युक्रेनको अभ्दाइभ्कालाई पूर्ण नियन्त्रणमा लिएको रूसको दाबी

युक्रेनको अभ्दाइभ्कालाई पूर्ण नियन्त्रणमा लिएको रूसको दाबी


रूसी सेनाले डोनेट्स्कनजिकैको अभ्दाभ्का शहरलाई पूर्णरूपमा नियन्त्रणमा लिएको छ ।

रक्षामन्त्रालयले आफ्नो टेलिग्राम च्यानलमा अभ्दाभ्का शहरलाई पूर्णरूपमा नियन्त्रणमा आएको घोषणा गरेको छ ।

लेफ्टिनेन्ट जनरल एन्ड्रे मोर्डविचेभको नेतृत्वमा केन्द्रीय समूहका सैनिकहरूले अभ्दाइभ्का शहरलाई नियन्त्रणमा लिएको रूसी रक्षामन्त्री सर्गेई शोइगुले क्रेमलिनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई जानकारी गराएका छन् ।

रूसी सेनाले युक्रेनी सेनाबाट ३१.७५ वर्ग किलोमिटर क्षेत्र आफ्नो नियन्त्रणमा लिएको र युक्रेनले पछिल्लो २४ घण्टामा अभ्दाइभ्का शहरलाई नियन्त्रणमा लिएको लडाइँमा एक हजार ५०० भन्दा बढी सैनिक युक्रेनले गुमाएको मन्त्रालयले जनाएको छ ।

‘रूसी सेनाको निरन्तर आक्रमणपछि युक्रेनी लडाकूहरूको अलग-अलग छरिएका स्थानहरूबाट मात्र हतियार र सैन्य उपकरणहरू छोडेर हतारमा अभ्दाइभ्का छोड्न सफल भएका छन्’, मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

दुई दिनपहिले युक्रेनले अभ्दाइभ्कामा ठूलो क्षति हुने देखिएपछि आफ्नो सेना सीमाबाट केही पछि हटेको बताएको थियो ।