रन्जितको पुस्तक सम्झे नेपालीले !

रन्जितको पुस्तक सम्झे नेपालीले !


नेपालमा आन्दोलन गराउन भारतभित्रबाट समेत सहयोग रहेको हल्ला चलेसँगै नेपालका निम्ति भारतका तत्कालीन राजदूत रन्जित रेद्वारा लिखित पुस्तकको चर्चा सुरु भएको छ ।

रन्जित रे भारतीय विदेश मन्त्रालयको नर्थ डेस्क प्रमुखमा रहँदा माओवादी र संसदवादी भनिएका दलहरूबीच बाह्रबूँदे सम्झौता गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेहरूमध्ये पर्दछन् । उनले आफ्नो अवकाशपछि लेखेको पुस्तकमा इण्डियाले नेपालमा ‘नियन्त्रित अस्थिरता’ चाहेको स्पष्ट गरेका छन् । लेखिएको छ- ‘India wanted to keep Nepal in a state of controlled instability’.

रेले किन यस्तो लेखे भन्ने कुराले त्यसबेला नेपाली पाठकहरूलाई स्तब्ध र चकित पारेको थियो । नेपालमा आफ्नै अनुकुलको सरकार रहेको भनिएको यो समयमा नेपालमा ब्याप्त असन्तुष्टिलाई आधार बनाएर चलाउन खोजिएको आन्दोलनमा भारतभित्रबाट समेत सहयोग रहने भन्ने कुराले रन्जित रेको पुस्तकलाई स्मरण गराएको हो ।

हिन्दूराष्ट्र नेपाल नै भारतको चाहना हो भने त्यो नेपाली नेताहरूसँगको सम्वादबाट नै समाधान निस्कने पृष्ठभूमि तयार भइसकेको मानिन्छ । त्यस्तो स्थिति हुँदाहुँदै पनि आन्दोलनकै पक्षमा भारत रहने हो भने रन्जितको लेखनीमा दम रहेको स्पष्ट हुने ठानिन्छ ।