कार्तिक १० गतेदेखि आईपीओ बिक्री गर्दै मुक्तिनाथ कृषि कम्पनी

कार्तिक १० गतेदेखि आईपीओ बिक्री गर्दै मुक्तिनाथ कृषि कम्पनी

घ.वि. सम्वाददाता
0
Shares

काठमाडौं, यही कार्तिक १० गतेदेखि मुक्तिनाथ कृषि कम्पनीले आफ्नो आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । विदेशमा रोजगार गरिरहेका नेपालीहरुका लागि विशेष केन्द्रमा राखेर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको हो ।

कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको २० प्रतिशत अर्थात् १४ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने लक्ष्य लिएको छ । जसमध्ये १० प्रतिशत अर्थात् १ करोड ४० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गर्नेछ ।

लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म कम्पनीको आईपीओका लागि आवेदन दिन सक्नेछन् ।कम्पनीको आईपीओमा लगानीकर्ताहरुले कात्तिक २४ गतेसम्म आवेदन दिन सक्ने छन् ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयर मार्फत् वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्ने छन् ।

इक्रा नेपालले कम्पनीलाइ इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।