बाँकेका युवाको पोर्चुगलमा सुतेकै अवस्थामा निधन

बाँकेका युवाको पोर्चुगलमा सुतेकै अवस्थामा निधन


वैदेशिक रोजगारीको सिलसिलामा आठ महिनाअघि पोर्चुगल पुगेका एक नेपाली युवाको निधन भएको छ । बाँकेको खजुरा गाउँपालिका-१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको गत शुक्रबार सुतेकै अवस्थामा निधन भएको हो ।

पोर्चुगलको पोर्तीमाउस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा साराङकोटीको निधन भएको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिएका छन् । बिहीबार राति कामबाट आएर सुतेका उनी शुक्रबार बिहान ओछ्यानमै मृतावस्थामा भेटिएको बताइएको छ ।

साराङकोटी पोर्तीमाउस्थित एक होटलमा कार्यरत थिए । विगत आठ वर्षदेखि घर नगएका उनी रोजगारीकै सिलसिलामा दुबई–माल्टा हुँदै आठ महिनाअघि पोर्चुगल पुगेका थिए । यतिबेला उनको शव पोर्तीमाउस्थित अस्पतालको शवगृहमा राखिएको छ ।

परिवारको आग्रहमा उनको शव नेपाल पठाउनका लागि आवश्यक तयारी भइरहेको अध्यक्ष अधिकारीले जनाएका छन् शव पठाउनका लागि अर्थ सङ्कलन सुरु गरिएको बताउँदै सो कार्यमा सहयोग गर्न पोर्चुगलमा रहेका नेपाली समुदायसँग उनले विशेष आग्रहसमेत गरेका छन् ।