पाल्पामा जीप दुर्घटना, आठ जनाको घटनास्थलमै मृत्यु

पाल्पामा जीप दुर्घटना, आठ जनाको घटनास्थलमै मृत्यु


पाल्पामा जीप दुर्घटना हुँदा आठ जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

जिल्लाको तिनाउँ गाउँपालिका–६ स्थित मस्याममा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिएका छन् ।

मृतकको पहिचान हुन सकेको छैन भने घाइते भएका १८ जनालाई लुम्बिनी मेडिकल कलेज पाल्पा पठाइएको प्रहरीले जनाएको छ । डुम्रेबाट कुसुमखोलातर्फ गइरहेको जीप मंगलबार साँझ दुर्घटनामा परेको हो ।