पूरा भयो चलचित्र ‘मायावी’को छायाङ्कन

पूरा भयो चलचित्र ‘मायावी’को छायाङ्कन


दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘मायावी’को छायाङ्कन सकिएको छ । मुस्ताङ र पोखराका विभिन्न स्थानमा छायाङ्कन गरिएको फिल्मको करिव २ महिनामा छायाङ्कन सकिएको हो । फिल्मको छायाङ्कन सकिएको अवसरमा निर्माणपक्षले केक काटेर खुशी साटेको थियो । शनिबार बिहान २ बजे फिल्मका मुख्य कलाकार र प्राविधिकहरूले छायाङ्कन समापन गरेका थिए ।

यो फिल्ममा पल शाह, दीपिका प्रसाईं, सुशील सिटौला, समिम खान, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाईंको मुख्य भूमिका छ ।

फिल्मको छायाङ्कन सकिएसँगै निर्देशक भट्टराई निकै उत्साहित देखिएका छन् । उनले यो फिल्म आफ्ना लागि पनि विशेष हुने र नायक पल शाहको करिअरलाई भने नयाँ उचाई दिने बताएका छन् ।

‘मायावी’मा राज कटुवाल र चन्द्र पन्तको लगानी छ । फिल्मको सह-निर्माताको रुपमा राजु पराजुली, रमा प्रसाईं र नवनित झा छन् । फिल्मका कार्यकारी निर्मातामा प्रविन भट्टराई र करण सिंह छन् भने सहयोगी निर्माताको रूपमा अम्बरीश कश्यप छन् ।

क्रियटिभ सिने आर्ट्सको ब्यानरमा निर्माण भएको यो फिल्ममा राजु थापाको डीओपी, एसडी योगीको संगीत, राम अविरलको गीत छ । फिल्मको लाइन प्रोड्यूसरमा राजकुमार कार्की छन् ।

पोखराकेन्द्रित कथा रहेको फिल्मको प्रदर्शनमिति भने तय गरिएको छैन । ‘राम्रो टिम भएकाले राम्रोसँग छायांकन सकियो, अब फिल्मको पोष्ट प्रोडक्शनको काम सकाएपछि प्रदर्शन मिति तय गरिनेछ’, निर्देशक भट्टराईले भनेका छन् ।