आजको पञ्चाङ्ग एवम् राशिफल (९ फागुन २०८० बुधबार, २१ फरवरी २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (९ फागुन २०८० बुधबार, २१ फरवरी २०२४)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ ने.सं. ११४४ शिशिर ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० फाल्गुण ९ गते इ.सं. २०२४ फरवरी २१ तारिख बुधबार माघ शुक्ल पक्षको द्वादशी तिथि पुनर्वसु नक्षत्र आयुष्मान योग कौलव करण आनन्दादिमा गद योग चन्द्रमा मिथुन राशिमा ९ः२१ बजेसम्म त्यसपछि मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३९ मा भयो र सूर्यास्त साँझ १७ः५८ बजे हुनेछ । प्रदोष व्रत, भीष्मद्वादशी, वटुमाघयात्रा, चाँगुनारायणमा माधवनारायण मेला ।

आजको राशिफल

मेष – रचनात्मक कार्य प्रारम्भ गर्न सकिने दिन छ भने रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । दाम्पत्य जीवन रमाइलो रहनेछ । आम्दानी पनि राम्रै बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । पराक्रम र धनबल वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । आशा उत्साह बढ्नेछ । समग्रमा दिन शुभदायी छ ।

वृष – कामका लागि खर्च बढे पनि दिगो फाइदा हुने कर्म प्राप्त हुने समय छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ भने कतै आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले धेरैको मन लोभ्याउने छ, जसले उपलब्धि दिलाउने छ । जीवनशैलीमा परिवर्तन आउने योग छ । बेसुरमा काम गर्ने बानीले मेहनत खेर जान सक्छ, सचेत रहनुहोला । प्रेमभाव वृद्धि र मिठो भोजन प्राप्त होला । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

मिथुन– आजको दिन परिस्थिति अप्ठ्यारो देखिए पनि केही काम बन्नेछन् । प्रयास गर्दा फलदायी यात्राको अवसर जुट्न सक्छ । व्यवसायमा लगानी बढाउन सकिने समय छ । स्वास्थ्य केही कमजोर रहला, खानपानमा विशेष सचेत रहनु हितकर होल । बिर्सिएका समस्या दोहोरिन सक्छन् । खर्च वृद्धिको योग छ । मुख्य काममा बाधा हुँदा खिन्नता छाउला । तथापि, रचनात्मकता बढ्नेछ ।

कर्कट – नयाँ कामको प्रस्ताव आउने समय छ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । विगतको सफलताले थप काम गर्न हौसला मिल्ला । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । विभिन्न सहयोग र उपहार पाइने योग छ । आयआर्जन पनि राम्रै होला । मिठो भोजन प्राप्त हुनेछ । कसैको भर नपरी आफ्नै बलविवेकले काम राम्रो होला ।

सिंह – दिन शुभदायी छ । बोलीको भरमा काम सम्पादन हुने समय छ । तपाईंको विचारले धेरैलाई आकर्षण गर्न सकिएला । मान-सम्मान बढ्नेछ भने आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । भाग्यले नचिताएको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । रसरागमा आकर्षण बढ्नेछ । रोकिएको काम बन्नुका साथै नयाँ काममा पनि सफलता मिल्नेछ ।

कन्या – आफ्नो अधिकार र प्रतिष्ठा जोगाउन सफल भइने समय छ । लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ । पढाइलेखाइमा खास समय दिन नसकिएला । आज धनमाल हराउने सम्भावना रहेकोले सचेत रहनुहोला । कामको चाप र थकाइबाट मुक्त रहेको अनुभूति होला । उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला – विछोडिएका परिवारजनसँग भेटघाट हुने र विगतका कमी-कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुने समय छ । समुदायको भलाइ हुने काम सम्पादन गर्न सकिनेछ । विभिन्न अवसर जुटे पनि अरूलाई आश्वासन दिने बानीले भने दुःख पाइएला । धनआर्जन होला । स्वास्थ्य भने केही कमजोर रहला । कर्मबल वृद्धि र रसरागमा आकर्षण रहला ।

वृश्चिक – आजको दिन त्यत्ति उत्साहजनक नरहला । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ । सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । आजको दिन सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनुहोला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । व्यावसायिक काममा खर्च बढ्ने योग छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ भेटिनेछन् । मान महत्व वृद्धि हुने योग छ । समयले साथ दिनेछ ।

धनु – कामले सबैको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ । सहयोगीहरू जुटिदिनाले आँटेका कामहरू पनि सजिलै बन्नेछन् । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ भने कला, साहित्यजस्ता क्षेत्रमा रुचि रहला । प्रशंसकहरू बढ्नेछन्, काममा सहयोगीहरूले साथ दिनेछन् । विगतको श्रमबाट धनलाभ हुने योग छ । रसरागको भाव वृद्धि होला । मिठो भोजन प्राप्त गर्नुहुनेछ ।

मकर – गरेका कामबाट राम्रै लाभ हुने समय छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् भने श्रमको उचित मूल्यांकन होला । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । व्यवसायबाट सन्तोषजनक लाभ मिल्ने समय छ । सामाजिक कामको दायित्व बढ्ला । आफन्तजनको सहयोग प्राप्त हुनेछ ।

कुम्भ – पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने समय छ । तर, अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्। सचेत रहनुहोला । विशेष योजना गोप्य राख्नु हितकर हुनेछ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा राम्रै फाइदा हुने योग छ । बाध्यताले अनावश्यक अलमल बढाए पनि लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । मित्रजनको साथ मिल्नेछ ।

मीन – रोकिएका काम सम्पादन हुने समय भएपनि महत्व दिइएको काम रोकिन सक्छ । आजको दिन पठन-पाठन कार्यमा भने प्रगति हुनेछ । विशेष सभा-समारोहमा सहभागी बन्ने मौका जुट्न सक्छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन्, सचेत रहनुहोला । अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी ध्यान दिनु हितकर हुनेछ । प्रेमभाव वृद्धि हुनेछ । सन्तानसुख प्राप्त हुनेछ । रसरागको भाव वृद्धि होला ।