नकारात्मकता र झुठमा रमाउनेहरूको देश

नकारात्मकता र झुठमा रमाउनेहरूको देश


नेपालीले छापामार तथा गुरिल्ला शैलीको युद्ध लडेर इतिहासमा देश बनाउने र बचाउने सफलता पाएको हो, तर अहिले नेपाली सेनालाई गुरिल्ला युद्धको तालिम दिइँदैन । गुरिल्ला तालिम नदिइनुको रहस्य बुझियो भने नेपाली सेनामा कसको, कस्तो र कसरी अङ्कुश लागेको छ भन्ने तथ्य बोध हुन आउँछ ।
✍ देवप्रकाश त्रिपाठी

महान् नेपाली दार्शनिक रूपचन्द्र बिष्टले असमयमै आफ्नो जीवन विसर्जन गर्ने निर्णय लिनुको एक मात्र कारण यहाँका ‘समकालीन जनता’ थिए भन्नुपरेकोमा दुःख लाग्छ । पञ्चायतकालमा जनजागरण अभियानका अद्वितीय नायक रुपचन्द्र २०४६ सालमा प्रजातन्त्र स्थापना भएसँगै ओझेल परेका थिए । उनले आफू दलका नेताहरूबाट अपहेलित र जनताबाट तिरष्कृत महसूस गरिरहेका बेला अन्तर्वार्ताका लागि पटक-पटक गरिएको अनुरोधलाई अनेक बहाना बनाएर बिष्टले अस्वीकार गर्दै आएका थिए । करिव पाँच वर्षको प्रयासपश्चात् २०५२ सालको बैशाखमा उनी अन्तर्वार्ताका लागि तयार भएका थिए, जुन घटना र विचार साप्ताहिकको पहिलो अङ्कमा प्रकाशित भएको थियो ।

त्यसबेला बिष्टको भनाइ थियो- ‘हरेक मानिस जन्मनुको कारण हुन्छ, म जन्मिएको जनता जगाउनका निम्ति हो । मैले आफू जान्ने-बुझ्ने भएदेखि यता गरेको काम भनेकै जनता जगाउने हो, तर जनता जागेनन् । यहाँका मानिसलाई झुठ मनपर्ने रहेछ, नकारात्मक र झुठ बढी मनपराउने भएकोले कसैले एउटा झुठ छिसिक्क भनिदिएपछि धुमधाम फैलिएर जाँदोरहेछ ! सत्य जतिपटक भनेपनि मननपराउने, तर झुठचाहिँ एकपटक कहिँ-कसैले भनिदियो भने खुब फैलिएर जाने र सबैलाई मनपर्ने हुँदोरहेछ । म थाकेँ अब, यिनलाई जगाउन सकिएन, मेरो काम सकियो ! जनता जगाउन जन्मिएको मैले आफ्नो कर्म गर्नु नपर्ने भएपछि मेरो जीवनको औचित्य सकियो, अब मैले जीवन विसर्जन गर्ने निर्णय लिएको छु । झुण्डिएर मर्दा लासको पोष्टमार्टम गर्नुपर्ने हुन्छ, तिमीहरूलाई गाह्रो होला, नदीमा डुबेर मर्दा पनि लास खोज्ने र पोष्टमार्टम गर्ने झमेला आइलाग्छ । त्यसैले मैले अर्कै तरिकाबाट आत्महत्या गर्दैछु, भोक लागेका बेला यो शरीरलाई खाना नदिने, निन्द्रा लागेको बेला सुत्न नदिने र, बिरामी हुँदा औषधिको सट्टा मदिरा दिएर बिस्तारै मार्दैछु मैले मलाई ! अस्पताल गइने छैन, अस्पताल पुऱ्याउने गल्ती कसैले नगर्नु ।’

