अकल्पनीय नियतिको सङ्घारमा नेपाल

अकल्पनीय नियतिको सङ्घारमा नेपाल


भारतभन्दा पनि धेरै पुरानो देश हुन पाएकोमा हरेक नेपाली गौरवानुभूति गर्दछन् । कहिल्यै कसैको उपनिवेश बन्नु/नबन्नु पनि हाम्रा निम्ति गौरवको विषय हो । तर देशको राजनीतिक र प्रशासनिक नेतृत्वमा (अर्थात् नीति निर्माण तहमा) बाह्यशक्तिले जबर्जस्त पकड कायम गरेको हुँदा नेपालको अस्तित्व कहिलेसम्म सूरक्षित होला भन्ने गम्भीर प्रश्न खडा भएको छ ।
✍ देवप्रकाश त्रिपाठी

सृष्टि या उत्पत्तिलाई सहजै स्वीकार गर्ने मानिसहरू अन्त्य या मृत्युलाई अन्तरात्मादेखि स्वीकार गर्न खोज्दैनन् । जुन वस्तु या तत्वको जन्म भएको हुन्छ त्यसको मृत्यु निश्चित छ, त्यसर्थ ब्रह्माण्ड र पृथ्वीको पनि आयु निर्धारित छ, पूरा भएपछि मृत्यु अनिवार्य ब्यहोर्नुपर्छ । जब पृथ्वीकै मृत्यु निश्चित छ भने देशचाहिँ अनन्तकालसम्म जीवित रहने ठान्नु सबैभन्दा ठूलो भ्रम हो । तथापि मृत्यु अवस्यम्भावी छ भन्ने जान्दाजान्दै पनि त्यो कुन तत्व हो जसले यस्तो सत्य स्वीकार गर्न खोज्दैन ? हो, यो प्रश्नको जवाफमै सृष्टिको रहस्य लुकेको छ । जसले देहलाई मात्र अस्तित्व ठान्दछ, तिनको खोजले कुनै दिन सत्य ठम्याएछ भने बेग्लै बहस प्रारम्भ होला, होइन भने मृत्यु अस्वीकार गर्ने तत्व पनि देहसँगै रहेको र त्यो आत्मातत्व भएको बुझ्नुपर्छ । चेतनतत्व अर्थात् आत्मा कहिल्यै मर्दैन, त्यसैले उसले मृत्यु स्वीकार गर्न पनि खोज्दैन । उ मर्दै मर्दैन त मृत्यु किन स्वीकार गर्छ ? तर जगत जो पदार्थका रूपमा अनेकौँ स्वरुपमा देखापर्छ त्यो निरन्तर परिवर्तनशील छ, मृत्यु र जन्म पनि नियमित परिवर्तनकै एउटा अविच्छिन्न अङ्ग हो ।

एउटा अर्को पक्षलाई पनि हामीले गम्भीरतापूर्वक विचार गर्नुपर्ने हुन्छ । त्यो हो- मृत्यु निश्चित छ भन्दैमा त्यसलाई असमयमै वरण गर्नुपर्छ भन्ने होइन । अस्तित्वलाई निरन्तरता दिने इच्छा या चाहना पनि ईश्वरीय गुण नै हो । त्यसैले मानिस केही दिन भएपनि आफ्नो स्वरुपमै बाच्न र, आफ्नोपनलाई निरन्तरता दिन चाहन्छ, यस्तो चाहना पनि प्राकृतिक अर्थात् स्वभाविक हुन्छ । मानिसले पाएको नाम वास्तवमा केही पनि होइन, एकअर्कोलाई चिन्ने एउटा ब्यवहारिक कडीको रूपमा मात्र नामलाई लिन सकिन्छ, तर हामी आफ्नो देहगत अस्तित्व नास हुँदा पनि नामको अस्तित्व अमर रहोस् भन्ने इच्छा राख्छौँ । नाम एउटा अनुभूति हो जसले हामीलाई अस्तित्व बोध गराउँछ, त्यस्तै दार्शनिक दृष्टिमा देश पनि एउटा अनुभूति मात्र हो र, देशले पनि हाम्रो विशिष्ट पहिचान र स्वाभिमान उजागर गर्दछ । त्यसैले देशलाई मानिस आफ्नो अस्तित्वबराबर या अझै बढी महत्व दिन्छन् । आधुनिक मात्र होइन प्राचीन कालमा पनि मानिसले आफूलाई भन्दा देशलाई ज्यादा महत्व दिएको तथ्यहरू पढ्न पाइन्छ । मर्यादापुरुष रामले रावणमाथि विजय हाशील गरिसकेपछि एक सन्दर्भमा जन्मभूमि स्वर्ग भन्दा पनि राम्रो र महत्वपूर्ण हुने सन्देश दिनुले देशको महत्व प्राचीन समयदेखि नै कायम रहेको स्पष्ट हुन्छ ।

