रुकुमका युवा जापानमा मृतावस्थामा फेला परे

रुकुमका युवा जापानमा मृतावस्थामा फेला परे


  • विशेष प्रतिनिधि, टोकियो (जापान)

रुकुम घर भइ हाल जापान रहँदै आएका एक युवा जापानमा मृत अवस्थामा फेलापरेका छन् । रुकुम जिल्लाको महत ठेगाना भएका ३४ वर्षीय युवा अमृत बुढा जापानको इबाराकी प्रान्तमा पर्ने चुकुवास्थित आफ्नै कोठामा मृत अवस्थामा फेला परेका हुन् ।

जापानिज भाषा विद्यार्थीको रुपमा जापान आइ अध्ययन सकेका अमृतले जापानिज कम्पनीमा फुल टाइमर (स्याइन) का रुपमा काम शुरु गरेका थिए । जापानको इबाराकीको चुकुवा सिटी कानामेमा बस्ने उनी यही मे २ तारिकदेखि कम्पनीको काममा नगएका र कम्पनीले कोठामा आइ खोजतलास गरी हेर्दा कोठाभित्रै मृत भेटिएको एनआरएन जापानका वरिष्ठ उपाध्यक्ष नवीन न्युउरेले जानकारी दिएका छन् ।

मृत अवस्थामा फेला परेको बुढाको शव केही गलेको अवस्थामा भेटिएको जापान प्रहरीले जानकारी दिएको छ ।

प्रहारीका अनुसार बुढाको मृत्यु हुनुको कारणबारे छानविन भइरहेको छ । यही महिनाको २२ तारिक जापानमा नै उनको अन्तेष्टि गरिने बताइएको छ ।