दशकौँपछिको दुर्लभ साहस !

दशकौँपछिको दुर्लभ साहस !


प्रचण्डहरू हिंसात्मक गतिविधि त्यागेर शान्तिपूर्ण राजनीतिमा आएपछि मात्र नारायणकाजीसँग प्रचण्डहरूको पुनर्मिलन भएको हो । त्यसैले माओवादी पार्टीको दोस्रो ठूलो नेता भएपनि उनी हिंसाको दोषबाट मूक्त छन् । नारायणकाजी साकाहारी हुन् र, उनले आफू आध्यात्मिक भएको खुला घोषणा गरेका छन् । भौतिकवादीहरूको दोहनमा परेर भ्रष्टाचारले थिलथिलो भएको मुलुकलाई उद्धार गर्न अध्यात्म बुझेका या आध्यात्मिक मानिसबाट मात्र सम्भव हुन्छ भन्ने कुराको पुष्टि नारायणकाजीले गरिदिएका छन् ।
✍ देवप्रकाश त्रिपाठी

केही राजनीतिक मुद्दाको उचित सम्बोधन नभएसम्म मुलुकले राजनीतिक स्थायित्व र शान्ति प्राप्त गर्न नसक्ने महसूस हामी सबै नेपालीले गरेका छौँ, तथापि भ्रष्टाचार नियन्त्रण र सुशासनको स्थिति अनुभूत गराउने कार्यलाई पनि सर्वोच्च प्राथमिकता दिनुपर्ने अवस्थामा आजको नेपाल रहेको छ । विश्वका सर्वाधिक भ्रष्टाचार हुने मुलुकमा नेपालको नाम अग्र स्थानमा रहेको छ र, यो स्थितिमा देशलाई पुऱ्याउन हाम्रा कर्मचारी प्रशासक, राजनीतिकर्मी, प्राविधिक, सेना, न्यायकर्मी, पत्रकार तथा प्रहरी सङ्गठनका उच्चाधिकारीहरूले ‘सानो योगदान’ दिएका छैनन् । उनिहरूको सङ्गठित र केही वर्षको निरन्तर प्रयासबाट नेपाल यसरी विश्वमा ‘चर्चित बन्न सफल’ भएको हो ।

कुनै समय नेपालले विश्वकै एकमात्र हिन्दुराष्ट्र र सर्वोच्च शिखर सगरमाथाको नामबाट आफ्नो पहिचान कायम गरेको थियो, अहिले प्रशासनिक र राजनीतिक नेतृत्वको साझा प्रयासमा देशले पुरानो परिचय मेटेर नयाँ पहिचान बनाउने सफलता हाशील गरेको छ । धर्मनिरपेक्षता सहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको अल्पकालमै देशको पहिचान यसरी बदल्न सक्नुले नेतृत्वको नियत मात्र उजागर गरेको होइन, यिनको विशिष्ट क्षमतासमेत स्पष्ट गरेको छ । यतिबेला मुलुकमा यस्तो क्षेत्र भेटिँदैन जहाँ भ्रष्टाचार भएको नहोस् । कुनै समय नापी, मालपोत, भन्सार, वन र कर कार्यालयहरूमा सीमित घुसखोरी र भ्रष्टाचारलाई सबै क्षेत्रमा बिस्तार गर्न हाम्रो प्रशासनिक र राजनीतिक नेतृत्वले पुऱ्याएको ‘योगदान’ विश्व पाठ्यक्रममा समाबेस गर्न योग्य मानिन्छ । नेपालको भ्रष्टाचारले पत्रकारिताको समाचारीय प्रस्तुतिमा समेत पुनर्विचार गर्नुपर्ने स्थिति पैदा गरिदिएको छ । सामान्यतया जुन घटना-सन्दर्भ बिरलै या अपवादका रूपमा हुनेगर्छ त्यसैमा समाचारीय मूल्य अधिक रहन्छ । दैनिक जीवनमा नियमित भइरहेका घटना या सन्दर्भले समाचारीय महत्व राख्दैन । संसारमै अनियमितता र भ्रष्टाचार दुर्लभ घटनामा पर्दछन्, त्यसैले यसले सार्वजनिक समाचारमा विशेष स्थान पाउने गर्दछ ।