जतिबेला (विक्रम सम्वत् १८२५) नेपालको एकीकरण भएको थियो त्यसताक र त्यसअघिदेखि नै युरोपमा जाति, भाषा, धर्म र संस्कृतिको नाममा दीर्घकालदेखि नै युद्ध चल्दै थियो । कालान्तरमा उनिहरूले एउटा भाषिक, धार्मिक, सांस्कृतिक या त्यस्तै अन्य आधारलाई राष्ट्र मानेर देशहरूलाई स्थायित्व दिने कार्य गरेका हुन् । उनिहरू जात, भाषा, धर्म-संस्कृति आदिको नाममा लडाइँ लडिरहेका बेला नेपालमा पृथ्वीनारायण शाहले यस भूक्षेत्रका सबै किसिमका जाति, भाषा, सांस्कृतिक र धार्मिक समुदाय मिलेर एउटा देश अर्थात् एउटा बेग्लै राष्ट्र खडा गर्ने अभियान चलाएका थिए ।

धरामा नेपाल हजारौँ वर्षअघि नै अस्तित्वमा आएको शास्त्रसम्मत तथ्यहरूले पुष्टि गरेको छ । ने नामका मुनिले पालन (संरक्षण) गरेका हुनाले हिमालय पर्वत शृङ्खलादेखि गङ्गाको मैदानीसीमासम्मको भूभागलाई नेपालका रूपमा चिनिँदा आजको सिङ्गो भारत देशको रूपमा स्थापित भएको थिएन । अफगानिस्तानदेखि अरुणाचल र हिमालयको दक्षिण समुन्द्रसम्म करिव ६ सय साना-ठूला देशहरू अस्तित्वमा थिए र, यीमध्ये नेपाल सबैभन्दा पुरानो देश थियो । इतिहासको विभिन्न कालखण्डमा खुम्चिने र फैलिने नियतिबाट गुज्रनु परेको भएपनि नेपालको अस्तित्वले भने निरन्तरता पाउँदै आएको छ । जतिबेला (विक्रम सम्वत् १८२५) नेपालको एकीकरण भएको थियो त्यसताक र त्यसअघिदेखि नै युरोपमा जाति, भाषा, धर्म र संस्कृतिको नाममा दीर्घकालदेखि नै युद्ध चल्दै थियो । कालान्तरमा उनिहरूले एउटा भाषिक, धार्मिक, सांस्कृतिक या त्यस्तै अन्य आधारलाई राष्ट्र मानेर देशहरूलाई स्थायित्व दिने कार्य गरेका हुन् । उनिहरू जात, भाषा, धर्म-संस्कृति आदिको नाममा लडाइँ लडिरहेका बेला नेपालमा पृथ्वीनारायण शाहले यस भूक्षेत्रका सबै किसिमका जाति, भाषा, सांस्कृतिक र धार्मिक समुदाय मिलेर एउटा देश अर्थात् एउटा बेग्लै राष्ट्र खडा गर्ने अभियान चलाएका थिए ।

