नयाँ सेलो ‘बुहारी आप्पा आम्मालाई’ सार्वजनिक

नयाँ सेलो ‘बुहारी आप्पा आम्मालाई’ सार्वजनिक


अजय क्षेत्रीको स्वरमा नयाँ सेलो ‘बुहारी आप्पा आम्मालाई’ गीतको भिडियो सार्वजनिक भएको छ । दार्जिलिङमा जन्मिएर नेपाली गीत संगीतमा सक्रिय गायक अजयले तामाङ सेलो गीतमा स्वर भरेका छन् ।

हिन्दी आसामी भोजपुरी पंजाबीलगायतका भाषामा अजयले यसपाली सेलो गीत बजारमा ल्याएका हुन । सुसन लामाको शब्द तथा संगीत र फडिन्द्र राईको एरेन्ज गीतमा रहेको छ । हरि रोय र पुष्पक रोयको छायांकन, केके प्रधानको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ ।

गीतमा वसन्त दर्जीको डान्स कोरियोग्राफीसमेत रहेको छ गीतको भिडियोमा बुद्धि तामाङ्ग र सिकिम्मकी चेली स्यामाश्री शेर्पाको आकर्षक नृत्य रहेको छ । गीतको भिडियोलाई डम्फु मिडियाको अफिसियल च्यानलमार्फत हेर्न सकिन्छ ।