तर नेपालमा भ्रष्टाचार र अनियमितताले यति ब्यापकता पाइरहेको छ कि त्यो नै समाज र राज्यको अविच्छिन्न अङ्ग बन्न पुगेको छ, भ्रष्टाचार नेपालको एउटा संस्कृति बन्ने बाटोमा उद्यत् छ । त्यसैले यहाँ सडक निर्माण गरिएको तीन महिनामै भत्किएको घटनाभन्दा सडक कालोपत्रे गरेको पाँच वर्ष बितिसक्दा पनि नभत्कनुचाहिँ दुर्लभ घटनामा पर्न थालेको छ । कुनै सरकारी कार्यालयमा घुसखोरी र भ्रष्टाचार हुनु नियमित कार्य हो, यदि कुनै कार्यालयमा घुसखोरी र भ्रष्टाचार हुने गर्दैन भने त्योचाहिँ दुर्लभ स्थिति हो । त्यसर्थ समाचारको ब्यहोरा पनि बदल्नुपर्ने पृष्ठभूमि परिपक्व भइसकेको छ, सडक कालोपत्रे भएको पाँच वर्ष बितिसक्दा पनि नभत्कनु या सरकारी कार्यालय भएर पनि घुसखोरी र भ्रष्टाचार नहुनु वास्तवमै नेपालका निम्ति ठूला समाचारका विषय हुन् ।

वास्तवमा पक्राउ परेका ब्यक्ति भाटभटेनी सुपर मार्केटका मालिक भएकोले या उनको दुकानमा धेरैले रोजगारी पाएकोले या उनले ब्यापारका क्रममा अनियमितता गरेकोले दण्डको भागिदार भएका होइनन् । सरकारी स्वामित्वको जमिन ब्यक्तिको नाममा ल्याएर अनुचित कमाइ गर्ने मुख्य योजनाकारका रूपमा अनुसन्धानले पुष्टि गरेपछि उनी पक्राउ परेका हुन् । तर यहाँ अपराधकर्मबाट त्यस्ता ब्यक्तिलाई मूक्ति दिलाउन र नारायणकाजीबाट उचित कार्य नभएको सन्देश प्रवाह गर्न एकथरी मानिस सङ्गठित ढङ्गले लागिपरेको पाइएको छ ।

यहाँ भ्रष्टाचार नियन्त्रण र सुशासनका बारेमा महिनैपिच्छे पाँचतारे होटल तथा रिजर्टहरूमा अनेकौँ स्तरका गोष्टि तथा अन्तरक्रियात्मक छलफल कार्यक्रमहरू आयोजना भइरहेका हुन्छन् । वक्ताहरूले भ्रष्टाचार नियन्त्रण र सुशासनको सिद्धान्तमा घण्टौँ प्रवचन दिइरहेका भेटिन्छन्, तर त्यही कार्यक्रमको बील तयार गरिँदा अलिक बढाएर रकम राख्न भनिन्छ । भ्रष्टाचारविरोधी अभियन्ताहरूले आफ्नो जीविकाको मुख्य साधनसमेत भ्रष्टाचारलाई बनाउने गरेको पनि नेपालमै मात्र हुनुपर्छ । धेरै मानिस यस्ता छन् जो भ्रष्टाचार गर्ने मौका नपाएर इमान्दार रहन बाध्य छन् । तर, यसमा नारायणकाजी श्रेष्ठ अपवाद बन्न पुगेका छन् ।