पृथ्वीमा कहिल्यै घाम नअस्ताउने साम्राज्य खडा गर्ने देश जसले भारतीय भूमिमा परापूर्व कालदेखि कायम देशहरू मेट्दै राज्य बिस्तार गरिरहेको थियो, त्यस्तो जटिल समयमा ब्रिटीष साम्राज्यको नाकैमुनि एउटा सशक्त र स्वतन्त्र राष्ट्र खडा गर्नसक्नु सामान्य कर्म थिएन । अनेक सांस्कृतिक, जातीय, भाषिक या धार्मिक समुदाय मिलेर पनि एउटा राज्य अर्थात् देश खडा गर्न सकिन्छ भन्ने सन्देश पृथ्वीनारायण शाहको नेतृत्वमा नेपालीले संसारलाई दिएको हो । विविधतामा एकता नेपाली राष्ट्रियताको मूल विशेषता हो भने पश्चिमाहरूको राष्ट्रियता यसको ठीक विपरीत मान्यतामा आधारित छ । पश्चिमाहरूबाट दीक्षित, शिक्षित या प्रशिक्षित मानिसहरू एउटा सांस्कृतिक समुदायलाई एक राष्ट्र ठान्दछन्, आफ्नो गौरवमय इतिहासले स्थापित गरेको गरिमामय र ओजनदार मान्यताबारे बेखबर मानिस पश्चिमी चस्माबाट हेर्छन् र नेपालभित्र अनेक राष्ट्र भएको आयातीत सन्देश प्रवाह गर्न खोज्छन् ।

नेपाल स्थापना भएको करिव डेढ सय वर्षपछि मात्र आजको भारतले एउटा निश्चित आकार लिएको हो । त्यसर्थमा आधुनिक विश्वका देशहरूमध्ये नेपाल पुराना देशहरूको कोटीमा पर्दछ र, भारतभन्दा पनि धेरै पुरानो देश हुन पाएकोमा हरेक नेपाली गौरवानुभूति गर्दछन् । कहिल्यै कसैको उपनिवेश बन्नु/नबन्नु पनि हाम्रा निम्ति गौरवको विषय हो । तर देशको राजनीतिक र प्रशासनिक नेतृत्वमा (अर्थात् नीति निर्माण तहमा) बाह्यशक्तिले जबर्जस्त पकड कायम गरेको हुँदा नेपालको अस्तित्व कहिलेसम्म सूरक्षित होला भन्ने गम्भीर प्रश्न खडा भएको छ । नेपालीभूमिको रणनीतिक उपयोगलाई हेरेर बाह्यशक्तिले यहाँको राजनीति, प्रशासन, न्याय, सञ्चार र सूरक्षा क्षेत्रमा आफ्नो पकड बलियो बनाउँदै लगेको छ ! उनिहरू राजनीतिक रूपमा अस्थीर तथा भौतिक रूपले विपन्न नेपाल चाहन्छन् भन्ने तिनले यहाँ लागू गरेका एजेण्डा र ब्यवहारले सिद्ध गरिरहेको छ । नेपालको अस्थिरता र गरिवीमा नै बाह्यशक्ति (अर्थात अदृष्य शक्ति) ले आफ्नो भविष्य देख्ने गरेको छ भन्न अब अर्को कुनै आइतबार पर्खनुपर्ने छैन ।

यतिबेला पश्चिमाहरू पुराना कुनै पनि दल र नेताहरूबाट आफ्नो गन्तव्य हाशील हुन नसक्ने निष्कर्षमा पुगेको बुझिन्छ । त्यसैले उनिहरूले काङ्ग्रेस र एमालेभित्र शेरबहादुर देउवा र केपी ओलीको उत्तराधिकारीका रूपमा आफ्नै अनुचरहरूको घेरा तयार गरेका छन् भने पुराना पार्टी नै काम लाग्दैन भन्नेहरूका निम्ति नयाँ दललाई मलजल गरिरहेछन् । नेपालभित्र को पश्चिमानिकट छन् र को छैनन् भन्ने बुझ्न तिनको एजेण्डा र प्रस्तुति हेरे पुग्छ ।