युक्रेनमा रसियाको विरोधलाई मात्र राष्ट्रवाद मान्नेहरूले आज जस्तो सङ्कट निम्त्याएका छन् त्यस्तै सङ्कटलाई आमन्त्रण गर्ने सोच र चरित्र भएकाहरूलाई राष्ट्रवादी मान्नु गम्भीर भूल हुनेछ । वर्तमान संस्थापन (माओवादी, काङ्ग्रेस, नेकपा एमाले, जसपा, लोसपा, राप्रपा आदि लगायत) बाट लिनुपर्ने र हुनसक्ने काम लिइसकेपछि अब वर्तमान संविधान र ब्यवस्थाको रक्षा गर्दै अगाडिको लक्ष्य पूरा गरिदिने शक्ति निर्माणको अभ्यास अदृष्य शक्तिहरूबाट भइरहेको छ । त्यसनिम्ति राष्ट्रवादी देखिने सजिलो सूत्र (छिमेकी राष्ट्रहरू विरूद्ध बोलेर) प्रयोग गर्न थालिएको छ ।

रुपचन्द्र बिष्टले यसरी जीवनबाट बिदा लिने निष्कर्ष सुनाइरहँदा मैले नेपालका आम मानिसप्रति उनमा रहेको वितृष्णाको स्तर मापन गरिरहेको थिएँ । सत्य भन्दा झुठ, गहिरोभन्दा सतही र सकारात्मक भन्दा नकारात्मक कुरा मनपराउने नेपालीको ब्यहोराबाट रुपचन्द्र हैरान थिए । चौध सय वर्षअगाडि नेपाल आएका चिनियाँ यात्री ह्वेन साङले हाम्रा बारेमा गरेको टिप्पणीले हामी परापूर्व कालदेखि नै सही मार्गमा नभएको दर्शाउँछ । फ्रान्सेली लेखक सिल्भा लेवीले नेपालसम्बन्धी आफ्नो पुस्तकमा ह्वेन साङलाई उद्धृत गर्दै यहाँका बासिन्दा विश्वासघाती र धुर्त भएको स्पष्ट गरेका छन् । त्यसपछि यहाँका बासिन्दाप्रति सबैभन्दा तीखो टिप्पणी गर्ने ब्यक्ति रुपचन्द्र बिष्ट हुन् जसले आममानिस स्वार्थी, सतही, नकारात्मक र धोखेबाज भएको निष्कर्ष निकालेका थिए ।

मानिस प्राकृतिक रूपमा स्वार्थी र आत्मकेन्द्रीत प्राणी हो, मानिसबाट विवेक झिकिदियो भने भेडा, स्याल र हाइना लगायतका जनावर भन्दा धेरै भिन्नता मानिसमा भेटिँदैन । र, भौतिकवादले मानिसलाई देश र पृथ्वी भन्दा बढी आफैलाई महत्व दिने संस्कार दिएको छ, आफ्नो क्षणिक स्वार्थका निम्ति पृथ्वी भत्काउन र देशलाई तोडफोड गर्न सहजै तयार हुने स्थितिमा नेपालीलाई पुऱ्याएको छ ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा केवल बन्दुक र खुकुरीको सहारा लिएका होइनन्, उनको कुटनीतिक चातुर्य नै सबैभन्दा ठूलो हतियार थियो भन्ने ऐतिहासिक तथ्यहरूले देखाएको छ । ब्रिटीष इण्डियालाई उनले आफ्ना दूतहरू मार्फत र पत्राचारद्वारा एउटा निश्चित रेखाभन्दा तलतिर गोर्खाली सेना नआउने विश्वास शब्दमा प्रकट नगरीकन पृथ्वीले दिलाएका थिए । सिन्धुलीको एउटा लडाइँमा पराजय भोग्नुपरेकोले मात्र ब्रिटीष इण्डिया चुपचाप बसेको होइन/थिएन । पृथ्वीनारायण शाहले आफूमा रहेको सम्पूर्ण कुटनीतिक क्षमताको प्रयोग गरेर आजको नेपाल निर्माणको जग राखेका थिए । भीमसेन थापा खराब थिए या उनी देशभक्त-राष्ट्रवादी थिएनन् भन्ने होइन, तर उनले कुटनीतिक क्षमता प्रदर्शन गर्ने भन्दा पनि आवेगी व्यवहार दर्शाए । उनको गैरकुटनीतिक ब्यवहारको परिणामस्वरूप हामीले एक लाख पाँच हजार वर्ग किलोमिटर आफ्नो स्वामित्वको जमिन गुमायौँ ।

