इजरायली आक्रमणमा २८ हजारभन्दा बढी मानिसले ज्यान गुमाए

इजरायली आक्रमणमा २८ हजारभन्दा बढी मानिसले ज्यान गुमाए


इयुका विदेशनीति प्रमुख बोरेलद्वारा इजरायललाई हतियार आपूर्ति बन्द गर्न आह्वान

युरोपेली संघका विदेशनीति प्रमुख जोसेप बोरेलले इजरायलका सहयोगीहरू, विशेष गरी संयुक्त राज्य अमेरिकालाई गाजामा थुप्रै मानिस मारिएकाले हतियार आपूर्ति बन्द गर्न आह्वान गरेका छन् ।

अल जजीराले उल्लेख गरेअनुसार इजरायलको सैन्य कारबाहीबारे अमेरिकी राष्ट्रपति जो बाइडेनको गत हप्ताको भनाइलाई उद्धृत गर्दै बोरेलले भनेका छन्, ‘ठीक छ, यदि तपाईं धेरै मानिसहरू मारिएको विश्वास गर्नुहुन्छ भने, हुनसक्छ तपाईंले यसलाई रोक्नको लागि कम हतियार उपलब्ध गराउन सक्नुहुन्छ । किनकि यहाँ धेरै मानिस मारिए।’

‘के यो तार्किक छैन ?’ उनले प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसंघको राहत र कार्य निकायका प्रमुख फिलिप लाजारिनीसँग ब्रसेल्सको पत्रकार सम्मेलनमा प्रश्न गर्दे टिप्पणी गरेका छन् ।

अल जजीराले जनाएअनुसार बोरेलले ‘यदि अन्तर्राष्ट्रिय समुदायले यो हत्या हो भन्ने विश्वास गर्छ भने हामीले हतियारको प्रावधानको बारेमा सोच्नुपर्छ’ भनेका छन् ।

यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका निर्देशनहरूको इयु कूटनीतिज्ञहरूले आलोचना गरिरहेका छन् । गाजा शहर रफाहमा शरण खोज्ने १० लाख प्यालेस्टाइनीहरूलाई त्यहाँ योजनाबद्ध इजरायली सैन्य कारबाही अघिबढाइएको छ । इयु विदेशनीति प्रमुखले दक्षिणी गाजा शहर रफाहमा भएको आक्रमणप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । फेब्रुअरी ११ को त्यहाँको आक्रमणले ूएक अकल्पनीय मानवीय प्रकोप निम्त्याउनेू र छिमेकी इजिप्टसँग गम्भीर तनाव निम्त्याउने उनको धारणा छ ।

ज्ञातव्य छ, गाजा पट्टीको ठूलो भागलाई ध्वस्त पारेको इजरायली हवाई आक्रमणबाट बच्न गाजाका अधिकांश जनसङ्ख्याले रफाहमा शरण लिएका छन् । गाजाको शासक निकाय हमासले इजरायललाई चेतावनी दिएको छ- रफाहमा कुनै पनि भूमिगत आक्रमणले युद्धविराम र कैदीहरूको आदानप्रदानका लागि चलिरहेको वार्तामा बाधा पुऱ्याउन सक्छ ।

प्यालेस्टिनी अधिकारीहरूले बताए अनुसार अक्टोबरदेखि इजरायली आक्रमणमा २८ हजार ३४० भन्दा बढी मानिसहरूले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेहरूमा पनि खासगरी महिला र बालबालिकाहरू बढी छन् । सहायता एजेन्सीहरूको भनाइअनुसार गाजाको ८० प्रतिशत भन्दा बढी जनसङ्ख्या विस्थापित भएको छ ।

इजरायलले गत अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणको प्रतिक्रियामा कठोर सैन्य अभियान शुरु गरेको छ, जसले भयानक द्वन्द्व र मानवीय क्षति निम्त्याएको छ।