२०६३ को परिवर्तन नेपाली राष्ट्रियताविरूद्ध लक्षित थियो, हामीले आफ्नै विरूद्धको एजेण्डा क्रान्तिकारी आवरणमा भित्र्याएका हौँ । बलियो राजनीतिक एवम् प्रशासनिक नेतृत्व, स्थिर राजनीति, राष्ट्रिय एकता र परस्पर सद्भावले मात्र समृद्धि ल्याउन सक्थ्यो । हामीले अस्थिरता र गरिबीलाई स्थायित्व दिने अवधारणाअनुरुप राज्य सञ्चालन गरेर विश्वकै मुर्खहरूको देश भन्ने विशेषण पनि प्राप्त गरिसकेका छौँ । हाम्रो संविधानले नै हाम्रो अस्थिरता र विपन्नतालाई स्थायित्व दिने तत्वगुण बोकेको छ । हिजो उत्पन्न अस्थिरता यस्तै संविधानलाई अस्तित्वमा ल्याउनका लागि थियो । अबको अस्थिरता र गरिबीचाहिँ यो भूमिको रणनीतिक उपयोगका निम्ति हो र, संसद्मा उपस्थित नयाँ/पुराना सबै राजनीतिक दलहरू बाह्यशक्तिको इच्छा, इसारा र योजनाअनुरुप क्रियाशील छन् भनियो भने गलत हुनेछैन र, त्यसो भन्दा पाप लाग्ने स्थिति पनि अब रहेन ।

हाम्रा निम्ति हाम्रो देशको महत्व जुनसुकै कारणले भएपनि बाह्यशक्तिका निम्ति यो भूमिको महत्व बेग्लै कारणले छ । नेपालको जलश्रोत, मनोरम प्रकृति र यसको गर्भमा रहेका बहुमूल्य खनिज पदार्थका कारणले मात्र यसले तिनका दृष्टिमा महत्व पाएको होइन, आ-आफ्ना सूरक्षा र स्वार्थका कारणले पनि नेपालको महत्व अधिक भएको बुझिन्छ । छिमेकीराष्ट्र चीन नेपालतर्फबाट पूर्ण सूरक्षाको निश्चितता चाहन्छ भने अर्को छिमेकी मुलुक भारत पनि आफ्नो सूरक्षाका साथै प्राकृतिक श्रोत तथा ब्यापारिक स्वार्थका कारण नेपालको विशेष महत्व देख्दछ । पश्चिमाहरूको स्वार्थ अलिक भिन्न प्रकृतिको देखिन्छ । उनिहरू लामो समयदेखि संसारमा चलिरहेको आफ्नो (गोरा) राजको निरन्तरता चाहन्छन् र, गोराराजको निरन्तरतामा चीन र भारतलाई चुनौती ठान्छन् । भारतको साथ लिएर चीन ध्वस्त तुल्याउने र चीन ध्वस्त बनाइसकेपछि भारतलाई पनि विखण्डन गरिदिने योजनामा उनिहरू रहेको बुझिन्छ ! भारत र चीन जस्ता हजारौँ वर्ष पुरानो सभ्यता र संस्कृति तथा अधिक जनसङ्ख्या एवम् बृहद भूक्षेत्र भएका दुई मुलुकको बीचमा नभएको भए पश्चिमाहरूले नेपाललाई महत्व दिने थिएनन् र, कुनै पनि पश्चिमा मुलुकले नेपालमा आफ्नो राजदूतावास समेत शायदै राख्ने थिए । नेपालमा राजदूतावासको आकारका आधारमा पनि कुन देशको कति चासो छ भन्ने बुझ्न सकिन्छ । यो भनिरहनु नपर्ला कि नेपालमा भारत, अमेरिका, बेलायत, चीन र रसियाका राजदूतावासहरू अधिक क्षेत्रफलमा फैलिएका छन् । नेपाली राजनीति पनि यी मुलुकहरूको इच्छा, योजना र स्वार्थहरूको चङ्गुलमा परेको छ । त्यसैले यहाँ कुनै एउटा दलले बहुमत या दुई तिहाई बहुमत नै हाशील गरे पनि त्यो दल पूर्ण कार्यकालसम्म सत्तामा रहन असमर्थ रहने गरेको छ ।

