नेपाल-अमेरिका चलचित्र महोत्सव सुरु

नेपाल-अमेरिका चलचित्र महोत्सव सुरु


नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौँ संस्करण सुरु भएको छ । बिहीबार बेलुकी अमेरिकाको वासिङ्टन डिसी मेरिल्याण्डस्थित एएफआई सिल्भर थियटरमा नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ प्रदर्शनसँगै महोत्सवको उद्घाटन गरिएको हो ।

महोत्सवका निर्देशक युवाकार राजकर्णिरले अमेरिकी निर्देशक न्यन्सीको निर्देशनमा बनेको ‘पासाङ, इन द स्याडो अफ एभरेष्ट’को प्रदर्शनसँगै जुन २५ मा महोत्सव समापन तथा पुरस्कार वितरण हुने जानकारी दिँदै भनेका छन्, ‘महोत्सवले नेपाली संस्कृति र कलालाई अन्तर्राष्ट्रियस्तरमा फैलाउन मद्दत गर्नेमा विश्वस्त छौँ ।’

महोत्सवमा सहभागी अभिनेता राजेश हमालले महोत्सवमा उपस्थित हुन पाउँदा खुसी व्यक्त गर्दै गतिविधिले विशेष महत्त्व राख्ने प्रतिक्रिया दिएका छन् । यस्ता महोत्सवले नेपाली समुदायलाई जोड्ने काम गर्ने भएकोले यस्ता गतिविधि उद्देश्यअनुरूप भएमा हामीलाई फाइदा पुग्छ भन्ने अभिनेता हमालको धारणा छ ।

यही असार १० गते (जुन २५) सम्म चल्ने चलचित्र महोत्सवमा फिचर चलचित्र, वृत्तचित्र, छोटा चलचित्र, एनिमेसन गरी एघार देशका ३७ चलचित्र प्रदर्शन हुने तालिका रहेको छ ।