भुवन पोखरेलको ‘हे सानू’ सार्वजनिक

भुवन पोखरेलको ‘हे सानू’ सार्वजनिक


गीत-सङ्गीतको दुनियाँमा जम्दै गरेका भुवन के. पोखरेलको अभिनयमा आधारित हे सानू बोलको आधुनिक गीत सार्वजनिक भएको छ । गायक विनोद दनुवारको स्वरमा रहेको यस गीतको शब्द नवराज घिमिरेको हो भने संगीत मुस्कान मुकारुङको रहेको छ ।

उक्त गीतको म्युजिक भिडियो युके इन्टरटेन्मेट युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । यस गीतमा चर्चित मोडल तथा कलाकार भुवन के. पोखरेल र जुना कार्काीको दमदार अभिनय देख्न सकिन्छ ।

गीतको भिडियोमा नेपाली युवाहरू विदेशिनुपर्दाको पीडा पोखिएको दृश्य देख्न सकिन्छ । यो गीत निकै मार्मिक रहेको गीतका मोडल भुवनको भनाइ रहेको छ । यस गीतका मोडल पछिल्लो पटक चर्चामा रहेको मिडिया हबद्वारा प्रसारित टेलिसिरियल भैरवीमा डक्टरको भुमिकामा अभिनय गर्ने चर्चित कलाकार हुन् ।

भुवनले अहिलेसम्म दुई दर्जन बढी म्युजिक भिडियो तथा विभिन्न लोकप्रिय टेलिसिरियलहरूमा काम गर्दै आएका छन् । गीतको प्रतिक्रिया कस्तो पाउनुभएको छ भन्ने प्रश्नमा मोडल भुवन के. पोखरेलले भने- यो गीत अहिलेका युवाहरुको वेदना पोखिएको गीत हो । निकै मीठो लयमा बनेको यस गीतले दर्शकको मन जित्नेमा म ढुक्क छु ।’