२०६३ पछि नेपालभित्रको मात्र इच्छाअनुसार दुईपटक सरकार गठन भएको थियो, २०६७ सालमा झलनाथ खनालको र २०७९ साल पौषमा प्रचण्डको नेतृत्वमा ! तर यी दुवै सरकारहरू लामो समय चल्न सकेनन् । झलनाथको सरकार मुस्किलले ६ महिना चलेको थियो भने प्रचण्ड-केपी गठबन्धनको सरकार एक महिना पनि चलेन । यी दुवै सरकारहरू अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूको भावनाविपरीत भएकोले असमयमै विस्थापित हुनु परेको हो । यतिबेला पश्चिमाहरू पुराना कुनै पनि दल र नेताहरूबाट आफ्नो गन्तव्य हाशील हुन नसक्ने निष्कर्षमा पुगेको बुझिन्छ । त्यसैले उनिहरूले काङ्ग्रेस र एमालेभित्र शेरबहादुर देउवा र केपी ओलीको उत्तराधिकारीका रूपमा आफ्नै अनुचरहरूको घेरा तयार गरेका छन् भने पुराना पार्टी नै काम लाग्दैन भन्नेहरूका निम्ति नयाँ दललाई मलजल गरिरहेछन् ।

यो बताइरहनु नपर्ला कि पश्चिमाशक्ति नेपालमा आफ्नो ‘मजबूत’ उपस्थिति चाहन्छन् । त्यसनिम्ति यही संसद्भित्रबाट अनुकुल सत्ता र सरकार जन्माउन नसकिएमा उनिहरूले अदालत र सेनाको सहयोगमा भिन्न स्थिति पैदा गराउनेतिर लाग्लान् या २०८४ को निर्वाचन परिणाम आफ्नो अनुकुल तुल्याउन धैर्यपूर्वक लागिपर्लान् ? सेना र अदालतको सहयोगमा नागरिक सरकार बनाइदिने र काम पट्याउने बाटोमा पश्चिमाहरू लाग्नसक्ने सम्भावनालाई इन्कार गर्न सकिँदैन । यस्तो परिस्थितिको प्रतीक्षामा कल्याण श्रेष्ठजस्ता पात्रहरू मात्र मुख मिठ्याएर बसिरहेका छैनन्, संसद्भित्रकै केही झिल्केहरू पनि त्यस्तै सपना देखेर बसिरहेको बुझिन्छ ।

नेपालभित्र को पश्चिमानिकट छन् र को छैनन् भन्ने बुझ्न तिनको एजेण्डा र प्रस्तुति हेरे पुग्छ । पश्चिमानिकट नेता र दल संविधानको रक्षा, जातिवादमा आधारित समानुपातिक तथा आरक्षण प्रणाली, धर्मनिरपेक्षता, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक ब्यवस्थाका साथ सुशासन एवम् भ्रष्टाचारविरूद्धका गतिविधिमा केन्द्रीत रहेका हुन्छन् । विगतमा सङ्घीयतालाई समेत अपरिहार्य ठान्ने उनिहरूले भविष्यसम्म वर्तमान स्वरूपकै सङ्घीयतालाई बोकेर हिँड्ने सम्भावना क्षीण हुँदै गएको छ । यो एउटा एजेण्डामा चाहिँ पश्चिमाहरूले पुनर्विचार गर्न सम्भव छ । तर भारतले नेपालको संविधानलाई अहिलेसम्म औपचारिक रूपले स्वागत र समर्थन गरेको छैन । मधेशकेन्द्रीत दलहरू सबै भारतनिकट छन् भन्न सकिन्न, त्यहाँ पनि भारतभन्दा अन्य शक्ति नै बलवान् रहेका सङ्केतहरू देखिँदैछन् । राष्ट्रिय राजनीतिक दलहरूमा भारतको प्रभाव क्षीण भइसकेको छ । तथापि वर्तमान सत्ता-गठबन्धनचाहिँ पश्चिमाहरू भन्दा भारत अनुकुल रहेको मानिन्छ । यो भन्दा सुन्दर विकल्प नभेटिएकोले पनि भारत विद्यमान सत्ता गठबन्धनमा चित्त बुझाउन बाध्य भएको हुनसक्छ । पश्चिमाहरू शेरबहादुर, प्रचण्ड या केपीलाई अबको राजनीतिको शीर्ष भूमिकामा हेर्न चाहँदैनन् । काङ्ग्रेस र एमालेभित्रका या बाहिर खडा गरिएका ‘झिल्के मिल्के’हरू नै पश्चिमाको रोजाइमा परेका छन् । त्यसैले केपीको साथ लिएर कुनै केटोको नेतृत्वमा नयाँ सरकार गठन गराउने गृहकार्यमा पश्चिमाहरू सक्रिय भइसकेका छन् ।

