आजको पञ्चाङ्ग एवम् राशिफल (८ फागुन २०८० मंगलबार, २० फरवरी २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (८ फागुन २०८० मंगलबार, २० फरवरी २०२४)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर शिशिर ऋतु वि.सं.२०८० फाल्गुण ८ गते तद्अनुसार सन् २०२४ फरवरी २० तारिख मंगलबार माघशुक्लपक्ष एकादशी तिथि आर्द्रा नक्षत्र प्रीति योग बब करण आनन्दादिमा चर योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४० मा भयो र सूर्यास्त साँझ १७ः५७ बजे हुनेछ । भीमाएकादशी व्रत, त्रिपुष्करयोग १४ः२७ बजेपछि ।

आजको राशिफल

मेष – विद्या, ज्ञान र मान मिल्ने समय छ । विशेष उपहारका साथै धनलाभ पनि होला । तर, आर्जित धन सञ्चित गर्न भने नसकिएला । मिठो भोजन प्राप्त हुनेछ । यात्रागत कार्य सफल हुनेछ । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ, सचेत रहनुहोला ।

वृष – आजको दिन खास उपलब्धिमूलक नरहला । सामान्य उपलब्धिका लागि पनि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु हितकर होला । स्वास्थ्यमा केही कमजोरी एवं काममा अवरोध आउनाले मनमा खिन्नता छाउन सक्छ । नचिताएको ठाउँमा धननाश हुने दिन छ । उद्योग तथा व्यापारमा भने सामान्य फाइदा नै होला । पारिवारिक समस्यामा हुनुहुन्छ भने समस्याको निराकरण हुनेछ । आफन्तको साथले उत्साह जागृत होला ।

मिथुन – नयाँ काममा हात हाल्ने समय आएको छ । तथापि, कार्य सफलताका लागि केही प्रतिस्पर्धा गर्नुपर्नेछ । शत्रुपक्षको चलखेल बढ्नाले चुनौतीको सामना गर्नपर्ला । विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुने योग छ । आरोग्यता, बौद्धिकता एवम् रचनात्मकता बढ्नेछ । मेहनतीजनका लागि समय उत्साहजनक रहनेछ ।

कर्कट – लगनशीलताले राम्रै उपलब्धि दिलाउने समय छ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् भने मिठो बोलीको माध्यमबाट धेरैको मन जितेर आफ्नो पक्षमा पार्न सक्नुहुनेछ । नयाँ व्यवसायमा लगानीको मौका जुर्न सक्छ, तर सोचसमझका साथ पाइला चाल्नु हितकर हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला ।

सिंह – सेवामूलक कामबाट धनलाभ हुने तथा सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने दिन छ । मनोरञ्जनात्मक यात्राको अवसर जुट्ने योग छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिनेछ । व्यापारमा नसोचेको फाइदा उठ्ने योग छ । पढाइलेखाइमा सामान्य प्रगति हुनेछ । आयबल भने बढ्ने समय छ । रसरागको भाव वृद्धि होला ।

कन्या – कर्मबल बढ्नेछ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्ने समय छ । इर्ष्या गर्नेले भने सताउन सक्छन्, सचेत रहनुहोला । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । टाढिएका सन्तानलाई मातापिताको यादले आज अलिक सताउन सक्छ । शुभचिन्तकहरूको सुझावले फाइदा दिलाउला ।

तुला – विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्ने समय छ, सावधान रहनुहोला । भौतिक साधन जुट्नाले आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । आयआर्जन राम्रै होला । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । स्वास्थ्यप्रति अलिक ध्यान दिनुपर्ला । आज साहसिक काममा आकर्षण बढ्नेछ । यात्राको पनि सम्भावना छ ।

वृश्चिक – ब्यस्तता वृद्धि भएपनि आजको दिन फलदायी कार्यमा गुज्रने छ । प्रतिभाको कदर हुनुका साथै बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने अवसर जुर्ला । प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिनेछ । भूमि तथा कृषिजन्य कार्यबाट पनि फाइदा हुनेछ । सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ । परिवारिक सुख बढ्नेछ ।

धनु – विगतका उपलब्धिले उमंग जगाउने समय भएपनि परिस्थितिअनुसार चल्न नसक्दा दुःखको अनुभूति हुनसक्छ । आज अरूको भर पर्दा धोका हुन सक्छ । मान्यजनसँग पनि असमझदारी बढ्ने योग छ । सक्छ । निकट सहयोगीहरूले फाइदा दिलाउनेछन् भने मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । नयाँ योजना छ भने आज आरम्भ गर्न सकिनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर – आज केही अवसर जुटे पनि परिस्थिति अलिक संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । पढाइलेखाइमा प्रगति हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा भर नपर्नुहोला । मिठो भोजन प्राप्त हुनेछ । मुदामामलामा नियमकानूनले साथ दिनेछ ।

कुम्भ – सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिने समय छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । मानसम्मान पनि पाइनेछ । प्रेमभाव बढ्नेछ । स्वास्थ्य भने केही कमजोर भएको अनुभूति हुनेछ । लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । महत्वाकांक्षी योजना मनमै राख्नु उचित हुनेछ ।

मीन – व्यस्तता बढ्नेछ । प्रयत्न गर्दा घरेलु काममा फाइदा पुग्ने समय छ । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ, तर प्रेम-जीवनमा उमङ्ग छाउला । आफन्तको साथ मिल्नेछ । लेखन तथा प्रकाशनसित सम्बन्धित काममा सफल रहनुहुनेछ । सुख विलास बढ्नेछ । पुरानो समस्याको समाधान मिल्ने योग छ ।