‘महान् क्रान्तिकारी’को महापतन !

‘महान् क्रान्तिकारी’को महापतन !


कैयन कम्युनिष्ट नेताहरूको जीवनशैली बुझ्न जर्ज अर्वेलको एनिमल फार्म पढिरहनु नपर्ला, कोरियाली शासक किम जोङ उन र रुमेनियाली कम्युनिष्ट शासक चाउचेस्कुको जीवनी बुझ्नु पनि नपर्ला, नेपालका अपवाद बाहेक अधिकाङ्श कम्युनिष्ट नेताहरूको सोच तथा जीवनशैलीलाई मात्र अध्ययन गरियो भने पनि कम्युनिष्टहरू कस्ता हुन्छन् भन्ने ज्ञान आर्जन गर्न सकिन्छ ।
✍ देवप्रकाश त्रिपाठी

नेपाली कम्युनिष्ट आन्दोलनभित्र एउटा आम भनाइ छ- ‘कम्युनिष्टहरू बिग्रँदा कुहिएको अण्डा सरह दुर्गन्धित बन्छन् ।’ त्यसो त ७२ वर्षसम्म सर्वहारा अधिनायकत्वको नाममा कम्युनिष्ट पार्टीको निरङ्कुश शासन ब्यवस्था चलेको विघटित सोभियत सङ्घमा देश विभाजित भएयता सोभियत सङ्घको विघटनबाट दुःखी रसियालीहरू भन्ने गर्थे- ‘मान्छे बिग्रेपछि कम्युनिष्ट बन्छ र कम्युनिष्ट बिग्रिए गोर्वाचोभ बन्छ ।’ पुराना नेताहरूबाट देश नचल्ने ठहर गर्दै सोभियतहरूले कम्युनिष्ट पार्टीका सबैभन्दा कनिष्ठ (युवा) नेता गोर्वाचोभलाई पार्टी र देशको सम्पूर्ण अभिभारा सुम्पिएका थिए । तिनै गोर्वाचोभले सोभियत सङ्घ विघटन गरि १५ मुलुकमा रूपान्तरण गरेर आफू अमेरिका भासिएपछि मात्र रसियाली जनताले युवा र नयाँ खोज्नुको पीडादायी परिणाम भोगेको महसूस गरेका थिए । अहिले दक्षिण एशियामा ठगीको पर्यायवाची शब्द नटवरलाल बने जस्तै रसियामा देशद्रोही गद्दारको पर्यायवाची शब्द गोर्वाचोभ बनेको छ । कसैलाई गोर्वाचोभ भनेर गाली गरियो भने बुझ्नुपर्छ ती गाली ब्यहोर्न बाध्य ब्यक्ति देशद्रोही हुन् ।

कम्युनिष्ट आन्दोलनभित्र गद्दार शब्द खुब प्रयोग हुने गर्दछ । गरीब जनताको नाममा खोलिएका कम्युनिष्ट पार्टीका अधिकाङ्श नेता कार्यकर्ताहरू आफ्नो सुख र दुःखलाई नै जनताको सुख-दुःख ठान्छन् । उनिहरूको एकमात्र लक्ष्य सत्ता हुने गर्छ, तर साम्यवाद र समानताको लेप लगाएर उनिहरू आफ्नो भित्री अभीष्ट छोपछाप पारिरहेका हुन्छन् । कैयन कम्युनिष्ट नेताहरूको जीवनशैली बुझ्न जर्ज अर्वेलको एनिमल फार्म पढिरहनु नपर्ला, कोरियाली शासक किम जोङ उन र रुमेनियाली कम्युनिष्ट शासक चाउचेस्कुको जीवनी बुझ्नु पनि नपर्ला, नेपालका अपवाद बाहेक अधिकाङ्श कम्युनिष्ट नेताहरूको सोच तथा जीवनशैलीलाई मात्र अध्ययन गरियो भने पनि कम्युनिष्टहरू कस्ता हुन्छन् भन्ने ज्ञान आर्जन गर्न सकिन्छ । सच्चा कम्युनिष्ट बन्नु भनेको आफूलाई कुनै देशको सीमामा सङ्कुचित नगर्नु, अन्तर्राष्ट्रियवादी अवधारणा राख्नु र, पृथ्वीबाट देशहरूको उन्मूलन गर्ने विचार दर्शनबाट अभिप्रेरित हुनु हो । तर देशभक्तिको मुद्दा उठ्यो भने आफू बराबर देशभक्त अरू कोही नभएको भन्न यिनले भ्याएका हुन्छन्, इमान्दारीमा पनि उनिहरू आफैलाई अब्बल ठान्छन् र, क्रान्तिकारितामा त अरू कसैको हक अधिकारसम्म रहन्न भन्ने उनिहरूको बुझाइ हुनेगर्छ । एउटा मानिस एकैपटकमा सच्चा कम्युनिष्ट र देशभक्त बन्न सक्दैन, कोही मानिस या त कम्युनिष्ट बन्न सक्छ या देशभक्त । तथापि संसारमै कम्युनिष्टहरूले आफूलाई देशभक्त दाबी गरिरहेका हुन्छन् र, आम मानिसले पत्याइरहेका पनि हुन्छन् ।