अबको भारतीय चाहना काङ्ग्रेस, एमाले र माओवादीलाई एक ठाउँमा ल्याएर संविधान संशोधन गराइ नेपाललाई विधिवत हिन्दूराष्ट्रको रूपमा पुनस्र्थापित गराउने छ भने त्यो अस्वाभाविक र असत्य नहुन सक्छ । कदाचित माओवादी यस कुरामा असहमत भएछ भने काङ्ग्रेस र एमालेलगायत केही साना समूहहरूलाई जोडेर दुई तिहाई बहुमत पुऱ्याउने र संविधान संशोधन गराएर अघि बढ्ने बाटोमा भारत गयो भने पनि आश्चर्य हुनेछैन । प्रचण्डपछि सामान्य अवस्थामा शेरबहादुर देउवालाई नै भारतले अनुकुल ठान्ने परिस्थिति अहिले निर्माण भएको छ । तर यो सरकारलाई विस्थापित गरेर आफूअनुकुलको राजनीति र सरकार निर्माण गर्न सकेनन् भने पश्चिमाहरू कस्तो विकल्पमा जालान् भन्ने आजको गम्भीर प्रश्न हो ।

यो बताइरहनु नपर्ला कि पश्चिमाशक्ति नेपालमा आफ्नो ‘मजबूत’ उपस्थिति चाहन्छन् । त्यसनिम्ति यही संसदभित्रबाट अनुकुल सत्ता र सरकार जन्माउन नसकिएमा उनिहरूले अदालत र सेनाको सहयोगमा भिन्न स्थिति पैदा गराउनेतिर लाग्लान् या २०८४ को निर्वाचन परिणाम आफ्नो अनुकुल तुल्याउन धैर्यपूर्वक लागिपर्लान् ? सेना र अदालतको सहयोगमा नागरिक सरकार बनाइदिने र काम पट्याउने बाटोमा पश्चिमाहरू लाग्नसक्ने सम्भावनालाई इन्कार गर्न सकिँदैन । यस्तो परिस्थितिको प्रतीक्षामा कल्याण श्रेष्ठजस्ता पात्रहरू मात्र मुख मिठ्याएर बसिरहेका छैनन्, संसद्भित्रकै केही झिल्केहरू पनि त्यस्तै सपना देखेर बसिरहेको बुझिन्छ ।

उल्लिखित जुनसुकै विकल्पमा गए पनि अब नेपाल शान्त र स्थिर रहन झन् कठिन हुँदै गएको छ । नेपालका सबै दल र राजनीतिक शक्तिहरू देशलाई केन्द्रमा राखेर एकताबद्ध हुन सके भने देश जोगिएला, होइन भने थप कष्टकर समय नजिकिँदै गएको छ र, पुरानाले भन्दा अहिले देखापरेका नयाँ अनुहार (जिलेन्स्की)हरूबाट मुलुकलाई दीर्घकालीन सङ्कटमा धकेल्ने सम्भावना अधिक देखिन्छ । जय मातृभूमि !