उपराष्ट्रपति यादवलाई डेंगु संक्रमण पुष्टि

उपराष्ट्रपति यादवलाई डेंगु संक्रमण पुष्टि

घ.वि. सम्वाददाता
0
Shares

काठमाडौं, उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण भएको छ । बुधबार गरिएको डेंगु परीक्षणमा संक्रमण पुष्टि भएको हो ।

उपराष्ट्रपति यादवका निजी चिकित्सक वरिष्ठ मुटुरोग विशेषज्ञ डा.सिलवालका अनुसार अहिले उहाँलाई काठमाडौंको बानेश्वरमा रहेको निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) मा भर्ना गरिएको छ ।