आजको पञ्चाङ्ग एवम् राशिफल (७ फागुन २०८० सोमबार, १९ फरवरी २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (७ फागुन २०८० सोमबार, १९ फरवरी २०२४)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ ने.सं. ११४४ शिशिर ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० फाल्गुण ७ गते इ.सं. २०२४ फरवरी १९ तारिख सोमबार माघ शुक्ल पक्षको दशमी तिथि मृगशिरा नक्षत्र विषकुम्भ योग वणि करण आनन्दादिमा आनन्द योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४१ मा र सूर्यास्त साँझ १७ः५६ बजे हुनेछ । शल्यदशमी, राष्ट्रिय प्रजातन्त्र दिवस, निर्वाचन दिवस, बैतडी विश्वनाथ मन्दिरमा पूजा ।

आजको राशिफल

मेष – पराक्रम बढ्नेछ । मेहनतले सम्मानित स्थान दिलाउन सक्ने समय छ । नचिताएको ठाउबाट धन आर्जन हुनाले मन हर्षित होला । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । तथापि, बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्, सचेत रहनु उचित हुनेछ । साथीभाइको साथ प्राप्त होला ।

वृष – तपाईंको कामले धेरैको मन लोभ्याउला । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने योग छ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी होला । अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ भने भूमि तथा पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रो लाभ होला । आजको दिन स्वास्थ्यप्रति भने विशेष सजग रहनु हितकर हुनेछ । पठनपाठनमा समय दिन नसकिएला तर बौद्धिकता तथा रचनात्मकता बढ्नेछ । परिवारिक सुख बढ्नेछ ।

मिथुन – प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिने समय छ । कीर्तिमानी काम सम्पादन होला । आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ भने विभिन्न उपहार प्राप्त हुने योग छ । आरोग्यता रहनेछ । मान महत्व बढ्नेछ ।

कर्कट – सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । आजको दिन सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन तथा अध्यापनको क्षेत्रमा प्रगति होला । कृषिकर्म र व्यावसायिक काममा पनि फाइदै होला । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । आफ्नै बल विवेकले काम राम्रो हुनेछ । मनोरञ्जनपूर्ण ढंगले दिन बित्ला ।

सिंह – आजको दिन बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त होला । आफन्तबाट टाढिनुपर्ने योग छ । कतै यात्राको सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु उचित हुनेछ । वैदेशिक क्षेत्रबाट सामान्य लाभ उठाउन सकिनेछ । आयबल बढ्नेछ । विजयश्री प्राप्त हुनेछ ।

कन्या – कर्मबल वृद्धि हुनेछ । काममा पारिवारिक सहयोग प्राप्त भएपनि दोधारको अवस्था सिर्जना हुनसक्छ । पहिलेका कमीकमजोरीलाई सुधार गर्ने अवसर जुर्ला । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । स्वास्थ्यसम्बन्धी समस्याले सताउने योग छ, सावधान रहनुहोस् । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् भने श्रमको उचित मूल्य नमिल्न सक्छ ।

तुला – बोलीको विपरीत अर्थ लाग्न सक्ने समय भएकोले मुखलाई नियन्त्रणमा राख्नु हितकर होला । कल्पना र भावनामा केन्दित भइने छ । नयाँ कामको प्रस्ताव आउने योग छ, सहयोगीहरू भेटिनेछन् । धनलाभको सम्भावना छ, तर आजको लाभांश सञ्चय नहुन सक्छ । सरसापटमा धन खर्च हुने योग रहेकोले सचेतना अपनाइ आर्थिक व्यवहार गर्नु हितकर होला । रसरागमा आकर्षण बढ्नेछ ।

वृश्चिक – बौद्धिक प्रतिस्पर्धामा विजयी भइने समय छ । दैनन्दिन व्यवहारबाट नयाँ ज्ञान प्राप्त होला । बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने देखिन्छ । एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ । जोखिम वृद्धि हुनेछ तर मंगलमय कृत्य सम्पादन हुन सक्छन् । मिठो भोजन प्राप्त होला ।

धनु – भाग्योन्नतिको समय छ । पढाइलेखाइमा प्रगति र ब्यवसायमा राम्रै लाभ हुनेछ । स्वादिष्ट भोजनको आनन्द पाइएला । पहिलेको सफलताले थप हौसला जगाउनेछ । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ । साहस बढ्नेछ । मिठो भोजन प्राप्त गर्नुहुनेछ ।

मकर – व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउला । बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ । तथापि, काममा आलस्य जाग्ने र खर्चको मात्रा केही बढ्ने देखिन्छ । अवसर आए पनि मौकामा लाभ उठाउन चुकिएला, सचेत रहनुहोस् । आरोग्यता रहनेछ ।

कुम्भ – व्यापारमा विशेष फाइदा उठाउन सकिने समय छ । जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ । अध्ययन–अध्यापनमा पनि प्रगति हुनेछ । चिताएको काम सम्पादन हुनुका साथै पहिलेका कमजोरीलाई सुधार्ने मौका मिल्नेछ । आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले सचेत रहनु हितकर होला । रसरागमा आकर्षण बढ्नेछ ।

मीन – दिन उल्लासमय रहला । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । विभिन्न उपहार प्राप्त हुने समय छ । नयाँ काम गर्ने अवसर प्राप्त हुनुका साथै रमाइलो जमघटको अवसर पनि प्राप्त हुने देखिन्छ । सामाजिक काममा रुचि बढ्नेछ । सकारात्मक काममा व्यस्तता वृद्धि हुनेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला ।