आजको पञ्चाङ्ग एवम् राशिफल (६ फागुन २०८० आइतबार, १८ फरवरी २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (६ फागुन २०८० आइतबार, १८ फरवरी २०२४)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८० फाल्गुण ६ गते तद्अनुसार सन् २०२४ फरवरी १८ तारिख आइतबार माघशुक्लपक्ष नवमी तिथि रोहिणी नक्षत्र वैधृति योग तैतिल करण आनन्दादिमा धाता योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४१ मा भयो र सूर्यास्त साँझ १७ः५६ बजे हुनेछ । द्रोणनवमी ।

आजको राशिफल

मेष – कामका बाधाहरू हट्ने समय छ । नसोचेको ठाउबाट धन प्राप्त होला । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर होला । अनुकूलता वृद्धि हुनेछ । रोकिएको काममा सफलता मिल्नेछ ।

वृष – मुख्य काममा बाधा हुने र सानातिना घरेलु काममै अल्झनुपर्ने समय छ । स्वास्थ्यमा पनि सामान्य कमजोरी महसूस हुन सक्छ । चाहेको काममा अवरोध आउनाले मन खिन्न रहला । विलासितामा धन खर्च हुने योग छ । भौतिक साधनमा पनि खराबी आउन सक्छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । यात्रापरक काम बन्नेछ ।

मिथुन – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । आजको दिन विभिन्न अवसरले पछ्याएपनि समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध गाँसिने दिन छ । आर्थिक अभावले सताउन सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् । समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट – लाभ हुने काम प्रारम्भ गर्ने समय छ । प्रतिस्पर्धाले आम्दानीको बाटो देखाउनेछ । साझेदारीको काममा राम्रै फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । आमाको माध्यमबाट काम बनाउन सकिनेछ । तथापि, काम र पदको आशा देखाउनेहरूले फसाउन सक्छन्, सावधान रहनुहोला । मिहेनतले दिगो आम्दानी हुने काम सुरु हुनसक्ने योग छ । आयबल बढ्नेछ । रसरागमा आकर्षण रहनेछ ।

सिंह – कर्मबल बढ्नेछ । कीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिने समय भएपनि सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । तथापि, श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । लामो यात्राको प्रक्रिया अघि बढ्ने योग छ । रसरागमा आकर्षण रहला ।

कन्या – आजको परिस्थिति अलिक संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । सवारीसाधनको प्रयोगमा पनि विशेष सावधानी अपनाउनुहोला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । स्वास्थ्य सामान्य कमजोर रहन सक्छ । आज केही अवसर जुटे पनि ज्यादा समय अरूका लागि खर्चनुपर्ने देखिन्छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन्, सचेत रहनुहोला ।

तुला – आजको दिन दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्ला । अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि निकै विचार पुऱ्याउनु हितकर हुनेछ । पुराना सहयोगीहरूले धोका दिन सक्छन्, सावधान रहनु होला । व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तथापि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ ।

वृश्चिक – आजको दिन नयाँ काम प्रारम्भ हुन सक्छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ भने सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुने योग छ । स्वास्थ्यमा भने विशेष ध्यान पुऱ्याउनुपर्नेछ । शत्रु तथा प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने समय छ । सुख सुविधाको वस्तु खरिदमा खर्च हुने योग छ । योजना र बजेट बनाएर मात्र आर्थिक कारोबार गर्नु हितकर होला ।

धनु – धन आर्जन हुने र लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्ने समय छ । तथापि, पढाइलेखाइमा भने समय दिन नसकिएला । सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन्, ध्यान राख्नुहोला । प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्ने समय छ । कुरा लगाउनेहरूको फन्दामा परिने सम्भावना रहेकोले गोपनीयताका साथै बोली र व्यवहारमा विशेष ध्यान दिनुहोला । स्वास्थ्य केही कमजोर रहन सक्छ । छरछिमेकमा विवाद वा झैझगडाको योग छ, सावधान रहनुहोला । मुद्दामामिलामा भने नियमकानूनले तपाईंलाई नै साथ दिने योग छ ।

कुम्भ – व्यापार-ब्यवसायमा राम्रै फाइदा हुने समय छ । आम्दानी बढ्नुका साथै परिवारजनका आवश्यकता पूरा हुनेछन् । तर मानसम्मानमा ठेस पुग्ने योग रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनुहोला । आफ्नै कमजोरीले कार्य-व्यवहारमा ढिलासुस्ती हुने देखिन्छ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन – दिन राम्रो छ । मान-महत्व बढ्नेछ भने मित्रजनको साथ मिल्नेछ । आफन्तहरूको सञ्जालबाट फाइदा लिन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्यसुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार प्राप्त हुन सक्छ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । सजिलै काम बन्नाले उत्साह जाग्नेछ । वार्तामा सफलता र समस्याको समाधान मिल्नेछ ।