जङ्गबहादुर राणाले नेपालको सीमा निर्धारण गरे, नापी गराइ नक्सा बनाए र, गुमेकोमध्ये केही भूभाग फिर्ता ल्याए । भएका देशहरू मेट्दै उपनिवेश बनाउँदै आएका अङ्ग्रेजको बिस्तारवादी अभियानका बीच एउटा देश खडा गर्नु सामान्य कर्म थिएन, जुन पृथ्वीनारायण शाहबाट भएको थियो । भारतीय भूमिमा रहेका राज्यहरू मेटिँदै गएका बेला जङ्गबहादुरले जसरी देशको सार्वभौमिकता जोगाए, त्यो पनि सदा स्मरणीय कार्य हो । यी दुवैै विभूतिहरूले परिपक्व कुटनीतिक व्यवहारमार्फत देश बनाउने र रक्षा गर्ने सफलता प्राप्त गरेका हुन् ।

नेटोको सदस्य बन्ने र नबन्नेबीचको प्रतिष्पर्धामा पश्चिमासमर्थक र रसियासमर्थकहरूको लुकामारी चल्दाचल्दै पुराना राजनीतिक दल तथा तिनको नेतृत्वबाट आफ्नो अभीष्ट पूरा हुन नसक्ने निष्कर्षमा पश्चिमाहरू पुगेपछि त्यहाँ ‘पुराना नेता र दलबाट देश चल्नै नसक्ने’ नाराको व्यापार शुरु भयो । झिल्केगिरीमा रमाइरहेकाहरूलाई रातारात नेताका रूपमा प्रस्तुत गर्ने कार्य रहस्यमयी ढङ्गबाट सम्पन्न गरिएको थियो । यहाँ नेपालमा पनि ठीक त्यस्तै मोडालिटीमा काम भइरहेको छ । जुत्ता कारखानाबाट आवश्यकता अनुसार विभिन्न रङ्ग र आकारका जुत्ता उत्पादन गरिए झैँ यहाँ वैकल्पिक शक्ति निर्माणका निम्ति नक्कली राष्ट्रवादीहरू उत्पादन गरिँदैछन् ।

मुलुकको सार्वभौमिकता जोगाउन र संरक्षण गर्न राजा महेन्द्रले पुऱ्याएको योगदानलाई पनि कहिल्यै भुल्न सकिँदैन । उत्तरी सीमामा दुई दशकदेखि रहेका विदेशी सेनालाई कुशलतापूर्वक फिर्ता गराउन सक्नुले राजा महेन्द्रको कुटनीतिक क्षमता उजागर गर्दछ । मन्त्रिमण्डलको बैठकमै प्रवेश पाउँदै आएको विदेशी प्रतिनिधिलाई आइन्दा प्रवेश गर्न नपाउने अवस्था बनाइनुमा पनि राजा महेन्द्रकै देन छ । नेपालले लडेर भन्दा बढी लाभ कुटनीतिक कौशल प्रयोग गरेर लिएको तथ्य इतिहासबाट सिद्ध हुन्छ । यसको अर्थ देशको अस्तित्व नै मेट्ने प्रयास हुँदा पनि चुपचाप प्रार्थना गरेर बस्नुपर्छ भन्ने होइन, आइपरेमा हरेक नेपालीले आत्मरक्षाका निम्ति हतियार उठाउनुपर्ने हुन्छ । नेपालीले छापामार तथा गुरिल्ला शैलीको युद्ध लडेर इतिहासमा देश बनाउने र बचाउने सफलता पाएको हो, तर अहिले नेपाली सेनालाई गुरिल्ला युद्धको तालिम दिइँदैन । गुरिल्ला तालिम नदिइनुको रहस्य बुझियो भने नेपाली सेनामा कसको, कस्तो र कसरी अङ्कुश लागेको छ भन्ने तथ्य बोध हुन आउँछ । जतिबेला नेपालमा प्रायोजित हिंसात्मक युद्ध चलाइँदै थियो, त्यतिबेला नेपाली सेना गोलिगट्ठा र आवश्यक सैन्य सामाग्रीको अभावमा तड्पिँदै थियो ! माओवादीलाई सैन्यबल प्रयोग गरेर पूरै परास्त गर्न नसकियोस् भन्ने कपटी चालका नाइकेहरू को थिए भन्ने यहाँ बताउन नमिले पनि सबैको जानकारीमा आइसकेको छ ।

