संयुक्त राष्ट्र संघ र नेपाल

संयुक्त राष्ट्र संघ र नेपाल


✍ सुनिल उलक

वि.सं. २००६ साउन ७ गते लेफ्टिनेन्ट जनरल विजय शम्शेर राणा विदेशी विभागको डाइरेक्टर जनरलको रूपमा संयुक्त राष्ट्र संघमा पुगेका थिए । २००२ कार्तिक ८ मा स्थापना भएको संयुक्त राष्ट्र संघमा केवल ५१ राष्ट्र मात्र सदस्यहरू थिए । जसमध्य ५० राष्ट्रले २००२ को असार १३ मा हस्ताक्षर गरेका थिए भने पोल्याण्डले गठनको एक हप्ताअगाडि मात्र हस्ताक्षर गरेका थिए ।

यसरी गठन भएको संयुक्त राष्ट्र संघमा नेपालमा राणाकाल नै भएको भए पनि चार वर्षपछि नै सदस्यताको लागि आवेदन गरे । संयुक्त राष्ट्र संघ पुगेका विजय शम्शेरले २८ पृष्ठ लामो आफ्नो निवेदनमा सदस्यता पाउनुपर्ने आधारहरू सबै लेखेका थिए । तर नेपालमा प्रजातान्त्रिक आन्दोलन भइरहेको, राणाहरू दमन अत्यधिक रहेको उल्लेख गरी नेपाली राष्ट्रिय काङ्ग्रेसले ‘Establishment of democratic government and human rights in Nepal should be a condition for its membership U.N.O. as was in the case of Spain use veto’ भन्दै संयुक्त राष्ट्र संघलाई पत्र लेखेपछि सोवियत संघले २००६ को भदौ २२ मा भएको महासभामा भिटो लगाएर खारेज गरिदियो । सुरक्षा परिषदका ९ राष्ट्रको सहमति हुँदा पनि सोवियत संघको भिटोको कारणले नेपाल सदस्य बन्न बञ्चित भयो ।

नेपालभित्रको आन्तरिक कारणले सदस्यताबाट बञ्चित भए पनि प्रजातन्त्रपछि भने निरन्तर प्रयासहरू भइरहे । अन्ततः २०१२ को मंसिर २९ मा भएको संयुक्त राष्ट्र संघको दशौँ महासभाको ५५५औं बैठकले नेपाललाई अन्य १५ राष्ट्रको साथ सदस्यताको लागि स्विकृती प्रदान गऱ्यो ।

त्यतिबेला नेपालमा राजा महेन्द्रको प्रत्यक्ष शासन थियो, तसर्थ त्यस सभामा कसैले पनि भाग लिएनन् । सदस्यता प्रदान गरेको तीन महिनापछि वि.सं. २०१२ फागुन २६ मा संयुक्त राष्ट्र संघको मुख्यालय रहेको बाहिर सदस्यता राष्ट्रको झण्डा फहराइने क्रममा यसै वर्ष संयुक्त राष्ट्र संघको सदस्यता पाएका १६ राष्ट्रको झण्डा फहराइएको थियो । अल्वानिया, अष्ट्रिया, बुल्गेरिया, कम्बोडिया, फिनल्याण्ड, हंगेरी, आयरल्याण्ड, इटली, जोर्डन, लाओस, लिबिया, पोर्चुगल, रोमानिया, स्पेन तथा श्रीलंकाको साथ नेपालको पनि झण्डा फहराइएको थियो ।

विसं १९९३ जेठ २० गते नेपाल प्रजा परिषदको गठन भएको थियो । राणाशासनविरुद्ध सशक्त आन्दोलन गर्ने उद्देश्यले गठन भएको यस प्रजापरिषदमा शुरुमा पाँच जना दशरथ चन्द, टंकप्रसाद आचार्य, धर्मभक्त माथेमा, रामहरि शर्मा तथा जीवराज शर्मा थिए । यसको केही दिनमा नै चूडाप्रसाद शर्मा पनि थपिए । प्रजापरिषदको लागि निडर र जुझारु युवाहरूको खाँचो थियो । यसमा चूडाप्रसाद लागिपरे ।

