रोनिश र आयुष्माले चुमे ‘मोडल हन्ट नेपाल २०२३’ उपाधि

रोनिश र आयुष्माले चुमे ‘मोडल हन्ट नेपाल २०२३’ उपाधि


‘मोडल हन्ट नेपाल २०२३’ को उपाधि रोनिश खड्गी र आयुष्मा पौडेलले जितेका छन् । काठमाडौंमा खड्गीले १५ प्रतियोगीलाई पछि पार्दै मेल तथा पर्वतकी पौडेलले २१ प्रतियोगीलाई पछि पार्दै फिमेल तर्फको उपाधि चुमेका हुन् ।

शुक्रबार साँझ होटल सोल्टिमा आयोजित एकभब्य समारोहकाबीच सम्पन्न प्रतियोगितामा मेलतर्फ लक्की राणापहेली फष्ट रनरअप र शौनाक मल्ल सेकेन्ड रनरअफ बन्दा फिमेलतर्फ रिया मेहता फष्ट रनरअफ र मोनिका बुढाथोकी सेकेन्ड रनरअफ घोषित भए ।

नेपाली मोडलिङ प्रतियोगितामा बृहत् र स्तरिय मानिएको प्रतियोगितामा मोस्ट पपुलर छिरिङ फुंस्टोक गुरुङ र मोनिका बुढाथोकी, फोटो जेनिक रिया मेहता र सोहज खान, कमर्सियल मोडल लक्की राणापहेली र क्रिस्टिना ढुंगाना, पब्लिक च्वाइस रोनिश खड्गी र सहारा केसी, बेष्टवाक आवाज कार्की र सुजल बम, मोस्ट स्टाइलिस लिसा बर्नवाल, आंसुतोष थापा, बेष्ट पर्सनालिटी सुनिल अधिकारी र अनिसा मैनाली, फिटनेश मोडल रोनिश खड्गी, बेष्ट फिगर मेधना श्रेष्ठ भए । प्रतियोगीतामा स्पेशन रिकगननेसन अवार्ड सुजल बम र सोनिया तामाङ (भिन्न क्षमताको सहभागी)ले प्राप्त गरे ।

प्रतियोगीताको यो आँठौ संस्करण हो । प्रशान्त ताम्राकार (अभिनेता, कोरियोग्राफर), राजभाई सुवाल (फोटोग्राफर) नम्रता श्रेष्ठ (मिस नेपाल २०२०), सोफिया भुजेल (मिस युनिभर्स २०२२), समर्पण कार्की (मिष्टर नेपाल २०२३) र मदन रौनियार (प्रवन्ध निर्देशक जोय पपाय) यो संस्करणको निर्णायकमा रहेका थिए ।

दक्षय तथा अनुभवी बिभिन्न प्रशिक्षकबाट व्यक्तित्व विकास, शारीरिक बनावट, ¥याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट, एक्सप्रेसन, ग्रुमिङ क्लास लगायत प्रशिक्षण सहित प्रतियोगीता फाइनल प्रस्तिस्पर्धामा उत्रिएका थिए ।

स्वदेश तथा विदेशका बिभिन्न प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यवसायिक मोडल उत्पादन गर्ने उदेश्यले विगत ८ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगिताका विजेता मध्य मेल रोनिशले पार्टो रिको देशमा आयोजना हुने अन्तराष्ट्रिय मोडलिङ प्रतियोगीता ‘रनवे मोडल इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्ने र फिमेल आयुष्माले थाइल्याण्डमा आयोजना हुने मोडलिङ प्रतियोगिता ‘सुपर मोडल इन्टरनेसनलमा’ नेपालको प्रतिनिधित्व गर्नेछन् । दुबै विजेताले विज्ञापन, म्युजिक भिडियो अभिनय अवसरका अलवा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन शोमा पनि सहभागीको अवसर प्राप्त गरेको आयोजक नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।

फेसनमय वातावरणमा विभिन्न सांगीतिक तामझाम सहित आयोजित प्रतियोगीताको क्रेज युवायुवतीमा बढ्दो रहेकोले आगामी बर्षमा पनि यो प्रतियोगीताले निरन्तरता पाउने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।