सन्तनेता कृष्णप्रसाद भट्टराई अवसर पाउँदा समेत इमानदारी कायम राख्ने सम्भवतः नेपालको पहिलो नेतामा पर्दछन्, तर उनले आफू इमान्दार भएपनि भ्रष्टाचारविरूद्ध साहसिक कदम चाल्ने सामर्थ्य दर्शाउन सकेका थिएनन् । नारायणकाजी श्रेष्ठले आफूलाई इमान्दार सिद्ध मात्र गरेनन्, सुशासनका निम्ति भ्रष्टाचारविरूद्ध जोखिमपूर्ण अभियान नै चलाएका छन् । आफू इमानदार भएमा भ्रष्टाचारविरूद्ध सडकमा बसेर तीन दशक अभियान चलाउनुभन्दा जिम्मेवारी लिएर तीन महिनामै नयाँ आशा र भरोसा जगाउन सकिन्छ भन्ने सन्देश नारायणकाजीले दिएका छन् । गृहमन्त्रालयको जिम्मेवारी सम्हालेकै दिन उनले सुराकीको नाममा हुँदै आएको अपारदर्शी खर्च गर्ने परम्परामा पूर्णविराम लगाइदिए । चाहेका भए अरूहरूले झैँ उनले पनि सोही सरकारी धन खर्च गरेर आफ्नो निजी राजनीतिक एवम् साङ्गठनिक प्रभाव बिस्तार गर्न सक्थे । नारायणकाजी भन्दा अगाडिका सबै गृहमन्त्रीहरूले उक्त रकमको दुरुपयोग गर्दै आएका थिए ।

नेपाल प्रहरीको सरुवा, बढुवा या नियुक्तिमा हुने लेनदेन (भ्रष्टाचार)मा पनि श्रेष्ठले पूर्ण रोक लगाइदिए । मन्त्री, सचिव र आइजीपीहरूले विगतमा सरुवा र बढुवालाई अतिरिक्त कमाइको साधन बनाउँदै आएका थिए । यसपटक सम्भवतः पञ्चायतको अन्त्यपछि पहिलोपटक सरुवा-बढुवामा हुने लेनदेनमा विराम लागेको छ । यसअघि २०५६ सालमा पूर्णबहादुर खड्का गृहमन्त्री हुँदा पनि उनले सरुवा-बढुवाबाट अतिरिक्त आम्दानी गरेनन् । तर त्यसबेला गृहमन्त्री भन्दा तल र गृहमन्त्रालय भन्दा बाहिरबाट भइरहेको लेनदेन नियन्त्रण गर्ने सफलता भने खड्कालाई मिलेको थिएन । यसपालि श्रेष्ठले प्रहरीको सरुवा-बढुवालाई पारदर्शी तुल्याएर प्रहरी सङ्गठनभित्र नयाँ आशा र विश्वासको सञ्चार गराएका छन् । त्यस्तै, मिटरब्याजीहरूबाट आम जनतालाई मूक्ति दिलाउन नारायणकाजीले उपयुक्त कानून निर्माणको अग्रसरता लिएका छन् । यो कानून कार्यान्वयनमा आउनसक्दा लाखौँ नेपालीलाई राहत मिल्ने स्थिति छ ।

गृहमन्त्रालय सम्हालेको दोस्रो साता बित्दानबित्दै नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने सङ्गठित गिरोहलाई कानूनी कारबाहीको दायरामा ल्याउने काम नारायणकाजीले गरे । सत्तारूढ पक्षकै उच्चस्तरीय नेता र बहालवाला सचिवलाई समेत पक्राउ गरी कारबाहीको दायरामा ल्याउने जस्तो साहसिक कार्य उनीबाहेक अरू कसैबाट सम्भव थिएन । शरणार्थी प्रकरणलाई एउटा टुङ्गोमा पुऱ्याइसकेपछि नारायणकाजी श्रेष्ठले ललिता निवास जमिन घोटालामा संलग्न ब्यक्तिहरूमाथि कारवाही र उक्त जमिन सरकारकै स्वामित्वमा ल्याउने कदम चालेका छन् । यसक्रममा राज्यशक्तिको दुरुपयोग गर्ने जोसुकैलाई कारवाही गर्ने उनको प्रतिबद्धता देखिन्छ ।

