जापानमा मनाइयो कोरोना महामारीदेखि रोकिएको ‘नग्न पर्व’ !

जापानमा मनाइयो कोरोना महामारीदेखि रोकिएको ‘नग्न पर्व’ !


  • विशेष प्रतिनिधि, ओकायामा (जापान)

पश्चिमी जापानको ओकायामा प्रिफेक्चरमा एक हजार वर्ष पुरानो ‘नग्न पर्व’ (इयो पर्व) सम्पन्न भएको छ ।

‘नग्न पर्व’को रुपमा परिचित यस वर्षमा अर्धनग्न पुरुषहरूले एक जोडी काठका लठ्ठीहरू समात्ने परम्परा रहेको छ ।

शनिबार राति सैदाइजी मन्दिरमा इयो पर्व आयोजना भएको थियो ।

शरिरमा केव लङ्गोटी लगाएका पुरुषहरुको भीडले पवित्र लट्ठीहरू समात्न प्रतिस्पर्धा गर्ने गर्दछन् । यो परम्परालाई जापानको अमूर्त लोक सांस्कृतिक सम्पदामध्ये एकको रूपमा लिने गरिएको छ ।

कोरोना महामारीका कारण विगत तीन वर्षदेखि रद्द भएको कार्यक्रममा करिब ९ हजार पुरुष सहभागी भएका थिए ।

सहभागीहरू अरूको काँधमा आफ्नो हात राखेर मन्दिरको मुख्य हलमा पुगेका थिए ।

‘फन्डोशी’ लङ्गोटी लगाएका पुरुषहरुले मन्दिरमा कार्यक्रमअघि लालटेन बोकेर नजिकैको यामाउचिगावा नदीमा डुबेर आफूलाई शुद्ध तुल्याएका थिए ।

राति १० बजे बत्ती निभाइएको थियो र २० सेन्टिमिटर लम्बाइका लठ्ठी भीडमा फालिएको थियो ।

उनीहरूलाई समातेर हलबाट बाहिर लैजान सफल भएका दुई समूहलाई ‘भाग्यशाली पुरुष’ मानियो ।

एक भाग्यशाली विजेता ओजाकी योशिताकाले आफूमा खुसीको सिमा नरहेको बताए । ५९ वर्षीय ओजाकीले आउँदो वर्ष अरूसँग खुसी बाँड्ने गरी बिताउने आशा राखेको प्रतिक्रिया दिए ।