शंकरले ल्याए मदानी

शंकरले ल्याए मदानी


गायक राजकुमार शंकरको ‘मदानी’ गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा गायक शंकरलाई स्वरमा गायिका राधा गुरुङले साथ दिएकी छन् ।

जीवन विश्वकर्माको शब्द रहेको गीतमा संगीत शंकरकै छ । गीतको भिडियोमा देवेन्द्र बब्लु र सनसाइन सञ्जुको अभिनय देख्न सकिन्छ । विशाल घिमिरेको डिरेक्सन रहेको गीतको भिडियोको सम्पादन अमृत चापागाईले गरेका हुन् ।

योभन्दा अघि सार्वजनिक भएको शंकरको ‘ए रमा’ बोलको गीतले निकै चर्चा बटुलेको थियो ।