९ चैत्र २०७९, बिहीबार

निर्देशक प्रताप सुब्बाको निधन

  प्रकाशित मिति
२ चैत्र २०७९, बिहीबार १५:०२


दार्जिलिङ क्षेत्रका पहिलो पुस्ताका लेखक/निर्देशक प्रताप सुब्बाको ७६ वर्षको उमेरमा सिलगुडीस्थित प्यारामाउन्ट अस्पतालमा निधन भएको छ ।

दार्जिलिङ रहँदै आएका गायक दुर्गा खरेलले निर्देशक सुब्बाको निधनबारे पुष्टि गर्दै उनको बिहीबार १२ बजे निधन भएको जानकारी दिएका हुन् ।

गुरुप्रसाद मैनालीको कथामा आधारित ‘परालको आगो’ मार्फत निर्देशकीय यात्रा सुरू गरेका निर्देशक सुब्बाले ‘मसाल’ ‘बाँच्न चाहनेहरू’, ‘कही अँध्यारो कहीँ उज्यालो’ लगायतका चलचित्र निर्देशन गरेका छन् । चलचित्र निर्देशन गर्नुभन्दा अघि उनले नेपाल र भारत दुवैतिर एकदमै चर्चित रहेको नाटक ‘रातको एक प्रहर’को निर्देशन गरेका थिए ।

‘मसाल’ चलचित्रमार्फत सुनिल थापा र डेनी डेङ्जोपालाई स्थापित गर्ने निर्देशक सुब्बा ‘कहीँ अँध्यारो कहीँ उज्यालो’ हल प्रदर्शनमा लफडा परेपछि दार्जिलिङबाट नेपाल आएका थिए । उनले नेपालमा केही समय टेली शृङ्खला र विज्ञापनमा काम गरेपछि ‘बन्द पर्दाभित्र’, ‘दिदी’, ‘चटयाङ’ र ‘भीष्म प्रतिज्ञा’ लगायतका चलचित्र निर्देशन गरे ।

‘दिदीमा सम्झौता भएर पनि काम गर्न पाइएन । यद्यपि भीष्म प्रतिज्ञाबाट मैले जीवनकै पहिलो खलनायकको अवार्ड पाएको थिएँ । मैले मानेको एउटा गुरु उहाँ नै हो’, नीर शाहको भनाइ छ ।

निर्देशन छाडेर प्रशिक्षण गर्ने काम अँगालेका निर्देशक सुब्बाले डाइमन्ड इन्स्टिच्युट र सिने युनिभर्स खोलेर काम गरेका थिए । उनको अन्तिम काम प्रकाश कोविदको उपन्यासमा आधारित ‘देउता’ को निर्माण थियो । केही समयअगाडि नै सिक्किममा सुटिङ भएको यो टेली शृङ्खला महामारीको समयमा युट्युबमा सार्वजनिक भएको छ ।


171
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

ऊर्जा व्यवसायी गुरुप्रसाद न्यौपानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा रु तीन करोड २३ लाख बिगो र कैद सजाय माग गर्दै मुद्दा दायर

भारतीय काङ्ग्रेसका नेता राहुल गान्धीलाई गुजरातको एक अदालतले मानहानी मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको छ ।

तस्बिर : रासस पछिल्लो समय आगलागीका घटनामा वृद्धि हुनुका साथै त्यसबाट हुने जनधनको क्षति पनि वृद्धि हुँदै गएको देखिएको छ

लोकतान्त्रिक समाजवादी पार्टी .लोसपा)ले प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने निर्णय गरेको छ । बिहीबार पार्टी कार्यालयमा बसेको कार्यकारिणी समितिको