२०५२ सालमा हिंसात्मक सङ्घर्ष सुरु गरेयता कम्युनिष्ट आन्दोलनको बजार बाबुराम भट्टराई र प्रचण्डले कुनै न कुनै रूपमा निरन्तर तताइरहेका छन् । वास्तवमा प्रचण्ड र बाबुरामको एकमात्र लक्ष्य प्रधानमन्त्री बन्नु थियो । क्रान्तिका नाममा पेरुका गोन्जालो झैँ पिँजडामा कैदी जीवन बिताएर मर्न या चे ग्वे भारा झैँ शहीद बन्नका निम्ति उनिहरू कम्युनिष्ट आन्दोलनमा पसेका थिएनन् भन्ने ब्यवहारतः शिद्ध भइसकेको छ ।

नेपाली जनता पनि दशकौँदेखि कम्युनिष्टहरूको क्रान्तिकारी रोमान्सबाट प्रभावित र प्रताडित हुँदै आएका छन् । नरबहादुर कर्माचार्य, निर्मल लामा, मोहन बिक्रम सिंह, चित्रबहादुर केसी, मोहनचन्द्र अधिकारी, नारायण मान बिजुक्क्षे र मोहन वैद्यहरू किन कम्युनिष्ट बने होलान भन्ने प्रश्नको तृप्तिपूर्ण जवाफ नआउँदै अब नारायण काजी श्रेष्ठ जस्ता इमान, सुशासन, देशभक्ती र अध्यात्मका पक्षपाती मानिस किन कम्युनिष्ट बने होलान भन्ने जिज्ञासा पनि थपिएको छ । पछिल्ला दशकमा कम्युनिष्ट नेताको रूपमा अधिक चर्चामा आएका मदन भण्डारीले अल्पायुमै अस्वाभाविक मृत्युवरण गर्नु परेकोले उनको योग्यता र क्षमताको परख मुलुकले गर्नै पाएन । मनमोहन अधिकारीले पनि आफ्नै मौलिक क्षमतामा योगदान दिने पर्याप्त समय पाएनन् । पुष्पलाल माक्र्सवाद र लेनिनवादका प्रथम नेपाली दूत बनेर अस्ताए ।

कृष्णराज बर्मा, बिष्णुबहादुर मानन्धर र केशरजङ रायमाझीहरू पनि आ-आफ्ना दक्षताअनुसारको क्षमता प्रस्तुत गरेर विदा भएका हुन । त्यसपछिको बहुचर्चित कम्युनिष्ट नेताहरू बाबुराम भट्टराई, प्रचण्ड र केपी शर्मा ओली हुन्, जो नेपाली बामपन्थी कम्युनिष्ट आन्दोलनमा अझै सक्रिय छन् । यी तीनमध्ये केपी ओलीले राष्ट्रियता र प्रजातन्त्र सम्बद्ध खास-खास मुद्दाहरूमा बेग्लै अडान दर्शाएर नेपाली जनताको मन जितेका थिए, पछिल्लो समयमा ‘वचनको अतिसार’ भएर उनले आफ्नै उचाई कायम राख्न नसक्ने हुन् कि भन्ने आशङ्का पैदा गराएका छन् । केपीका सहयात्रीहरू एक समयका बहुचर्चित नेता आरके मैनाली र सीपी मैनाली किनारा लागिसकेपछि केपीलाई ठूलो सम्भावनाका रूपमा हेरिएको थियो । अहिले उनले आफ्नै विरासत जोगाउन सके भने त्यसैलाई ‘उपलब्धि’ मान्नुपर्ने स्थिति छ ।

