असाध्य विरामीबाट छुटकारा दिलाउँदै वैदिक आयुर्वेद

असाध्य विरामीबाट छुटकारा दिलाउँदै वैदिक आयुर्वेद


✍ वसुन्धरा गौतम

चितवनको मुटु नारायणगढस्थित वैदिक आर्युवेद बिरामीका लागि वरदान नै सावित भएको छ । मेडिकल चिकित्सातर्फको औषधिको प्रयोग जति गर्दापनि निको नभएर जीवनबाट नै हार मानिसकेका बिरामीलाई निको बनाएर पठाउने गरेकाले पनि आफ्नो सैवाप्रति जनविश्वास बढेको वैदिक आयुर्वेद सेवा प्रा.लि.का प्रवन्धक चक्रपाणि न्यौपानेले बताउनुभयो ।

वैदिक आयुर्वेद सेवा प्रा लि ले विशेषगरी कहिल्यै निको नहुने भनिएका असाध्य रोग क्यान्सर, दम लगायतका अन्य थुप्रै दिर्घरोग र निको हुने तर मेडिकल चिकित्साबाट निको हुन नसकेका रोगहरुको सफल उपचार गरेको उहाँले दावी गर्नुभयो । आयुर्वेद सेवाप्रति आफ्नो रुचि नै आम्दानी गर्दा गर्दै अरुको सेव गर्ने माध्यम भएकाले बढेको उहाँको भनाइ छ ।

विगत १२ वर्षदेखि निरन्तर सेवा दिँदै आइरहेको वैदिक सेवा प्रा.लि.मा विगतमा आयुर्वेद सेवालाई एक पटक प्रयोग गरी हेरौँ भन्ने सोचका साथमा बिरामी आउने गरेकोमा वर्तमान समयमा पक्का निको हुन्छु भन्ने विश्वास बोकेर बिरामी आउने गरेको उहाँको भनाई छ । क्यान्सरमध्येकै पनि विशेषगरी फोक्सोको क्यान्सरबाट पीडित र मेडिकल चिकित्सातर्फ किमो नै चढाइसकेको विरामी वैदिकमा आएर उपचार सुरु गरेपश्चात सामान्य जीवनमा फर्किएको उहाँको भनाइ छ ।

साथै ब्रेन ट्युमरका बिरामीलाई पनि सफल उपचार गरेको र नेपालको जडिबुटिमा शक्ति अद्भुत रहेकाले यसले शरीरमा रहेका विभिन्न किसिमका समस्यालाई जरैबाट निर्मुल गर्ने हुँदा यसको प्रयोग गर्न कुनै संकुचित धारणा राख्नुनपर्ने उहाँको भनाई छ । आयुर्वेदिक चिकित्साले एक रोगका लागि औषधि प्रयोग गर्दा अर्को रोगमा पनि फाइदा पुग्ने उहाँले बताउनुभयो ।

साथै उहाँले आफ्नो विगत सम्झदै यो क्षेत्रमा आफ्नो प्रवेशका बारेमा पनि हामीलाई बताउनुभएको छ । भरतपुर महानगरपालिका–६ गीतानगर निवासी न्यौपाने अरुको आयुर्वेदिक कम्पनीका औषधिका बजार प्रतिनिध भएर काम गर्दा गर्दै आफै यस क्षेत्रको नमुना व्यक्ति बन्न सफल हुनु भएको हो ।

विसं २०३७ मा स्याङ्जाको मिर्मिमा जन्मिनुभएका न्यौपाने वि.सं. २०४२ मा परिवारसहित चितवनको गीतानगर झर्नुभएको थियो । स्नातक तहसम्म स्थानीय कलेजमा अध्ययन गरिसकेपछि उहाँले एशियन हर्बल उद्योगका सामानको बजार प्रतिनिधिका रुपमा काम गर्न थाल्नुभएको थियो । पच्चिस वर्षको उमेरमा काम थाल्नुभएका न्यौपानेमा चार वर्ष सो क्षेत्रमा काम गरेपछि आफै उद्योग सञ्चालन गर्ने सोच आएको उहाँले बताउनुभयो ।

