आजको पञ्चाङ्ग एवम् राशिफल (२ फागुन २०८०) बुधबार, १४ फरवरी २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२ फागुन २०८०) बुधबार, १४ फरवरी २०२४)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५नेपाल सं.११४४ पिङ्गलनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८० फाल्गुण २ गते तद्अनुसार सन् २०२४ फरवरी १४ तारिख बुधबार माघशुक्लपक्ष पञ्चमी तिथि रेवती नक्षत्र शुभ योग बब करण ०ः५४ पर कौलव करण आनन्दादिमा उत्पात योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४६ मा भयो र सूर्यास्त सांझ १७ः५१ बजे हुनेछ । श्रीपञ्चमी, वसन्त पञ्चमी, सरस्वती पूजा, रतिकाम पूजा, हलसारो गर्ने ।

आजको राशिफल

मेष – आजको दिन सामान्यमात्रामा खर्च बढ्ने योग भएपनि अनुकूलता वृद्धि हुनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् । इर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । मित्रजनको सहयोग प्राप्त हुनेछ ।

वृष – प्रतिभाले फाइदा दिलाउने समय छ । नयाँ कामको प्रस्ताव आउने सम्भावना छ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । धन आर्जन हुनुका साथै बिछोडिएका परिवारजनसँग भेटघाट हुने योग छ । अध्ययन तथा अध्यापनमा प्रगति हुनेछ । हिम्मतले काम लिनु हितकर होला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन – कर्मबल र शुभता बढ्नेछ । मनको डर उत्साहमा रूपान्तरित हुने समय छ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् भने आयआर्जन पनि राम्रै हुने सम्भावना छ । परिवारजनसँग आत्मियता बढ्नेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त होला । जस्तोसुकै समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट – दैनिकीमा परिवर्तन आउन सक्ने समय छ । मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै हिम्मतले काम बनाउन सकिएला । केही खर्च लागेपनि सोचेको काम बन्ने योग छ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । भाग्यबल बढ्नेछ भने सार्वजनिक काममा आकर्षण रहला । शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला ।

सिंह – अनावश्यक दौडधुपमा समय बित्ने दिन छ । आर्थिक कारोबारमा सजगता अपनाउनुहोला । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ, सचेत रहनुहोस् । अनुकूल स्थानान्तरण तथा टाढाको यात्रा सम्भावना छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने योग पनि छ । प्रेमभावका साथै रसरागमा आकर्षण बढ्नेछ ।

कन्या – शुभता बढ्नेछ । दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ । आजको दिन प्रेम र मित्रताको गाँठो कसिनेछ । तार्किक क्षमताले सम्मान दिलाउला । लाभ हुने काम प्रारम्भ गर्न सकिने छ । साझेदारीमा पनि फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । कार्यगति बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

तुला – व्यवसायमूलक काममा राम्रै फाइदा हुने समय छ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । काम देखाएर विशेष उपलब्धि हात पार्न सकिनेछ । धन मान महत्व बढ्नेछन् । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त होला । साहसिक काममा आकर्षण बढ्नेछ । कार्य व्यपारमा सफलता प्राप्त होला । यात्रा हुनेछ । धन सम्पदामा बढोत्तरी हुनेछ ।

वृश्चिक – प्रेमभावका साथै धन, मान-महत्व बढ्ने समय छ । सार्थ्य र सुख वृद्धि होला । पहिलेका कर्मको प्रतिफल पाइनेछ, साथै कामको चापबाट पनि फुर्सद मिल्ला । तथापि, फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्ने योग छ । प्रतिस्पर्धीहरूबाट सजग रहनु हितकर होला ।

धनु – व्यस्तता बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने समय छ । प्रशंसकहरू बढ्नेछन् । व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । अधिकारका लागि केही संघर्ष भने हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि गुम्नलागेको अवसर जोगाउन सकिनेछ । मिठो भोजन प्राप्त होला । हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – समय शुभदायी छ । पराक्रम बढ्ला । विभिन्न भौतिक साधन जुट्ने तथा उत्साहजनक समाचारले मन प्रशन्न हुने दिन छ । सन्तानका माध्यमबाट पनि काम बन्ने सम्भावना छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ भने विभिन्न भौतिक साधनहरू जुट्नाले प्रसन्नता मिल्नेछ । नियमकानूनले साथ दिनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ – भविष्यका लागि विशेष काममा जग बसाउने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । व्यापारमा भएकालाई राम्रै आर्जन हुनेछ । तर, सहयोगीजनले विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएला । आर्जित धन खर्च हुन सक्छ । आफ्नै प्रयासले लाभ मिल्ने सम्भावना पनि छ । मिठो भोजन प्राप्त हुनेछ । सामर्थ्य वृद्धि होला । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मीन – समय केही चुनौतीयुक्त छ । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ भने दाम्पत्य सम्बन्धमा पनि शंका र असमझदारी बढ्ने योग छ । परिस्थितिअनुसार चल्न नसक्दा दुःख पाइनेछ, काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा वचन दिनु पत्युत्पादक होला । वार्तामा सफलता र आफन्तको साथ मिल्नेछ ।
बढ्दै गएको देखिन्छ ।