न्युयोर्कको सब-वे स्टेशनमा गोली चल्दा एक जनाको मृत्यु, पाँच जना घाइते

न्युयोर्कको सब-वे स्टेशनमा गोली चल्दा एक जनाको मृत्यु, पाँच जना घाइते


न्युयोर्कको ब्रोंक्स कन्ट्री सब-वे स्टेशनमा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

एबीसी न्युजले प्रहरीलाई उद्धृत गर्दै उल्लेख गरेअनुसार सोमबार अपरान्ह करिब ४ः३० बजे गोली चलेको थियो ।

गोली लागेर घाइते भएका चार जना पुरुष र दुई महिलाको स्थानीय अस्पतालमा उपचार भइरहेको र ३४ वर्षीय पुरुषको सेन्ट बर्नाबास अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

उक्त घटनाबारे अनुसन्धान जारी छ ।