आजको पञ्चाङ्ग एवम् राशिफल (२४ जेष्ठ २०८० बुधबार, ७ जुन २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२४ जेष्ठ २०८० बुधबार, ७ जुन २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ ग्रीष्म ऋतु वि.सं. २०८० ज्येष्ठ २४ गते बुधबार तद्अनुसार सन् २०२३ जुन ७ तारिख आषाढ कृष्ण पक्षको चतुर्थी तिथि उत्तराषाढ़ा नक्षत्र ब्रम्हायोग बब करण आनन्दादियोगमा बज्र योग चन्द्रमा धनु राशिमा ७ः४९ बजेसम्म त्यसपछि मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० बजे भयो र सूर्यास्त साँझ १८ः५६ बजे हुनेछ ।

आजको राशिफल

मेष – कर्मबल बढे पनि दोधारको अवस्था सिर्जना हुनसक्छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु हितकर होला । आत्मीयजनसँग भेटघाट हुने समय छ । रोकिएका कामकाज बिस्तारै बन्नेछन् । पारिवारिक सहयोग प्राप्त हुनेछ । स्वास्थ्य सामान्य रहला । विलासी काममा सफलता मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

वृष – आज अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने अवस्था आउन सक्छ, जसले मनमा खिन्नता पैदा गर्न सक्छ । बोलीको विपरीत अर्थ लाग्न सक्ने योग भएकोले बोली र व्यवहारलाई नियन्त्रणमा राख्नुहोला । साथ-सहयोग दिनेहरू प्रशस्तै भेटिनेछन् । नयाँ कामको प्रस्ताव आउनेछ । धन आर्जन हुने समय छ । मित्रजनको साथ प्राप्त हुनेछ । व्यक्तित्वको प्रभावका साथै कार्य कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ ।

मिथुन – नयाँ कामको प्रस्ताव आउने र विगतको सफलताले थप काम गर्न हौसला मिल्ने दिन छ । अभिप्रेरित गर्नेहरू भेटिनेछन् भने बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । बौद्धिक अभिव्यक्तिले महत्वपूर्ण अवसर दिलाउन सक्छ । आम्दानीका स्रोत फेलापर्ने छन् । रसरागमा आकर्षण बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ । मिठो भोजन मिल्ने योग छ ।

कर्कट – रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । रचनात्मक काम सुरु गर्ने समय छ । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । प्रेमभाव र आरोग्यता बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । मानसम्मान तथा ख्याति फैलिनेछ । सुख शान्ति बढ्नेछ ।

सिंह – काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । केही झमेला आइलाग्न सक्छ भने दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ । तथापि, मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउने योग छ । बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन होला । मित्रजनको साथ मिल्नेछ । रचनात्मक काममा सफलता मिल्ने समय छ ।

कन्या – सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ, तर उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । जटिल काम सम्पादन हुनाले उत्साह बढ्नेछ । अध्ययनमा प्रगति हुनेछ । कमजोरी सुधार्ने अवसर जुर्ला । प्रेमबल बढ्नेछ । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । धन मान महत्वमा कमी आउने छैन । समस्याको समाधान मिल्नेछ ।

तुला – रमाइलो जमघटको अवसर पनि प्राप्त हुने देखिन्छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ, प्रशंसकहरू बढ्नेछन् । काममा सहयोगीहरूले साथ दिनेछन् । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । व्यस्तता वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाएर मात्र विशेष कार्यमा हात हाल्नुहोला ।

वृश्चिक – पराक्रम र आरोग्य बढ्नेछ । उत्साह र उमङ्ग बढ्ला । स्वास्थ्य सबल रहनेछ । काममा पनि फाइदाको योग छ । मेहनतले सम्मानित स्थान दिलाउनेछ । नचिताएको ठाउबाट धन आर्जन हुनाले मन हर्षित होला । आजको दिन परिवारमा भने असमझदारी बढ्न सक्छ । खर्च भए पनि सुख सुविधाको बस्तु हात पर्ला । ऋण रोग र शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – आजको दिन आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला । कामले धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने सम्भावना प्रवल छ । अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । कार्यमा सफलता प्राप्त हुनेछ भने रोकिएको काम बन्नुसंगै उधारो लगाइएको धन पनि उठ्ला । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – पुरुषार्थी काम गर्ने हिम्मत पलाउने समय छ । आर्थिक पक्ष पनि सुदृढ रहला । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिनेछ । आरोग्यबल बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्ला । सन्तानको सुख प्राप्त हुनेछ । शत्रु परास्त गर्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ । मनोकूलको काममा सफलता मिल्नेछ । आयस्रोत बढ्ला ।

कुम्भ – मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगति होला । काममा सोचेअनुसार कार्यसफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा फाइदै होला । टाढिएका आफन्तहरू नजिकिनेछन् । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । आरोग्यता बढ्ला, रसरागमा आकर्षण बढ्नुका साथै यात्रामा सफलता प्राप्त हुनेछ ।

मीन – समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख मिल्न सक्ने समय छ । अनावश्यक दौडधुपमा समय बित्नेछ । आजको दिन अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । आफन्तको साथ कमै मिल्ने देखिन्छ । साझेदारीको काम बन्नेछ । समस्याको समाधान मिल्नेछ ।