गजल

गजल


✍ रामचन्द्र ढकाल ‘कोमल’

खोजेको हो तिमी जस्तो, अरूसँग नभुलेकी
हाट घाट बजार् कतै, कसैसँग नडुलेकी ॥

हिउँचुली चाँदसँग, मुस्काएर हाँसेजस्तो
रोजेको हो तिमीलाई, कसैसँग नखुलेकी ।

मदानीको मधु जस्तो, मिठो अनि रसिलो छौ
आजसम्म कसैलाई, मनभित्र नहुलेकी ॥

छानेको छु तिमी त्यस्तो, विधाताको उपहार
औंला ठड्याउने गरी, कहीँ कतै नघुलेकी ॥

प्रकृतिको बगैँचामा, सप्तरंगी फूलहरू
यस्तो फूल तिमी सानु, कसैसँग नझुलेकी ॥