२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भए यता बाम राजनीतिकर्मीका रूपमा सर्वाधिक चर्चित ब्यक्तिहरू बाबुराम भट्टराई र प्रचण्ड थिए । एउटा सुगठित पार्टीका वरिष्ठतम् नेता भएकाले माधव नेपाल र झलनाथ खनाल पनि लामो समयसम्म चर्चामा रहेका हुन् । माधव नेपाल पनि पञ्चायती व्यवस्था अन्त्यका निम्ति राजासँग लड्न भारतसँग सैनिक सहयोग लिनुपर्छ भन्ने स्तरका क्रान्तिकारी नेता थिए । अहिले उनको महापतनको सङ्केतहरू देखापर्न थालेका छन् । तर २०५२ सालमा हिंसात्मक सङ्घर्ष सुरु गरेयता कम्युनिष्ट आन्दोलनको बजार बाबुराम भट्टराई र प्रचण्डले कुनै न कुनै रूपमा निरन्तर तताइरहेका छन् । वास्तवमा प्रचण्ड र बाबुरामको एकमात्र लक्ष्य प्रधानमन्त्री बन्नु थियो । क्रान्तिका नाममा पेरुका गोन्जालो झैँ पिँजडामा कैदी जीवन बिताएर मर्न या चे ग्वे भारा झैँ शहीद बन्नका निम्ति उनिहरू कम्युनिष्ट आन्दोलनमा पसेका थिएनन् भन्ने ब्यवहारतः शिद्ध भइसकेको छ ।

सनातन धर्म, नेपाली मौलिक संस्कृति र नेपालीबीचको एकता विरुद्ध खटाइएका बाबुरामबाट पूर्व माओवादीहरू पुनर्सङ्गठित गर्ने र त्यसको नेता बन्ने अभिप्रायले समाजवादी केन्द्रको परिकल्पना भएको थियो । तर समाजवादी मोर्चा गठन हुँदा पनि उनलाई समेटिएन । एक समयको सर्वाधिक चर्चित, जनप्रिय र विद्वान् भनिने नेताको अवस्था गल्ली चहार्दै हिँड्ने, तर कसैले पनि आफ्नो घरभित्र प्रवेश गर्न नदिने जनावरको जस्तो बन्न पुग्यो । सरकारी सम्पत्ति ब्यक्तिको नाममा लगेर अनुचित आर्जन गरेको अपराधमा बाबुराम अनुसन्धान र छानवीनको दायरामा आएका छन् । यस प्रकरणमा उनको रक्षा साक्षात यशु नै प्रकट भएर पनि गर्नसक्ने ठानिएको छैन ।

२०६३ सालमा नयाँ दिल्लीको बाटो भएर भ्याटिकने रथमा उनिहरूको काठमाडौंमा अवतरण हुँदा यिनका ‘गोडा धोएर पानी पिउने तहको क्रेज’ बनेको थियो । तर, प्रचण्डले एकदलीय अधिनायकवादी सत्ता स्थापनाको दाउ हेर्दाहेर्दै समय गुजारे, अब समयले उनलाई रक्षात्मक अवस्थामा पुऱ्याएको छ, जसोतसो राजनीतिक प्राण धान्नेसम्मको काम उनले गरिरहेका छन् । प्रधानमन्त्री बन्नकै लागि प्रचण्डले अवलम्बन गरेको रणनीति र कार्यनीतिले उनी एक झेली ब्यक्तिबाहेक केही नभएको पुष्टि गर्दै लगेको छ । प्रजातन्त्रविरूद्ध दश वर्ष लामो हिंसात्मक युद्धको औचित्य कहिल्यै पुष्टि गर्न नसक्ने गरि उनी थला परेका छन् । क्रान्तिकारी रोमान्सको मनोरन्जनात्मक खेती गरेर निजी महत्वाकाङ्क्षा पूरा गर्न सक्ने एक चतुर ब्यक्तिका रूपमा प्रचण्डलाई बुझियो भने त्यसलाई गलत मान्नु नपर्ने स्थिति उनैले निर्माण गरिदिएका छन् । भविष्यमा कम्युनिज्म अर्थात् साम्यवाद स्थापनाका निम्ति कसैले पुनः हिंसात्मक सङ्घर्ष सुरु गरेछन् भने जनता आफैले तिरस्कार गर्ने स्थिति प्रचण्डले बनाइदिएका छन् । हाम्रो पुस्ताले दुःख पाए पनि भोलिको पुस्ताले इतिहासबाट पाठ सिक्न चाहेमा हिंसात्मक क्रान्तिप्रति चरम घृणा उत्पन्न गराइदिने काम प्रचण्डले गरेका छन्, यसैलाई हामीले उनको ‘महान् योगदान’का रूपमा मूल्याङ्कन गरिदिदा अनुचित हुनेछैन ।