हो, प्रचण्ड प्रधानमन्त्री भएकाले सरकारी स्तरबाट भएका राम्रा र खराब कर्मका निम्ति औपचारिक रूपमा प्रचण्ड नै जिम्मेवार रहन्छन् । सरकारमा रहेका जो-कसैले राम्रो काम गरेपनि त्यसमा प्रधानमन्त्री भएकोले प्रचण्डको हक लाग्छ । तर प्रचण्ड पहिलोपटक प्रधानमन्त्री बनेका होइनन्, २०६५ र २०७३ मा पनि उनले प्रधानमन्त्रीको जिम्मेवारी पाएका थिए । तर त्यसबेला भ्रष्टाचारविरूद्ध कुनै कदम चालिएको थिएन, बरू भ्रष्टाचार प्रोत्साहित भएकै ठानिएको हो । अहिले पनि भ्रष्टाचारले पुत्री रूप धारण गरेर बालुवाटारमै बसोबास गरेको जानकारी आम नेपालीलाई छ ।

यसक्रममा धनको आडमा नेतादेखि न्यायाधीश र कर्मचारी तथा प्रहरीदेखि पत्रकारसम्मलाई आफ्नो कान्छीऔँलामा नचाउँदै आएका नवधनाढ्य मात्र होइन, प्रशासन र राजनीतिको उच्च जिम्मेवारीमा रहेका ब्यक्तिहरू समेत नारायण काजीको निशानामा परेका छन् । यो प्रकरणमा भाटभटेनी सुपर मार्केटका मालिक पक्राउ परेपछि उनको पक्षमा केही राजनीतिजीवी, पत्रकार र ब्यापारीहरूले स्याल हुइँया गरेर बचाउको प्रयास गरे । वास्तवमा पक्राउ परेका ब्यक्ति भाटभटेनी सुपर मार्केटका मालिक भएकोले या उनको दुकानमा धेरैले रोजगारी पाएकोले या उनले ब्यापारका क्रममा अनियमितता गरेकोले दण्डको भागिदार भएका होइनन् । सरकारी स्वामित्वको जमिन ब्यक्तिको नाममा ल्याएर अनुचित कमाइ गर्ने मुख्य योजनाकारका रूपमा अनुसन्धानले पुष्टि गरेपछि उनी पक्राउ परेका हुन् । तर यहाँ अपराधकर्मबाट त्यस्ता ब्यक्तिलाई मूक्ति दिलाउन र नारायणकाजीबाट उचित कार्य नभएको सन्देश प्रवाह गर्न एकथरी मानिस सङ्गठित ढङ्गले लागिपरेको पाइएको छ । टुँडिखेलको दस रोपनी जग्गाको मालिक बन्न पाइयो भने दस हजार नेपालीलाई रोजगारी दिन तयार हुने कति मानिस हाम्रै समाजमा हुन सक्छन् ! हिन्दी सिनेमामा प्रायः देखाइने दृष्य जस्तै समाजसेवा र रोजगारी उपलब्ध गराएको आड लिइ अपराधको जगमा धनको साम्राज्य खडा गर्ने प्रयास हुन्छ भने त्यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नु वान्छनीय हुन्छ ।

भ्रष्टाचार नियन्त्रण र सुशासनको निम्ति आवाज उठाउने दाबी गर्दै आएका ब्यक्तिहरू नै यतिबेला भ्रष्टाचारीको रक्षार्थ नारायणकाजीलाई निरुत्साहित गर्ने निम्न कोटीको प्रयासमा जुटिरहेका छन् । कसै न कसैले सुशासनको निम्ति एउटा साहसी कदम चाल्नैपर्ने थियो, नारायणकाजीले त्यस्तो कदम चाले, यस्तोमा हामी सबैले उनलाई प्रोत्साहित गर्ने कि अवान्छित प्रश्न उठाएर भ्रष्टाचारको संरक्षण गर्ने भन्ने प्रश्न उठ्ने गरी एकथरि मानिस भ्रष्टाचारीको संरक्षण गर्न कस्एिका छन् । कतिपय मानिस प्रचण्डको योजना र इच्छाअनुसार भ्रष्टाचारविरूद्ध कदम चालिएको बताएर नारायणकाजीको भूमिकालाई ओझेल पार्ने या उनलाई जश नदिने खेतिपातिमा लागेको पनि देखिँदैछ ।