युक्रेनलगायत पूर्वी युरोपेली मुलुकहरूमा रसियाप्रति जस्तो दृष्टिकोण राखिन्छ, दक्षिण एसियायी मुलुकहरूमा भारतप्रतिको दृष्टिकोण पनि त्यस्तै हो, प्रेम र सम्मान भन्दा बढी सन्त्रास र शङ्का ! पश्चिमाहरूका निम्ति युक्रेन र नेपालको रणनीतिक महत्व एकै प्रकारको देखिन्छ । शक्तिशाली राष्ट्र रसियासँग सीमा नजोडिएको भए युक्रेनको महत्व सायद पोर्चुगलको भन्दा पनि न्यून हुनसक्थ्यो ! नेपालमा भारतको विरोधलाई राष्ट्रवादको आधार मानिएजस्तै युक्रेनमा रसियाको विरोधलाई राष्ट्रवाद मानिन्छ । उक्त मुलुकको राजनीति पनि रसियासमर्थक र पश्चिमासमर्थकरूबीचको अन्तरविरोध र प्रतिष्पर्धामा आधारित रहिआएको छ । नेटोको सदस्य बन्ने र नबन्नेबीचको प्रतिष्पर्धामा पश्चिमासमर्थक र रसियासमर्थकहरूको लुकामारी चल्दाचल्दै पुराना राजनीतिक दल तथा तिनको नेतृत्वबाट आफ्नो अभीष्ट पूरा हुन नसक्ने निष्कर्षमा पश्चिमाहरू पुगेपछि त्यहाँ ‘पुराना नेता र दलबाट देश चल्नै नसक्ने’ नाराको व्यापार शुरु भयो । झिल्केगिरीमा रमाइरहेकाहरूलाई रातारात नेताका रूपमा प्रस्तुत गर्ने कार्य रहस्यमयी ढङ्गबाट सम्पन्न गरिएको थियो । यहाँ नेपालमा पनि ठीक त्यस्तै मोडालिटीमा काम भइरहेको छ । जुत्ता कारखानाबाट आवश्यकता अनुसार विभिन्न रङ्ग र आकारका जुत्ता उत्पादन गरिए झैँ यहाँ वैकल्पिक शक्ति निर्माणका निम्ति नक्कली राष्ट्रवादीहरू उत्पादन गरिँदैछन् ।

