२६ जेष्ठ २०८०, शुक्रबार

बेल्जियममा सामुहिक बेल विवाह गरिने

  प्रकाशित मिति
११ जेष्ठ २०८०, बिहीबार ०९:४२


  • सनत आचार्य, बेल्जियम

पासा पुच बेल्जियमले बेल्जियममा इही अर्थात बेल विवाह कार्यक्रम आयोजना गर्ने भएको छ ।

सामुहिक रुपले आयोजना गर्न लागिएको उक्त कार्यक्रममा युरोपका नेवार समुदायका अभिभावकहरुलाई आफ्ना नानीहरुलाई सहभागी गराउन अनुरोध गरिएको छ । सोका लागि अग्रीम नाम र टेलिफोन नम्बर उपलब्ध गराउन पासा पुचको आधिकारिक फेसबुक पेजमा उल्लेख गरिएको छ ।

बेल विवाहका सन्दर्भमा पासा पुच बेल्जियमका महासचिव सूर्यनारायण श्रेष्ठले बेल विवाह नेवारी संस्कारअन्तर्गत पर्ने भएकोले प्रवासमा पनि यो संस्कारलाई जीवन्त राख्न आफूहरुले सामुहिक बेलविवाह कार्यक्रम आयोजना गर्न लागेको बताए ।

श्रेष्ठले बेलविवाह गर्न योग्य नानीका अभिभावकहरु नेपालमा गएर बेलविवाह गर्दा समय र आर्थिक रुपले खर्चिलो हुने हुँदा सबैको सरलता र मितव्ययीताका लागि यो कार्यक्रम बेल्जियममा गर्न लागेको बताए ।

महासचिव श्रेष्ठका अनुसार सामुहिक बेलविवाहमा सरिक हुन छिमेकी देशहरुबाट समेत सहभागि हुने र हालसम्म एक दर्जन भन्दा बढीले नाम लेखाएको र यो संख्या अझ बढ्न सक्ने बताए ।

बेलविवाह कार्यक्रम ५ जुनका दिन बेल्जियमस्थित आउदनार्देको शिव मन्दिरमा गरिने आयोजकले बताएका छन् ।


549
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

साहित्य सन्ध्याले राष्ट्रिय कविता महोत्सवलाई बहुभाषिक बनाउन नहुने भन्दै पूर्ववत् अवस्थामै राख्न माग गरेको छ । संस्थाले एक विज्ञप्ति जारी

चीनको विद्युतीय सवारी साधन (एनईभी)को बिक्री गत वर्षको मे महिनाको तुलनामा ६०.२ प्रतिशतले बढेर सात लाख १७ हजार पुगेको ‘चाइना

कालीगण्डकी करिडोर निर्माणका क्रममा स्याङ्जाको गल्याङ नगरपालिका-५ का पूर्ववडाध्यक्षको मृत्यु भएको छ । स्यालबास निवासी ५५ वर्षीय विष्णुबहादुर क्षेत्री ट्र्याक्टरमा

गायक प्रेमध्वज प्रधानको ८७औँ जन्मजयन्तीका अवसरमा नेपाली सुगम सङ्गीत क्षेत्रमा अमूल्य योगदान पुर्‍याउने स्रष्टाहरू सम्मानित तथा पुरस्कृत हुने भएका छन्