निर्बाचन प्रक्रियामा गम्भीर प्रश्न उठिसके पछी यसको परिणाम लाई सहज स्वीकार गर्ने अवस्था छैन : अध्यक्ष प्रत्यासी श्रेष्ठ

निर्बाचन प्रक्रियामा गम्भीर प्रश्न उठिसके पछी यसको परिणाम लाई सहज स्वीकार गर्ने अवस्था छैन : अध्यक्ष प्रत्यासी श्रेष्ठ


गैरआबासीय नेपाली संघ केसी समूहका केहि नेताहरु जापान गएको बेला एक सामान्य भेट लाई “अफबाह” फैलाउने हिसाबले प्रकाशित समाचारमा ध्यान गएको भन्दै गैरआबासीय नेपाली संघ ११ औ महाधिबेशनमा  अध्यक्षका प्रत्यासी रहेका जापान निवासी महेश श्रेष्ठले असन्तुस्टी ब्यक्त गरेर छन्।  

घटना र विचार संगको छोटो कुराकानीमा  श्रेष्टले ” निर्बाचनमा अनिमियता भएको `प्रस्ट` भए संगै कसैले “आफु निर्बाचित हुँ ” भन्नु सुहाउने बिषय नभएको भन्दै यसै संस्थाका सँगै  काम गरेका पुर्ब सहकर्मी हरुसंगको मित्रवत भेट लाइ यसको निर्बाचन परिणाम  संग जोडेर अनर्गल प्रचार गर्नु असान्धार्भिक भएको बताउनुभयो”। 

 डा  बद्री  केसी समूहका उपाध्यक्ष डा हेमराज शर्मा जापानको भ्रमण सिलसिलामा महेश श्रेष्ठ संगको व्यक्तिगत  भेट लाइ स्वयम् डा शर्माले  अतिरन्जित बनाउने प्रयास गरेको देखिएको थियो , सोहि बिषयलाई श्रेष्ठले स्पस्ट पारेका हुन्। 

११ औ महाधिबेशन दौरान सुन्य मत प्रकरण संगै , तत्कालिन ३ अध्यक्ष डा बद्रि केसी , रबिना थापा र कुल आचार्यले  चालु निर्बाचन प्रक्रिया अर्को सूचना नआए सम्मका लागी स्थगित गरिएको बिज्ञप्ति जारी गरेको, निर्बाचन समितिले समेत निर्बाचन परिणाम   लाई आधिकारीक रुपमा घोषणा गरेकोमा त्रुटी भएको र निर्बाचन  परिणाम घोषणा स्थगित भएको सूचना जारी पश्चात  अर्को दिन डा केसी समूहले  बलपुर्बक आफु निर्बाचित भएको  बताउदै एमाले भात्री संगठन संग  आबद्द केहि  व्यक्ति   हरुलाई  लिएर  सफथ लिई     गैरआबासीय नेपाली संघको काठमाण्डौ स्थित  केन्द्रिय कार्यालय संगै यसको   चल अचल सम्पती  कब्जा गरेको आरोप लागेको छ।  

निर्बाचन प्रक्रियामा जित  र हार सामान्य मान्ने महेश   श्रेष्ठले निर्बाचन प्रक्रियामा प्रसस्त प्रश्न उठिरहेको सन्दर्भमा यसको परिणाम लाई सामान्य हिसाबले लिन नसकिने भन्दै गैरआबासीय नेपाली संघ नेपाली डायस्पोराको सामुहिक घर भएको कारण केही व्यक्तिहरुले मात्र समग्र संघ लाई  मेरो हो भन्नु गलत भएको , निर्बाचन प्रक्रिया र परिणाममा गम्भीर प्रश्न उठिसके पश्चात डा केसीले यसको सम्पूर्ण हर्ताकर्ता म र मेरो समूह हो भन्नु झट्ट हेर्दा नै राम्रो नदेखिएको भन्दै , सामुहिक भावमा अगाडीको बाटो तय गर्दै संस्थागत एकता नै आगामी संघको भबिष्य र आम गैरआबासीय हरुको चाहना भएको बताउनु भयो। 

गैरआबासीय नेपाली संघको निर्बाचन दौरान  भेरो मतदानमा  प्रक्रियामा स्पस्ट मत म्यानुपलेट भएको भनेर नेपाल प्रहरीको साइबर ब्युरोले समेत आफ्नो प्रतिबेदनमा लेखेको बिषय यो भन्दा अगाडी बाहिर आइसकेको  थियो।