हिंसात्मक सङ्घर्षका अर्का नाइके बाबुराम भट्टराईले चाहिँ एउटा मानिस कतिसम्म अस्थिर र द्रोही हुनसक्छ भन्ने मानक मात्र स्थापित गरेनन्, उनले कम्युनिष्टका नाममा हुने हिंसात्मक सङ्घर्षको बेइज्जत नै गरिदिएका छन् । गोरखामा इसाइद्वारा सञ्चालित विद्यालयमा पढ्दापढ्दै ‘प्रभु’को परिचय पाइसकेका बाबुरामले ऋषिकेश शाहको अभिभावकत्व प्राप्त गरेपछि अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूको इच्छा र योजनासँग आफ्नो महत्वाकाङ्क्षालाई जोड्ने सूत्र फेला पारे । शाहकै विशेष सिफारिसमा भारत गएर छात्रवृत्तिमा पढ्ने अवसर पाएका बाबुरामले त्यहाँ रहँदारहँदै जासुसी संयन्त्रहरूसँग बेरिएर आफ्नो अभीष्ट पूरा गर्ने बाटो पाए, बाटो मात्र पाएनन् एउटी त्यस्ती पत्नी पनि उनलाई भारतमै मिल्यो जसको पितालाई राजा महेन्द्रले मन्त्रिमण्डल गठन गर्दा बाह्य शक्तिलाई पनि अलमल्याउनुपर्ने देखेर राज्यमन्त्रीका रूपमा सामेल गराएका थिए । राजनीतिमा जातीय मुद्दा उठाएर नेपाल विघटनको जगाधार खडा गर्ने प्रारम्भिक बुद्धि बाबुरामले ऋषिकेश शाहमार्फत प्राप्त गरेको भएपनि भ्याटिकन सिटी र भारतीय सत्तामा एकलौटी हैसियत राख्दै आएको तत्कालीन काङ्ग्रेस (आई) सम्बद्ध अधिकारीहरूको सान्निध्यले उनलाई अन्धो तुल्याइदियो । सुरुवातमा प्रजातान्त्रिक विचार समूहमा आवद्ध हुन खोजेका बाबुरामलाई चर्को क्रान्तिकारी आवरणमा मात्र आफ्नो अभीष्ट पूरा गर्न सकिन्छ भन्ने ज्ञान ‘उतै’बाट प्राप्त भएको थियो । प्रधानमन्त्री नबनुन्जेलसम्म प्रचण्डका हजार लात सहेर पनि बाबुराम माओबादी पार्टी ढुकेर बसिरहेका थिए ।

प्रचण्डले एकदलीय अधिनायकवादी सत्ता स्थापनाको दाउ हेर्दाहेर्दै समय गुजारे, अब समयले उनलाई रक्षात्मक अवस्थामा पुऱ्याएको छ, जसोतसो राजनीतिक प्राण धान्नेसम्मको काम उनले गरिरहेका छन् । प्रधानमन्त्री बन्नकै लागि प्रचण्डले अवलम्बन गरेको रणनीति र कार्यनीतिले उनी एक झेली ब्यक्तिबाहेक केही नभएको पुष्टि गर्दै लगेको छ । प्रजातन्त्रविरूद्ध दश वर्ष लामो हिंसात्मक युद्धको औचित्य कहिल्यै पुष्टि गर्न नसक्ने गरि उनी थला परेका छन् ।

