डा. संगीता ‘स्वेच्छा’ ‘एम्बेसडर फर पिस’ अवार्डबाटबाट सम्मानित

डा. संगीता ‘स्वेच्छा’ ‘एम्बेसडर फर पिस’ अवार्डबाटबाट सम्मानित


सञ्चारकर्मी, लेखिका तथा विश्वव्यापी विकासका अभियन्ता डा. संगीता श्रेष्ठ ‘स्वेच्छा’लाई युनिभर्सल पिस फेडरेशनद्वारा प्रतिष्ठित ‘एम्बेसडर फर पिस’ अवार्डबाट सम्मानित गरिएको छ । डिसेम्बर ९ मा लण्डनमा आयोजित अवार्ड समारोहमा शान्ति स्थापना र अन्तर्राष्ट्रिय विकासमा उनको योगदानको कदर गरिएको हो ।

विकास संचारमा पन्ध्र वर्ष भन्दा बढी अनुभव संगालेकी संगीताको महिला अधिकार, विश्वव्यापी शिक्षा, अनुसन्धान संचार र वातावरणीय संरक्षणमा योगदान रहेको छ । हाल, फिड द माइन्ड्स, लन्डनस्थित अन्तर्राष्ट्रिय विकास संस्थामा, उनी अफ्रिकी तथा एशियाका विभिन्न देशमा गरिबीमा परेका महिलाहरूलाई शिक्षाको माध्यमबाट सशक्त बनाउने अभियानमा संलग्न छिन् ।

‘एम्बेसडर फर पिस’ अवार्डले सामंजस्यपूर्ण संसार सिर्जना गर्ने उनको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।

प्रतिष्ठित पुरस्कार प्राप्त गरेपछि उनले कृतज्ञता व्यक्त गर्दै भनिन्, ‘शान्तिका लागि राजदूतको रूपमा मान्यता प्राप्त गर्न पाउँदा म अत्यन्तै सम्मानित महसूस गर्दैछु । यो पुरस्कारले मलाई थप योगदान गर्न उत्प्रेरित गरेको छ ।’

‘युनिभर्सल पिस फेडेरेसन एम्बेसेडर फर पिस अवार्डले समुदाय र सीमानामा शान्ति र सद्भावलाई बढावा दिनको लागि राम्रो नेतृत्व, वकालत र प्रतिबद्धता प्रदर्शन गरेका व्यक्तिहरूलाई सम्मान गर्दछ’, युनिभर्सल पिस फेडरेशन यु.के. का निर्देशक मार्गरेट अलीले भनेका छन् ।