आफन्त र दाजुभाइको सहयोग तथा बैंकको ऋणसहित रु २० लाख हाराहारीको लगानीमा उहाँले भरतपुर महानगरपालिका–७ कृष्णपुरमा आयुर्वेदिक उद्योगको स्थापना गर्नुभयो । उद्योगबाट उत्पादित औषधि विस्तारै खपत हुन थालेपछि उद्योग विस्तार गर्न गीतानगरमा रहेको आफ्नै पैत्रिक जग्गामा टहरा निर्माण गरेर न्यौपानेले उद्योग सार्नुभयो ।

नारायणगढमा वैदिक आयुर्वेद सेवा प्रालि सञ्चालन गर्दै आउनुभएका उहाँले व्यवस्थापनमा स्नातकसम्मको अध्ययनका साथै काम गर्दै जाँदा आयुर्वेदतर्फ वैद्यसम्मको अध्ययन गर्नुभयो । न्यौपानेले भन्नुभयो, ‘आयुर्वेदको भविष्य छ, आम्दानी गर्नाका साथै सेवा गर्न पाइने, बिरामीलाई उपचार गरेर निको बनाउन पाइने, दुःखी मानिसको जीवनलाई सुखी बनाउन पाइने देखेर नै यसतर्फ लागेको हुँ ।’ उहाँले थप्नुभयो– ‘एक छाक खानकै लागि जे काम गरे पनि हुन्छ, तर यो व्यवसाय गर्दा अर्काको कल्याण पनि हुने देखेर यसतर्फ लागेँ ।’

उत्पादन र मार्केटिङ पनि आफै गर्दै आउनुभएका न्यौपानेले उद्योग सञ्चालन गरेको १२ वर्ष बितेको छ । रु. २० लाख हाराहारीबाट सुरु गरिएको उद्योगमा अहिले रु पाँच करोडभन्दा बढी लगानी पुगेको छ ।उहाँले सुरुवाती चरणमा जडीबुटी ल्याइ पाउडर बनाएर उद्योग सुरु गर्नुभएको थियो । सुरुवाती चरणमा सात वटा औषधि उत्पादन हुने न्यौपानेको उद्योगबाट अहिले ५० थरिका औषधि उत्पादन हुन्छन् । विस्तारै उत्पादन बढाउँदै लगेको बताउँदै न्यौपानेले जानकारी दिनुभयो । सुरुवातमा आफ्नो औषधिको बजार चितवन मात्र रहेकोमा हाल चितवनसहित काठमाडौँ, बुटवल, इटहरीलगायत नेपालका आधाभन्दा धेरै जिल्लामा उत्पादन पुग्नुका साथै व्यवसायबाट सन्तुष्ट हुने गरी कारोबार भइरहेको उहाँले बताउनुभयो । उद्योगमा चाहिने ९० प्रतिशत कच्चापदार्थ (जडीबुटी) नेपालकै प्रयोग हुने न्यौपानेको भनाइ थियो ।

वैदिक आयुर्वेद सेवा प्रालिका काठमाडौँ, बुटवल र ईटहरीमा शाखा छन् । ती सबै शाखामा आयुर्वेदिक चिकित्सक राखेर बिरामीको सेवा गर्दै आइएको उल्लेख गर्दै उहाँले आफ्नो क्लिनिकमा आउने अधिकांश बिरामीलाई आफ्नै उत्पादनको औषधि दिने गरेको समेत जानकारी दिनुभयो ।

बीस जनाभन्दा बढीलाई रोजगारी दिनुभएका उहाँले आफुले हालसम्म गरेको आम्दानी गौण विषय भएको तर धेरैलाई रोजगारी प्रदान गर्न सकेकोमा आनन्द लाग्ने गरेको बताउनुभयो ।

अन्त्यमा उहाँले अन्य पद्दतीबाट उपचार सम्भव नभएर जीवनबाटै निराश भएका व्यक्तिहरुलाई एकपटक आफूकहाँ आएर उपचार गर्न समेत आग्रह गर्नुभएको छ । नेपालका सबै ठाउँमा जुडीबुटी पाइने भएकाले आयुर्वेद उद्योगका लागि नेपाल प्रचुर सम्भावना रहेको स्थल भएकाले नेपालमा आयुर्वेदिक औषधि उत्पादनमा जोड दिनुपर्नेमा आवश्यकता समेत औंल्याउनुभयो ।