आजको पञ्चाङ्ग एवम् राशिफल (२ चैत्र २०७९ बिहीबार, १६ फरवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२ चैत्र २०७९ बिहीबार, १६ फरवरी २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ शिशिर ऋतु वि.सं. २०७९ चैत्र २ गते बिहीबार तद्अनुसार सन् २०२३ मार्च १६ तारिख चैत्र कृष्ण पक्षको नवमी तिथि पूर्वाषाढ़ा नक्षत्र व्यतिपात योग २ः४४ पर वरियान योग वणि करण आनन्दादियोगमा धाता योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः१५ बजे र सूर्यास्त साँझ १८ः१२ बजे हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन द्विविधामा परिने तथा निर्णायक क्षमतामा कमी आउने योग छ । तपाईंको कमजोरीप्रति प्रियजनले नै टीका–टिप्पणी गर्न सक्छन्, सचेत रहनुहोस् । प्रतिस्पर्धा बढ्ने देखिन्छ । शत्रुहरूको चलखेलले अप्ठ्यारोमा परिएला । चुनौती सामना गर्नपर्ला । व्यापार तथा उद्योगतर्फ भने फाइदाको योग छ । मिठो भोजन प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

वृष – समय राम्रो छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी होला । व्यापारमा प्रशस्त फाइदा हुने योग छ । विगतका कमजोरीलाई सुधार गर्न मौका मिल्ला । रसरागमा आकर्षण बढ्नेछ । प्रयत्न गर्दा महत्वाकांक्षी योजना फलीभूत होलान् । मनोकूलको काम बन्नेछ । कर्मबल बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला ।

मिथुन – धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइने समय छ । धैर्यले काम लिने प्रयत्न गर्दा हितकर होला । रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पर्न सक्छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । आरोग्यता बढ्नेछ । रसरागमा रुचि रहला ।

कर्कट – स्वास्थ्य कमजोर भए पनि जिम्मेवारी बढ्ने दिन छ । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका मिल्न सक्ने योग भएकोले विशेष सावधान रहनुहोला । लेनदेनमा विवाद आउन सक्छ, छ, सजग रहनुहोला । रोकिएका काम बन्नेछन् । खेलकुद र भ्रमणमा रुचि बढ्ला ।

सिंह – रोकिएका काम छन् भने आजको दिन प्रयत्न गर्नुभए सफलिभूत हुन सक्छ । नयाँ काम पाइने योग छ । तर, खर्च बढ्ने र आलस्य जाग्ने समय छ । अरूको भर पर्दा धोकामा परिन सक्छ, सचेत रहनुहोला । कार्यबोझ बढ्नेछ । आफन्तसित भेटघाट होला । इष्टमित्र र सन्तानबाट सुख प्राप्त हुनेछ ।

कन्या – व्यस्तता बढ्नेछ । पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ । उत्साहमा कमी आउला । खर्च बढ्नेछ । तथापि, मातापिता र आफन्तको सहयोगले काम बन्नेछन् । दाम्पत्य जीवन सुखद रहला । परिवारिक सुख पनि वृद्धि हुनेछ । हासविलासमा रुचि बढ्नेछ । ख्याति फैलिनेछ । यात्रामा सफलता हासिल हुनेछ ।

तुला – पराक्रम वृद्धि हुने दिन भए पनि अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तर समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । सहयोगीहरूले हात झिक्नाले समस्या थपिने देखिन्छ । खर्च बढ्न सक्छ, सावधान रहनुहोला । आफन्तको सहयोग र समर्थन मिल्नेछ । शत्रुसित लड्ने क्षमता पनि बढ्नेछ ।

वृश्चिक – भाग्योन्नतिको समय छ । अध्ययन-अध्यापनमा प्रगति हुनेछ । स्वास्थ्यमा कमजोरी र परिश्रम धेरै गर्नुपर्ने समय भएपनि काममा सफलता मिल्नेछ । अप्रिय समाचार मिल्न सक्छ, ख्याल राख्नुहोला । धन वृद्धि हुनेछ । धैर्य र विवेकले काम गर्नु राम्रो हुनेछ । सद्कर्म पथमा प्रगति होला । आफन्तको सहयोग बढ्ला । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

धनु – आरोग्यता बढ्नेछ । आज विभिन्न अवसर पाइने समय भए पनि सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर गुम्ने सम्भावना देखिन्छ । धेरैले सहयोगको तत्परता देखाउनेछन् । नसोचेको फाइदा उठाउन सकिने योग छ । समस्याको समाधान गर्नुहुनेछ ।

मकर – लगानी या खर्च बढ्नेछ । धैर्यले काम लिने समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । छरछिमेकमा केही असमझदारी बढ्ने योग छ । सन्तान वा अनुयायीले भने प्रसन्नता दिलाउनेछन् । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित तथा बौद्धिक र रचनात्मक कार्यमा सफलता पाउनुहुनेछ ।

कुम्भ – दिन मनोरञ्जनपूर्ण रहनेछ । समय उत्साहवर्द्धक रहला । नयाँ ज्ञान प्राप्त हुने योग छ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्राको सम्भावना पनि छ । रसरागको भाव वृद्धि हुनेछ । आर्थिक पक्ष बलियो बन्ने छ । विजयश्री मिल्ने छ । मनोकूलको काममा सफलता मिल्नेछ ।

मीन – कर्मबल वृद्धि होला तर सामाजिक कामको दायित्व बढ्नेछ । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ । अरूका जिम्मेवारी समेत बहन गर्नुपर्ला । प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन् । आरोग्यता भने बढ्नेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ । आफन्तको साथ मिल्नेछ ।