इजरायलबाट फर्केकालाई अन्नपूर्ण प्राकृतिक अस्पतालको निःशुल्क मनोवैज्ञानिक परामर्श

इजरायलबाट फर्केकालाई अन्नपूर्ण प्राकृतिक अस्पतालको निःशुल्क मनोवैज्ञानिक परामर्श

घ.वि. सम्वाददाता
0
Shares

काठमाडौं , ललितपुरको अन्नपूर्ण प्राकृतिक अस्पतालले युद्धग्रस्त इजरायलबाट फर्किएका नेपालीलाई निःशुल्क मनोवैज्ञानिक परामर्श सेवा दिने भएको छ ।

अस्पतालका सञ्चालक तथा मेडिकल डाइरेक्टर डा स्कन्द डाँगीले एक महिने निःशुल्क मनोवैज्ञानिक परामर्श सेवा दिने जानकारी दिनुभयो।

अस्पतालले उनीहरूमा पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर नहोस् भनेर मनोवैज्ञानिक परामर्श, न्युरो मनोचिकित्सक, पुनर्स्थापना कार्यक्रम, योग, ध्यान, प्राकृतिक उपचार, जडिबुटी फिजियोथेरापीहरू जस्ता सेवा निःशुल्क दिन लागेको डा.डाँगीले बताउनुभयो ।

डा डाँगीले युद्धग्रस्त इजरायलबाट फर्केका व्यक्ति र उनीहरुका आफन्तलाई मानसिक समस्याले पारेको असर कम गर्ने उद्देश्यले सो सेवा प्रदान गर्न लागेको बताउनुभयो ।

ईजराईलबाट फर्किएका नागरिकको मानसपटलमा युद्धले छोडेको गहिरो प्रभावलाई मध्यनजर गरी अस्पतालले निःशुल्क उपचार सेवा दिन लागेको जनाएको छ ।