वि.सं. १९९७ माघ ७ गते सोमबार राणा प्रधानमन्त्री जुद्धशम्शेरले त्यतिबेलाका कमाण्डिङ अफिसर पद्मशम्शेर र चारै कमाण्डिङ जनरलहरू मोहनशम्शेर, बबरशम्शेर, बहादुरशम्शेर, केशरशम्शेर र वडागुरुज्यूसमक्ष सिंहदरबार बैठकमा यस प्रकारको फैसला सुनाइँदा नेपाल प्रजापरिषदका प्रमुख सदस्य चूडाप्रसाद शर्मालाई पनि आजन्म कैद तथा सर्वस्वहरणको सजाय दिइएको थियो ।

लामो समय जेल बसेर निस्किएका चूडाप्रसाद २०१२ साल माघ १३ गते टंकप्रसाद आचार्यको प्रधानमन्त्रित्वमा गठित प्रजापरिषदको सरकारमा परराष्ट्र वन तथा खाद्य कृषि मन्त्रीमा नियुक्त भएका थिए । टंकप्रसादको मन्त्रिपरिषदको समयमा नै नेपालले संयुक्त राष्ट्र संघको सदस्यता पनि पायो । नेपालले संयुक्त राष्ट्र संघको एघारौँ महासभामा नेपाल पनि सहभागी भएको थियो । त्यस राष्ट्रिय महासभामा भाग लिन नेपालको नेतृत्व गर्दै त्यसबेलाका परराष्ट्रमन्त्री चुडाप्रसाद शर्मा ६ जना प्रतिनिधिमण्डलको साथ न्यूयोर्क पुगेका थिए । त्यस प्रतिनिधिमण्डलका अन्य सदस्यहरूमा राजा महेन्द्रका माहिला भाइ हिमालयविक्रम शाह, अधिराजकुमारी प्रिन्सेप शाह, श्री ५ महाराजाधिराजका प्रमुख सचिव सरदार हंसमान सिंह, शिक्षासचिव केशरबहादुर केसी र परराष्ट्र मन्त्रालयका सहसचिव दमनराज तुलाधर थिए ।

५७६औँ पूर्ण बैठकमा नेपालको प्रतिनिधित्व गर्दै चूडाप्रसाद शर्माले सम्बोधन गरेका थिए । छोटो सम्बोधनमा धन्यवाद ब्यक्त गर्दै उनले भनेका थिए-

May I be permitted on behalf of the delegation of Nepal to thank you, Mr. President, and the other Members of this august body, who have extended a warm welcome to us this afternoon. I must, in the beginning, pay my homage to you, Mr. President, for having been unanimously elected as the President of the General Assembly. Under your wise guidance we are sure that the functions of the Assembly will be carried out more successfully. It is our proud privilege, along with the other new Members, to attend our first. session of the Assembly under your chairmanship. We are especially proud because you are one of our neighbours with whom we have very cordial relations.

Ours is a small country nestling in the lap of the Himalayas and inhabited by a people simple but honest in their beliefs and intentions, short of stature but ever zealous to guard their freedom. We have always lived a life of peace and contentment in our mountains and hamlets, and maintained friendly relations with our neighbours.

Nepal is proud to be a Member of the United Nations. We would like to state categorically that we believe in the principles and purposes of the Charter of the United Nations, and shall do our utmost to carry out the provisions of the Charter. We are happy that the admission of nineteen members during the past year has really made this Organization more representative, We hope that the other countries which have not yet been admitted to the membership of this Organization will soon find their place here.

We thank you again for the warm and cordial reception that you have extended to us and we hope and pray that we shall be able to carry out the responsibilities of promoting the cause of international peace and international security as Members of the United Nations.