हानेदा विमानस्थलमा दुई विमान आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु

हानेदा विमानस्थलमा दुई विमान आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु


  • विशेष प्रतिनिधि, टोकियो (जापान)

जापानको राजधानी टोकियोको मध्य भागमा रहेको ब्यस्त हानेदा विमानस्थलमा दुई विमान आपसमा ठोक्किएर भएको विमान दुर्घटना र आगलागीका कारण पाँच जनाको मृत्यु भएको छ ।

जापान कोस्ट गार्डको फिक्स विङ विमानमा सवार ६ जनामध्ये पाँच जनाको मृत्यु भएको सम्बद्ध अधिकारीहरुले पुष्टि गरेका छन् ।

जापान एयरलाइन्सको विमान हानेदा विमानस्थलमा रहेको कोष्ट गार्डको विमानसँग ठोक्किँदा उक्त विमानमा रहेका ६ जना चालक दलका सदस्यमध्ये ५ जनाको निधन भएको हो ।

जापान एयरलाइन्सको विमानमा ३७९ यात्रु र चालकदलका सदस्यहरु रहेका थिए । तर उक्त बिमानमा रहेका सबैको आपतकालिन सकुशल उद्दार गरिएको थियो ।