‘युगनायक पृथ्वीनारायण शाहलाई सम्मान गर्ने संस्कार बसालौँ’

‘युगनायक पृथ्वीनारायण शाहलाई सम्मान गर्ने संस्कार बसालौँ’


✍ डा. अम्बरिश पोख्रेल

हालको अमेरिका स्वतन्त्र राष्ट्र नहुँदै पृथ्वीनारायण शाहले नेपाल एकिकरण गरिसकेका थिए । त्यो अभियानमा सक्रिय रहेका थिए । युरोपमा विस्मार्क र नेपोलियन भन्दाअघि पृथ्वीनारायण शाह हिरो बनिसकेका थिए । इतिहास पद्नुस्, अध्ययन गर्नुस्, चिन्तनमनन गर्नुस् फेरि… ।

जम्मा १८/१९ वर्षको केटो काल्पनिक कथाका पात्र जस्तै भइसकेका थिए उनी युरोपमा समेत ! एकपटक हामीले आफूले आफैलाई सम्झौँ त हाम्रो कुन गति थियो १८/१९ वर्ष उमेरमा ? उनी त्यो उमेरमा आफै तरबार बोकेर एकीकरण अभियानमा स्थलगत रूपमा नै सहभागी हुन्थे !

विश्वको साम्राज्य महाशक्ति अंग्रेजलाई थुरथुर पारेका स्वयम् सेनापति राजा थिए पृथ्वीनारायण शाह ।

अहिले जस्तो खोपीमा बसेर देश मैले बनाएको हो भन्ने नेता थिएनन् उनी । टुक्रा टुक्रा रहेको नेपालमा पचास भन्दा बढी राज्यहरू थिए । युद्धमा आफै कमाण्ड गरेर हिँड्थे, लड्थे र विजयको झण्डा बोकेर अझ अगाडि बढ्थे । उनी मारिन पनि सक्थे, तर सुखद कुरा- उनी मारिएनन् ।

यसरी उनले आफै युद्धमा नायकत्व गर्दै, होमिँदै नेपाल एकिकरण गरेका थिए । पृथ्वीनारायणको वीर गाथा सुनाउदा विश्वमा सबै ट्वाँ परेर सुन्छन् अहिले पनि ।

हामी कहिल्यै परतन्त्र भएनौँ, त्यसैले हाम्रो कुनै राष्ट्रिय स्वतन्त्रता दिवस (डे) छैन भन्दा घोर आश्चर्य मान्छन् अहिलेका मान्छेहरू विदेशतिर । आफ्नो दाँत देखाउँदै, कस्तो राम्रो इतिहास भनेर भन्न बाध्य भएको देखिन्छ । कोही विदेशी साथी छ भने आफै चेक गरौँ ! मैले त कयौं पटक जानाजान चेक गरेको छु ।

मङ्गोलियामा जङ्गेज खाँ अहिले त्यहाँका महान पिता मानिन्छन् । त्यहाँका मंगोलियन जनतालाई उनीप्रति सत प्रतिशत गर्व छ । यो कुरा विश्वास लाग्दैन भने कुनै मंगोलियनलाई आफै शोधेर हेरौँ । आफै गूगल चेक गरौँ, एकछिन विचार गरौँ ।

कति विदेशीको उपदेशलाई मात्र बोकेर हिँड्ने ?

अहिलेका नेपाली नालायक हुँदै गए । शत्रुका कुराहरू अंगीकार गर्न थाले । दुई चार पैसाको लागि आफ्नै पुर्खाको अपमान गर्न अभ्यस्त हुँदै आए ।

शत्रु वा शत्रु राष्ट्रहरू आफ्नो हुँदैन भन्नेसम्मको न्यूनतम विवेकसमेत बन्धक राखेर पुर्खाप्रति अनादर गर्नुलाई क्रान्ति वा प्रगतिशील विचार सम्झन्छन् यहाँ ।

अचम्मको देश भयो नेपाल, जहाँ आफ्नै पुर्खालाई धारेहात लगाउँदै, विदेशीका एजेण्डा बोकेर हिँड्छन् १

यस्तै तुच्छ सोचाइका मान्छेहरुको जगजगी भयो नेपालमा ! यस्तैको राज हुँदै आएको छ नेपालमा १

तर ती शासक पृथ्वीनारायण शाह महान् थिए, महान् ! उनीप्रति गर्व गरौँ र, अहिलेको पुस्ता पनि गर्व गर्नलायक बन्ने कोशिस गरौं । यही नै युगको आवाज हो । यही नै जन्मभूमिप्रतिको इमान्दारिता हो, नैतिकता हो, कर्तव्य हो, दायित्व हो, जिम्मेवारी हो र सचेतनाको संकेत हो । यही नै पुर्खाप्रतिको विश्वास पनि हो ।

आफ्नै माता, पिता, पुर्खा तथा आफ्नै जन्म भूमि देश नेपालमै सिञ्चित असली महान् शासकलाई खुइल्याउन खोज्ने मूर्खहरूलाई, तिनकै आफ्ना सन्तानले झन् धेरै आफैलाई ज्यूँदै छँदै पनि, खुइल्याउन पछि पर्दैनन् ।

पृथ्वीनारायण शाहको अपमान गर्नु भनेको, आफ्नै सन्तानबाट आफै खुइलिने दिनको प्रतीक्षा गर्नु हो, होस गर्नु है ! आफ्नै सन्तानले उछितो काढ्न सुरु गर्नेछ । आफ्नै जन्म आफ्नै मातृभूमिको लागिसमेत अभिसाप बन्न सक्छ !!

हरामीहरुको आफ्नो देश हुँदैन । हरामीहरूको आफ्नो निश्चित पुर्खा हुँदैन । हरामीहरुको आफ्नो इतिहास हुँदैन । धर्म संस्कृति साहित्य कलादेखि आफ्नो रीतिरिवाज पनि हुँदैन । तर अहिलेको नेपाली समाज यस्तै हरामीहरूको चंगुलमा फसेको छ । हरामीहरुबाट छुटकारा पाउन, नयाँ युग नायकको प्रतीक्षामा अभिसप्त छ हाम्रो देश नेपाल !
अस्तु ।