जापानको इशिकावा प्रिफेक्चरमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प

जापानको इशिकावा प्रिफेक्चरमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प


  • विशेष प्रतिनिधि, टोकियो (जापान)

मध्य जापानको इशिकावा प्रिफेक्चरमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । शक्तिशाली भूकम्पपछि इशिकावा प्रिफेक्चरमा ठूलो सुनामीको चेतावनी जारी गरिएको छ।

जापान मौसम विज्ञान एजेन्सीका अधिकारीहरुले सो क्षेत्रका निगाता, इशिकावा, तोयामा, यामागाता, फुकुइ र ह्योगो लगायत प्रान्त आसपास सुनामीको चेतावनी जारी गरिएको बताएका छन् ।

भूकम्पबाट भएको क्षतिका विवरणहरु आउने क्रम सुरु भएको बताइएको छ ।

भविष्यमा पनि समानस्तरको शक्तिशाली भूकम्प जानसक्ने भन्दै मौसम अधिकारीहरुले सावधानी अपनाउन सचेत गराएका छन् ।

जापानको समय अनुसार दिनको ४ बजेर १० मिनेटमा भूकम्प गएको हो ।

भूकम्पपछि ३ मिटरसम्मको सुनामिको छाल आउनसक्ने चेतावनी सामुन्द्रिक किनार आसपास जारी गरिएको छ ।

थप विवरण आउन बाँकी…