जब प्रधानमन्त्रीको हैसियत प्राप्त गरे पदमूक्त हुने बित्तिकै उनले माओवादी आन्दोलनको औचित्य समाप्त भएको घोषणा गर्दै धुमधामका साथ एउटा गैरकम्युनिष्ट पार्टी गठन गरे । विभिन्न आकारप्रकारका सेलिब्रेटी जम्मा गरेर घोषणा गरिएको उक्त पार्टीले लामो आयु पाएन । त्यसपछि बाबुरामले कम्युनिष्ट पार्टीमै घुसेर काम गर्ने आकाङ्क्षा नराखेका होइनन् । तर, प्रचण्ड र केपी दुवैले बाबुरामको ब्यवस्थापन गर्ने रुचि लिएनन् । त्यसपछि राजनीतिक आवरणमा जातिवाद र क्षेत्रीयतावादी भड्काव पैदा गर्ने उद्देश्यबाट गठित पार्टीमा उनको समर्पण भयो । त्यहाँ पनि उनी ‘एड्जस्ट’ हुन सकेनन् । त्यसपछि समाजवादी मोर्चा बनाउने भन्दै समाजवादी नाममै एउटा दल निर्वाचन आयोगमा दर्ता गराए ।

सनातन धर्म, नेपाली मौलिक संस्कृति र नेपालीबीचको एकता विरुद्ध खटाइएका बाबुरामबाट पूर्व माओवादीहरू पुनर्सङ्गठित गर्ने र त्यसको नेता बन्ने अभिप्रायले समाजवादी केन्द्रको परिकल्पना भएको थियो । तर समाजवादी मोर्चा गठन हुँदा पनि उनलाई समेटिएन । एक समयको सर्वाधिक चर्चित, जनप्रिय र विद्वान् भनिने नेताको अवस्था गल्ली चहार्दै हिँड्ने, तर कसैले पनि आफ्नो घरभित्र प्रवेश गर्न नदिने जनावरको जस्तो बन्न पुग्यो । सरकारी सम्पत्ति ब्यक्तिको नाममा लगेर अनुचित आर्जन गरेको अपराधमा बाबुराम अनुसन्धान र छानवीनको दायरामा आएका छन् । यस प्रकरणमा उनको रक्षा साक्षात यशु नै प्रकट भएर पनि गर्नसक्ने ठानिएको छैन । माधव नेपालबाट भएको निर्णयमा देखिएको कमजोरीलाई सच्च्याएर सरकारी जग्गा कब्जा गर्न सहज तुल्याइदिने कार्य प्रधानमन्त्रीका हैसियतमा बाबुरामबाट भएको तथ्य लुकाएर पनि लुक्नसक्ने स्थितिमा छैन । निष्पक्ष छानवीन भएको अवस्थामा बाबुराम कानूनी कारवाहीमा पर्ने र, सत्तरी वर्षको उमेर पार भएपछि भ्रष्टाचारीका रूपमा जेल यातना भोग्नुपर्ने अवस्था आइपरेको छ ।

खोटो नियतका मानिस राजनीति या जुनसुकै क्षेत्रमा भएपनि पशुपतिनाथको देशमा एकदिन सजाय भोग्नैपर्ने हुन्छ भन्ने उदाहरण बाबुराम बने भने आश्चर्य मान्नुपर्ने छैन । एउटा चर्को क्रान्तिकारीको महापतन कसरी हुनसक्छ भन्ने तथ्यको जीवित दृष्टान्त बाबुराम बनेका छन् । यस घटनाले हरेक चर्का कुरा गर्नेहरू सही ब्यक्ति नहुन सक्छन् भन्ने सन्देश दिएको छ र, यसबाट पुराना झिल्के मात्र खराब होइनन् नयाँ झिल्केहरू झन खराब हुन सक्छन् भन्नेतर्फ सचेत हुने अवसर पनि हामी नेपालीलाई मिलेको छ, जय मातृभूमि !