देशमा आमूल परिवर्तनको निम्ति वैकल्पिक शक्ति निर्माणको अपरिहार्यता बढ्दै गएको छ र, त्यस्तो विकल्प देशभक्त–राष्ट्रवादी शक्ति नै हो । तर, राष्ट्रवादी शक्ति ती हुन् जो धर्मनिरपेक्षता खारेज गरि सनातन हिन्दुराष्ट्र स्थापनाका निम्ति प्रतिबद्ध छन्, जो प्रदेश संरचनाको विस्थापन अखण्डित सार्वभौमिकता चाहन्छन्, जो जातमा आधारित समानुपातिक र आरक्षण ब्यवस्था खारेज गरि वर्गमा आधारित प्राथमिकता ब्यवस्थाको पक्षमा छन्, जो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने ब्यवस्थाप्रति असहमति राख्छन्, जो पूर्ण समानुपातिक प्रणालीलाई निषेध गर्ने अवधारणा राख्छन्, जो सबै राजनीतिकर्मी र प्रशासकहरूको सम्पत्ती छानवीन गरि अति आर्जित सम्पति राष्ट्रियकरणको पक्षमा छन् र जो शिक्षा एवम् स्वास्थ्यलाई व्यापार बनाउने अवधारणाको विपक्षमा रहेका छन् तिनलाई मात्र देशभक्त राष्ट्रवादी शक्ति मान्न सकिन्छ । युक्रेनमा रसियाको विरोधलाई मात्र राष्ट्रवाद मान्नेहरूले आज जस्तो सङ्कट निम्त्याएका छन् त्यस्तै सङ्कटलाई आमन्त्रण गर्ने सोच र चरित्र भएकाहरूलाई राष्ट्रवादी मान्नु गम्भीर भूल हुनेछ । वर्तमान संस्थापन (माओवादी, काङ्ग्रेस, नेकपा एमाले, जसपा, लोसपा, राप्रपा आदि लगायत) बाट लिनुपर्ने र हुनसक्ने काम लिइसकेपछि अब वर्तमान संविधान र ब्यवस्थाको रक्षा गर्दै अगाडिको लक्ष्य पूरा गरिदिने शक्ति निर्माणको अभ्यास अदृष्य शक्तिहरूबाट भइरहेको छ । त्यसनिम्ति राष्ट्रवादी देखिने सजिलो सूत्र (छिमेकी राष्ट्रहरू विरूद्ध बोलेर) प्रयोग गर्न थालिएको छ । राष्ट्रिय सार्वभौमिकता र सीमा-सङ्कट पैदा गरिएको अवस्थामा समाधानको पहिलो प्रयास कुटनीतिक तवरबाट नै खोजिनुपर्छ र, त्यसरी नभए हरेक नेपाली देशका निम्ति लड्न तयार पनि हुनुपर्छ । तर छिमेकी राष्ट्रहरू भारत र चिनलाई जिस्क्याउने र बिच्क्याउने क्रियाकलापलाई राष्ट्रवाद मान्न सकिँदैन र, त्यसो गर्नु राष्ट्रवाद कदापि होइन पनि । यस्ता ब्यवहारले विपत्ति निम्त्याउनेसम्मको परिणाम मात्र ल्याउन सक्छ ।

अहिले स्थानीय सरकारका प्रतिनिधिले ‘अदालतको आदेश मान्दिनँ’ भन्दा हामीले त्यसको भब्यतापूर्वक स्वागत गरेका छौँ, भोलि कुनै प्रदेश सरकारको मुखियाले पनि यस्तै उद्घोष गरे भने त्यसलाई पनि स्वागत नै गर्ने हो कि विरोध ? मानौँ कुनै प्रदेशको सरकारले आफ्नै सेना गठन गर्ने तयारी गऱ्यो र त्यसविरूद्ध अदालतमा मुद्दा दायर हुँदा संविधानविपरीत भन्दै सेना गठनमा रोक लगाउने निर्णय सुनायो, तर प्रदेश सरकार प्रमुखले अदालतको निर्णय नमान्ने घोषणा ग¥यो भने हामी त्यसबेला स्वागत गर्छौं कि विरोध ?