हो, प्रचण्ड प्रधानमन्त्री भएकाले सरकारी स्तरबाट भएका राम्रा र खराब कर्मका निम्ति औपचारिक रूपमा प्रचण्ड नै जिम्मेवार रहन्छन् । सरकारमा रहेका जो-कसैले राम्रो काम गरेपनि त्यसमा प्रधानमन्त्री भएकोले प्रचण्डको हक लाग्छ । तर प्रचण्ड पहिलोपटक प्रधानमन्त्री बनेका होइनन्, २०६५ र २०७३ मा पनि उनले प्रधानमन्त्रीको जिम्मेवारी पाएका थिए । तर त्यसबेला भ्रष्टाचारविरूद्ध कुनै कदम चालिएको थिएन, बरू भ्रष्टाचार प्रोत्साहित भएकै ठानिएको हो । अहिले पनि भ्रष्टाचारले पुत्री रूप धारण गरेर बालुवाटारमै बसोबास गरेको जानकारी आम नेपालीलाई छ । त्यसैले यसपटक प्रचण्ड प्रधानमन्त्री बनेपछि भ्रष्टाचारविरूद्ध र सुशासनका पक्षमा जे-जति काम भएका छन् त्यसनिम्ति मुख्य जश (क्रेडिट) नारायणकाजीमै जाने देखिन्छ । वास्तवमा अहिले सरकार, माओवादी र त्यसका मुखिया प्रचण्डको इज्जत जोगाइदिने काम पनि नारायणकाजीले नै गरिदिएका छन्, जुन प्रचण्डले नारायणकाजीलाई प्रतिनिधिसभामा प्रवेश गर्न (चुनिन) यो या त्यो तरिकाले रोक लगाउँदै आएका छन् ।

जतिबेला प्रचण्ड–बाबुरामहरू आफ्नो निजी महत्वाकाङ्क्षा पूरा गर्न जनहत्या अभियानमा जुटेका थिए, त्यतिबेला पनि नारायणकाजी श्रेष्ठले असहमति जनाएकै हुन्, प्रचण्डहरूसँगै हिंसात्मक क्रियाकलापमा सामेल हुन उनले अस्वीकार गरेका हुन् । पछि प्रचण्डहरू हिंसात्मक गतिविधि त्यागेर शान्तिपूर्ण राजनीतिमा आएपछि मात्र नारायणकाजीसँग प्रचण्डहरूको पुनर्मिलन भएको हो । त्यसैले माओवादी पार्टीको दोस्रो ठूलो नेता भएपनि उनी हिंसाको दोषबाट मूक्त छन् । नारायणकाजी साकाहारी हुन् र, उनले आफू आध्यात्मिक भएको खुला घोषणा गरेका छन् । भौतिकवादीहरूको दोहनमा परेर भ्रष्टाचारले थिलथिलो भएको मुलुकलाई उद्धार गर्न अध्यात्म बुझेका या आध्यात्मिक मानिसबाट मात्र सम्भव हुन्छ भन्ने कुराको पुष्टि नारायणकाजीले गरिदिएका छन् । तर भ्रष्टाचारीहरू नै बहुमतमा रहेको हुनाले कतै यो उनको साहस नै दुःस्साहस प्रमाणित हुने हो कि भन्ने आशङ्का भने बढेको छ ।

गृहमन्त्रालय सम्हालेको तीन महिनाभित्र उनले अदम्य साहसका साथ जे-जति गरेका छन् त्यसभन्दा कैयौँ गुणा बढी कार्य उनिबाट हुन बाँकी छ । ‘यो नाटक मात्र हो’, ‘क्याण्टोनमेण्टको भ्रष्टाचारमाथि छानवीन भए मात्र पत्याऔँला’ र ‘माधव नेपाल र बाबुराम भट्टराईहरूलाई पक्राउ नगर्दासम्म पत्याइन्न’ जस्ता टिप्पणी गरेर कर्तालाई हतोत्साहित गर्नुभन्दा जति गरेका छन् त्यसको उच्च मूल्याङ्कन गर्दै बाँकी शुभ कार्यका निम्ति प्रोत्साहित गर्नु सबै नेपालीको धर्म हो ।

