जापानमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि आठ घण्टाबीच सयभन्दा धेरै पटक झट्का

जापानमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि आठ घण्टाबीच सयभन्दा धेरै पटक झट्का


  • विशेष प्रतिनिधि, टोकियो (जापान)

सोमबार दिउँसो गएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट प्रभावित भएका क्षेत्रमा उद्दार तथा अत्यावश्यक सामग्रीको आपूर्ति २४सै घण्टा जारी रहने जापानी प्रधानमन्त्री किशिदा फुमुयोले बताएका छन् ।

भूकम्पबाट प्रभावित क्षेत्रका मेयरहरुले तत्काल खानेपानी अभाव, विद्युत् कटौती, उद्दार गरिएकाहरुको लागि खाद्यान्न सहित जाडो समय भएकाले ब्ल्यांकेट लगायतको अत्यावश्यक सामग्री पर्याप्त नभएकाले माग भएको बताउँदै त्यसको व्यवस्था जतिसक्दो छिटो गर्न सरकारले रातभर पनि काम गर्ने बताएका छन् ।

राति करिव १२ बजे पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै किशिदाले भत्किएका घरहरुमा फसेकाहरुको उद्दारको काम तीव्ररुपमा भइरहेको उल्लेख गर्दै जीवन रक्षा गर्नु पहिलो प्राथमिकताको काम भएको बताए ।

रात ११ बजेर ३ मिनेटमा जारी ७ म्याग्निच्युडको भूकम्पको त्रुटिपूर्ण सूचनामा कसको कमजोरी हो भनि पत्रकारले सोधेको जिज्ञासामा प्रधानमन्त्री किशिदाले सही सूचना र जानकारी जारी गर्नुपर्ने र गरिने बताए ।

उनका अनुसार भत्किएका घरहरुमा फस्न पुगेका व्यक्तिहरुको उद्दारको लागि काम भइरहेको र पहिलो कर्तव्य जीवन जोगाउनु भएकाले यो काम पहिलो प्राथमिकतामा भइरहेको छ।

दिउँसो गएको भूकम्पबाट सयभन्दा धेरै घरमा क्षति दर्जनौं व्यक्ति घाइते तथा केहि गम्भिर घाइते रहेका छन् ।

राष्ट्रिय प्रहरी एजेन्सी जापानले दुई जनालाई जीवनको कुनैपनि संकेत नरहेको अवस्थामा फेला पारिएको बताएको छ ।

दिउँसो ४ बजे सुरुमा ५.६ र लगत्तै ७.६ म्याग्निच्युडको भूकम्पपछि लगातार १०० वटा भूकम्प गएबाट त्रसित सर्वसाधारणहरु मध्यरातको अवस्थामा पुनः अर्को शक्तिशाली कम्पनपछि थप त्रसित बन्न पुगेका छन् ।

हिमपातसहित कठ्यांग्रिदो जाडोमा ३० हजार बढि सर्वसाधारण विद्युत्विहीन रहँदा मध्यरात पून शक्तिशाली भूकम्प जाँदा रात कटाउन धेरै व्यक्तिलाई कठिन हुनसक्ने ठानिएको छ ।

भूकम्पबाट भएका क्षति तथा उद्दारका विवरणहरु प्राप्त हुनेक्रममा रहेको अधिकारीहरुले बताएका छन् ।