ग्रेटर नेपालको अवधारणा कर्णप्रिय विषबाहेक केही नभएको तथ्य बुझ्न आवश्यक छ । इतिहासको कुनै कालखण्डमा नेपालीले आफ्नो सीमा उत्तरमा कुति, दक्षिणमा गंगाको मैदान, पूर्वमा टिष्टा र पश्चिममा काँगडासम्म पुऱ्याएको सत्य हो र, त्यसप्रति हरेक नेपालीमा गौरवभाव उत्पन्न पनि हुनेगर्छ । तर ग्रेटर नेपालको अवधारणाले चीन, बङ्लादेश र भारत तीनवटै मुलुकलाई एकसाथ चिढ्याउनेछ । ग्रेटर नेपालको नक्सा हेरेर आत्मरतिमा रमाउनु एउटा कुरा हो, चीन, भारत र बङ्लादेशसँग लडेर उक्त भूभाग फिर्ता लिने सामथ्र्य आजको नेपालले राख्छ कि राख्दैन भन्ने बारेमा सामान्य आत्ममूल्याङ्कन समेत नगरी भूलभुलैयामा कुद्ने काम भइरहेको छ । र, हामी यस्तै भुलभुलैयालाई सत्य ठान्ने गल्ती गर्दैछौँ । छिमेकी मुलुकहरूको क्षमता, चरित्र, नियत र ब्यबहारबारे हामी सबै नेपाली स्पष्ट छौँ, त्यसलाई बुझेर सन्तुलित, संयमित र कुटनीतिक व्यवहार गरि आत्मरक्षाका निम्ति हरदम तयार रहनु हाम्रो बाध्यता हो ।

आज कुनै स्थानीय सरकारका प्रमुखले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्नुलाई हामीले महान् कर्म ठानेका छौँ, अदालतको आदेश मान्दिनँ भन्ने सार्वजनिक अभिव्यक्ति दिएकै कारण तिनलाई राजा बनाइनुपर्छ भन्नेसम्मका उट्पट्याङ्पूर्ण टिप्पणीहरू सुरु भएका छन् । हाम्रो चीनसँग सीमासम्बन्धी सम्झौता भएपनि भारतसँग सीमासन्धी भएको छैन र, विभिन्न कारणवश यसलाई पन्छाउने कार्य हुँदै आएको छ । ग्रेटर नेपालवाला क्रियाकलापले भारतसँगको सीमासन्धिलाई अझै पछि धकेल्ने काम गर्नेछ जुन नेपालका निम्ति घातक हुन सक्नेछ । अहिले स्थानीय सरकारका प्रतिनिधिले ‘अदालतको आदेश मान्दिनँ’ भन्दा हामीले त्यसको भब्यतापूर्वक स्वागत गरेका छौँ, भोलि कुनै प्रदेश सरकारको मुखियाले पनि यस्तै उद्घोष गरे भने त्यसलाई पनि स्वागत नै गर्ने हो कि विरोध ? मानौँ कुनै प्रदेशको सरकारले आफ्नै सेना गठन गर्ने तयारी गऱ्यो र त्यसविरूद्ध अदालतमा मुद्दा दायर हुँदा संविधानविपरीत भन्दै सेना गठनमा रोक लगाउने निर्णय सुनायो, तर प्रदेश सरकार प्रमुखले अदालतको निर्णय नमान्ने घोषणा गऱ्यो भने हामी त्यसबेला स्वागत गर्छौं कि विरोध ? त्यसैले अलिकति विवेकसम्मत धारणा बनाउनसक्नुपर्छ ।

त्यसैपनि अन्तर्राष्ट्रिय दृष्टिमा हामी संसारकै मूर्ख मानिएका छौँ, हाम्रा ब्यवहारले हामीलाई साँच्चैका मूर्ख प्रमाणित नगरुन् । रहेको नेपालको रक्षा गर्न सक्नु नै आजको अवस्थामा देशभक्ति हो । रुपचन्द्र बिष्टले भने झैँ सतही नकारात्मकता र झुठमै रमाइरहने हो भने हामी आफ्नो राष्ट्रिय पहिचान र अस्तित्वको रक्षा गर्न पनि असमर्थ रहने छौँ । आकाशको चील देखाएर भुइँको कुखुरा टिप्ने षड्यन्त्रलाई बुझ्न सकिएन भने हामीले कहिल्यै सच्च्याउन नसकिने गल्तीको बाटोमा मुलुकलाई लैजाने छौँ । अलिक गम्भीर भएर सोचौँ, जय मातृभूमि !