‘रूसका लागि युक्रेन युद्ध जीवन र मृत्युको सवाल’ : पुटिन

‘रूसका लागि युक्रेन युद्ध जीवन र मृत्युको सवाल’ : पुटिन


रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको युद्धभूमिमा भएका घटना रूसका लागि ‘जीवन र मरणको विषय’ भएको अभिव्यक्ति दिएका छन् ।

क्रेमलिनले आफ्नो जनसङ्ख्यामा देशभक्तिको भावना जगाउनका लागि लगभग दुई वर्ष लामो द्वन्द्वलाई रूसको अस्तित्वको लडाइँको रूपमा पटक-पटक प्रस्तुत गर्दै आएको छ ।

पुटिनले रूसी सरकारी टिभीसँगको अन्तर्वार्तामा भनेका छन्, ‘मलाई लाग्छ अझै पनि हामी आफैले र अझ बढी विदेशमा रहेका हाम्रा श्रोता र दर्शकहरूका लागि हाम्रो सोच्ने तरिका बुझ्न महत्वपूर्ण छ ।’

‘युक्रेनको मोर्चामा जे भइरहेको छ, उनीहरूका लागि यो उनीहरूको रणनीतिक स्थितिको सुधार हो । यो रूसका लागि जीवन र मृत्युको विषय पनि हो र भाग्य पनि हो’, पुटिको धारणा छ ।

पुटिनले अमेरिकी ‘टक शो’ प्रस्तोता टकर कार्लसनलाई दिएको दुई घण्टा लामो अन्तर्वार्ताको बारेमा सोधिएको प्रश्नको जवाफमा यस्तो बताएका हुन् । उक्त अन्तर्वार्तामा पुटिनले रूसी इतिहासबारे लामो कुराकानी गरेका र युक्रेनको राज्यका बारेमा निरन्तर प्रश्न उठाएका थिए ।

अन्तर्वार्तामा सोधिएको एक प्रश्नको जवाफमा उनले भनेका छन्, ‘पश्चिमा र अमेरिकी श्रोता तथा दर्शकका लागि यो सजिलो थिएन । संयुक्त राज्य अमेरिकाको इतिहास लगभग ३०० वर्षको छ, र मैले त्योभन्दा अघिको कुरा गर्दै छु । त्यसैले मलाई लाग्छ, अमेरिकी दर्शकका लागि यो बुझ्न सजिलो छैन ।’