यवस्थालाई पनि कमाइ खाने भाँडो बनाउने नियतमा २०४७ सालमा रुपलाल, बाबुराम भट्टराई, निर्मल लामा समूह मिलेर नेकपा (एकता केन्द्र) को गठन गरे । एकता केन्द्र पनि विभाजन भएर नेकपा (एकता केन्द्र) र नेकपा (माओवादी) बन्यो । यता निर्मल लामा र मोहनविक्रमको मिलाप लामो समय चलेन । पार्टी टुक्रिएर नेकपा एकताकेन्द्र र मशाल बन्यो । माओवादी इन्डियामै बसेर विदेशी मिसनको खातिर जनयुद्धको नाममा नेपालमा हिंसात्मक, अराजकतावादी गतिविधि गऱ्यो । मोहनविक्रमले पनि इन्डियामै रहेर विदेशी मिसनको निम्ति काम गरिरहे ।

माओवादीका नेताहरूले संरक्षण दिएर नेपालीका घर-घरमा बाइबल पुऱ्याउने कार्य गरेको कुरा केबी रोकायामार्फत स्पष्टिकरण आइसकेको छ । त्यसको पुष्टि अधिकांश माओवादी नेताको सम्बन्ध चर्चसँगको सम्बन्ध, सहपाठी पाष्टर हुनुले गर्छ । माओवादीले जितेको ठाउँमा राज्यको ढुकुटीबाट चर्च बनाउने कार्यले थप प्रमाणित गर्दछ । अर्को तथ्य के पनि हो भने माओवादी नेताको सत्तामोह, राज्यको ढुकुटीको लोभ, दसवर्षे जनयुद्धमा मिसनले गरेको लगानीको प्रतिफलका साथै जनयुद्धको समयमा विभिन्न क्रियाकलापद्वारा संकलित हिसाब मिलानसम्म गर्न नसकेपछि बाबुराम भट्टराई, मोहन वैद्य, गोपाल किराती, मधेसी मूलका माओवादी नेता, नेत्रविक्रम चन्द ‘विप्लव’ विभिन्न पार्टी खोलेर अलग रहनुको कारण बन्यो भने प्रचण्ड नेकपा माओवादी लिएर भौंतारिनु पऱ्यो । यी यावत कुराले पनि नेपाली कम्युनिस्टको राजनीति पश्चिमा मिसन र ब्यक्तिगत स्वार्थको भुमरीमा छ भन्ने देखाउँछ ।

अब लागौं कम्युनिस्टका नेताको ब्यक्तिगत स्वार्थ वैचारिक भिन्नतातिर ।

२००६ सालमा पार्टी गठन भइ संस्थापक महासचिव पुष्पलाल रहे, मनमोहनलगायतका नेता विपक्षी बने ।
२०१० सालमा महासचिव मनमोहन । विपक्षी पुष्पलाल बने ।
२०१४ को बैंककमा महासचिव केशरजंग, विपक्षी पुष्पलाल ।
२०१९ मा महासचिव तुलसीलाल र विपक्षीमा पुष्पलाल रहे ।
२०२३ सालमा मोतिहारी दरभंगाको मिसन ।
२०२८ मा झापा संघर्ष, केन्द्रीय न्युक्लियस गठनपछि कम्युनिस्टको तीन धार देखिन्छ –

पहिलो धार :

२०३२ मा को-अर्डिनेशन केन्द्र गठन ।
२०३५ साल, को-अर्डिनेशन नेकपा (माले) महासचिव सिपी मैनाली, विपक्षी मदन भण्डारी, माधव नेपाल ।
२०३९ मा सिपी महासचिव, विपक्षी मदन भण्डारी, माधव नेपाल ।
२०४६ मदन महासचिव, विपक्षी सिपी मैनाली, माधव नेपाल ।
२०४९ मदन महासचिव, विपक्षी सिपी, मोहनचन्द्र, माधव ।
२०५० मा मदनको हत्या मिसनको आदेशअनुसार अनि महासचिव माधव नेपाल, विपक्षी सिपी मैनाली ।
२०५४ मा महासचिव माधव विपक्षी वामदेव ।
२०५९ मा महासचिव माधव, विपक्षी केपी ओली, वामदेव ।
२०६५ मा झलनाथ अध्यक्ष, विपक्षी केपी ।
२०७१ मा केपी अध्यक्ष, विपक्षी माधव, झलनाथ ।
२०७५ मा एमाले+माके एकीकरण केपी+प्रचण्ड अध्यक्ष विपक्षी झलनाथ, माधवकुमार ।
२०७७ मा केपी अध्यक्ष मतभिन्नता माधव प्रचण्ड साथै पार्टीमा फुट ।

दोस्रो धार :

२०३० सालमा न्युक्लियस (चौम)को गठन, महासचिव मोहनविक्रम विपक्षी निर्मल लामा ।
२०४० मा निर्मल महासचिव विपक्षी मोहनविक्रम ।
२०४२ मा महासचिव मोहनविक्रम, विपक्षी मोहन वैद्य ।
२०४३ मा महासचिव मोहन वैद्य र विपक्षी छविलाल उर्फ प्रचण्ड ।
२०४७ मा महासचिव प्रचण्ड, विपक्षी मोहन वैद्य र निर्मल लामा ( पार्टी टुक्रा)
२०५१ मा अध्यक्ष प्रचण्ड, विपक्षी निर्मल लामा (पार्टी विभाजन)
२०५८ मा अध्यक्ष प्रचण्ड, विपक्षी मोहन वैद्य र बाबुराम भट्टराई ।
२०६५ मा अध्यक्ष प्रचण्ड, विपक्षी मोहन वैद्य, बाबुराम भट्टराई, तत्पश्चात पार्टीभित्र कार्यकर्ता तहमा वैचारिक विभाजन ।
२०७० मा अध्यक्ष प्रचण्ड र विपक्षमा मोहन वैद्य, बाबुराम भट्टराई, पार्टी विभाजन ।
२०७५ मा अध्यक्ष केपी–प्रचण्ड, पुनः पार्टी विभाजन ।
२०७७ मा प्रचण्ड अध्यक्ष, पुनः पार्टी विभाजन ।

तेस्रो धार :

२०३५ सालमा पुष्पलालको अन्तपछि मनमोहन र साहना समूहद्वारा नेकपा (मार्क्सवादी) गठन भयो । २०४७ सालमा नेकपा (माले) र (माक्र्सवादी) मिलेर (एमाले) बन्यो । त्यसपछिको समय मोहनविक्रम सिंहको एउटा मिसन छ । नारायणमान विजुक्छेको अलग्गै अर्को मिसन छ । सिपी मैनालीको छुट्टै मिसन छ । ऋषि कट्टेलसहितका कम्युनिस्टहरूले नामको पार्टी खोलेर छुट्टै मिसन चलाएका छन् ।

अरु देशमा कम्युनिस्ट हुन के गर्नुपर्छ थाहा छैन, तर नेपालमा चाहिँ भ्याटिकन हितोपकार नीतिमा हिँड्नुपर्छ । भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवाद भनी विरोध गरेझैँ गर्दै उनीहरूकै मिसनको नीति अख्तियार गर्नुपर्छ । नेतामा विदेशभक्ति प्रखर हुनुपर्छ साथै कार्यकर्तामा नेताभक्ति र गोपी कके पट्टुको भाषा लागू गर्नुपर्ने हुन्छ ।
जय मातृभुमि ।