नारायणकाजीको कदमबाट सबै प्रमुख पार्टीका ठूला नेताहरू आतङ्कित बनेको आभास तिनको भाव-भङ्गिमा (बडी ल्याङ्ग्वेज)ले देखाएको छ । अब नारायणकाजीलाई गृहमन्त्रालयको जिम्मेवारीबाट पन्छाउनेसम्मको कार्य दलका नेताहरूबाट भयो भने पनि कुनै आश्चर्य हुनेछैन । नारायणकाजीले गृहमन्त्रालयको जिम्मेवारी लिँदासम्म निदाउन नसकिने महसूस देशैभरिका भ्रष्टाचारीहरूले गरिरहेका छन् । सुनिन्छ, उनीहरू नारायणकाजीलाई पदमूक्त गराउन अर्बौं रूपैयाँ खर्च गर्न तयार छन् । त्यसैले यतिबेला सबै नेपालीको साथ नारायणकाजीको निम्ति हुनुपर्ने देखिन्छ । नारायणकाजी पराजित हुनु भनेको भ्रष्टाचार र भ्रष्टाचारीहरूको विजय हुनु हो भन्ने अब स्पष्ट भइसकेको छ । यदि नारायण पनि असफल भए भने सुशासनको नेपाली सपना धेरै टाढा पुग्नेछ ।

भ्रष्टाचारको विरोध र सुशासनको नारासहित अदृष्य शक्तिको आडमा स्टण्ट गर्दै राजनीतिमा देखापरेका केटाहरू पुराना नेताभन्दा भ्रष्ट रहेका अनेक दृष्टान्तले पुष्टि गरिसकेको छ । नारायणकाजी भन्दा ठीक अगाडि गृहमन्त्री बनेका ब्यक्तिले कसरी देशभरीका क्रसर उद्योग बन्द गराएका थिए र, आठ सय उद्योगहरूले आपसमा उठाएर कुल पच्चीस करोडको थैली बुझाइदिएपछि कसरी रातारात क्रसर उद्योगहरू खोलिएको थियो भन्ने विषयमा मात्र अनुसन्धान गरियो भने पनि केटाहरूको अद्भूत खानेशैलीबारे जानकारी पाउन सकिन्छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्ति गर्दा लिएको चार करोड घुसले पनि केटाहरूकै खाने तरिकाको बोध गराएको हो । कम्तिमा नारायणकाजी श्रेष्ठ समकालीन राजनीतिमा अपवाद बनेका छन् ।

सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रणमा असीमित योगदान पुऱ्याउन सक्ने अदम्य साहस र उर्जा उनमा देखिन्छ । यदि हामी साँच्चै भ्रष्टाचार नियन्त्रणको पक्षमा छौँ भने यतिबेला नारायणकाजी श्रेष्ठलाई प्रोत्साहित गर्नुको विकल्प रहेन । गृहमन्त्रालय सम्हालेको तीन महिनाभित्र उनले अदम्य साहसका साथ जे-जति गरेका छन् त्यसभन्दा कैयौँ गुणा बढी कार्य उनिबाट हुन बाँकी छ । ‘यो नाटक मात्र हो’, ‘क्याण्टोनमेण्टको भ्रष्टाचारमाथि छानवीन भए मात्र पत्याऔँला’ र ‘माधव नेपाल र बाबुराम भट्टराईहरूलाई पक्राउ नगर्दासम्म पत्याइन्न’ जस्ता टिप्पणी गरेर कर्तालाई हतोत्साहित गर्नुभन्दा जति गरेका छन् त्यसको उच्च मूल्याङ्कन गर्दै बाँकी शुभ कार्यका निम्ति प्रोत्साहित गर्नु सबै नेपालीको धर्म हो । मानिस जुनसुकै राजनीतिक समूहका होउन्, कसैले राम्रो काम गर्छन् भने त्यस्ता ब्यक्तिलाई प्रोत्साहन गर्न असल नागरिकले कन्जुस्याइँ गर्नु हुन्न । नारायणकाजीको साहसलाई दुःस्साहसमा रूपान्तरित हुन नदिन अब नागरिक समाजको निर्णायक भूमिका हुनसक्छ, एउटा सत्प्रयासमा हामी सबैको सद्भाव र साथ रहोस्, जय मातृभूमि !